ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

गाउँको रोपाइँ समूह: समस्यालाई अवसरमा बदल्दै

खेतमा पसिना बगाएर उनीहरूले धान रोप्न सहयोग गरिरहेका छन् । समूह सदस्यहरूको खेतमा रोप्दा प्रति घण्टा एक जना बराबर ६० रुपैयाँ र बाहिर १०० रुपैयाँ लिने नियम छ । यसरी असार सुरु भएदेखि समूहले एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको छ ।
२१ असार २०८२, शनिबार
२१ असार २०८२, शनिबार

नेपालगन्ज, २१ असार ।

देशभर रोपाइँको चटारो छ । कतिपय स्थानमा रोपाइँ सकिएको छ भने कतै भर्खर रोपाइँ सुरु भएको छ । आकाशे पानीको भरमा खेती गर्ने ठाउँमा त अझै रोपाइँ सुरु हुन सकेको छैन । राम्रो उत्पादनका लागि साउनको पहिलो सातासम्म अधिकांश किसानले रोपाइँ सक्छन् । तर, केही वर्षयता बाँकेको राप्ती सोनारीमा एउटा ठुलो समस्या देखिन थाल्यो— ‘रोपाराको अभाव । खेत तयार भएर पानी भरिँदा पनि खेतमा रोप्ने मान्छे भेटिँदैनथे । यही समस्यालाई अवसरमा बदल्दै स्थानीय महिलाहरूले १७ सदस्यीय रोपाइँ समूह गठन गरे । बिहानदेखि बेलुकासम्म खेतमा पसिना बगाएर उनीहरूले किसानहरूको धान रोप्न सहयोग गरिरहेका छन् ।

समूह भित्रको नियम स्पष्ट छ । समूह सदस्यहरूको खेतमा रोप्दाप्रति घण्टा एक जना बराबर ६० रुपैयाँ मात्र लिने । तर बाहिरी किसानहरूको खेतमा रोप्दा प्रति घण्टा १०० रुपैयाँ लिने । यसरी असार सुरु भएदेखि समूहले एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिसकेको छ । खेत जति टाढा भए पनि उनीहरूको उत्साह घट्दैन । विमला परियार खुसी हुँदै भन्छिन्, “पहिले खेतबाट घर फर्किँदा थकान मात्र हुन्थ्यो, अब पैसा पनि सँगै ल्याउँछु — हाम्रै पसिनाको फल हो यो ।” समूहमा आबद्ध महिलाहरूको अनुभव यस्तै छ । तुलसी श्रेष्ठ भन्छिन्, “पहिले खेतमा एक्लै काम गर्दा दिक्क लाग्थ्यो, अब समूहमा हाँसी खुसी, रमाइलो पनि हुन्छ, कमाइ पनि ।”

यो महिला समूहको रोपाइँ शैली हेर्दा कुनै व्यावसायिक ठेकेदार जस्तै देखिन्छ । समान लय, तालमेल र गति । खेत धनी किसानहरू भन्छन्, “महिलाहरूको यो समूहले काम गर्दा समय कम लाग्छ, रोपाइँ सफा हुन्छ, र खर्च पनि कम पर्छ ।’’ किसान नर बहादुर चौधरी भन्छन्, “उनीहरू खेतमा झरेपछि घण्टौँ बिना विश्राम काम गर्छन् । हामीलाई धेरै सजिलो भएको छ ।’’

महिलाहरू बिहान घरको काम सकेर खेततर्फ लाग्छन् । दिउँसो खेतमा पसिना बगाएर बेलुका घर फर्किन्छन् । उनीहरू भन्छन्, “घाम, पानी, कीचड सबै सहन्छौँ तर हातमा आफ्नै परिश्रमको फल नगद पाउँदा सन्तोष पनि छ ।’ समूहको नाम सहकार्य सफलता समूह रहे पनि हाल घण्टे समूहको नामले परिचित छ । घण्टाको हिसाबले पारिश्रमिक लिने भएकाले सबैले घण्टे समूह भन्ने गरेको समूहकी सदस्य तिला पुनमगरले बताइन् । रोपाइँ गर्ने मेलो जतिसुकै ठुलो होस् एक घण्टा सम्म उनीहरू उभिएर गफ गर्दैनन्, निरन्तर मेसिन जस्तै रोपी रहन्छन् ।

आफ्नो समूहले ५ कठ्ठा खेत एक घण्टामै रोपेर भ्याउने गरेको तिला बताउँछिन् । उनी भन्छिन्, “हामी सुरु गरेपछि बिसाउँदैनौँ । खेत मालिकको विश्वास राख्नुप¥यो, काम राम्ररी नगर्दा उहाँहरूको घाटा हुन्छ ।” राप्ती सोनारीकै अन्य वडाहरू, र आसपासका गाउँहरूबाट समेत अहिले उनीहरूको समूहलाई रोपाइँ गर्न माग आइरहेको छ । तर, उनीहरू भन्छन्, “पहिले आफ्नै गाउँ, छिमेकको खेत सक्नुपर्छ, त्यसपछि मात्रै टाढा जान्छौँ ।’’समूहकी अध्यक्ष शान्ता देवी धिताल भन्छिन्, “अहिले त भ्याइनभ्याइ छ, एक दिनमा तीन चार वटा खेत रोप्नुपर्ने अवस्था छ ।’’ धान रोपाइँलाई लक्षित गरेर गठन भएको समूहले आगामी दिनमा धान काट्ने, मकै भाँच्ने, तोरी, मुसुरो छिन्ने लगायतका काम पनि गर्ने योजना बनाएको अध्यक्ष धिताल बताउँछिन् ।

कृषिमा महिला सहभागिता सधैँ रहँदै आएको हो । तर, यसरी सङ्गठित भएर स्वरोजगार र आर्थिक आयआर्जन गर्ने महिला समूह भने प्रेरणादायी उदाहरण बन्न थालेका छन् । यिनीहरू अहिले दैनिक ८ सय देखि एक हजार रुपैयाँसम्म व्यक्तिगत आम्दानी गरिरहेका छन् । तर आर्थिक लाभ मात्र होइन, आत्मविश्वास, सामाजिक परिचय र निर्णय क्षमतामा पनि वृद्धि भएको उनीहरू बताउँछन् । समूह सदस्य तिर्सना बुढा भन्छिन्, “अब हामीले पनि काम गरेर कमाउन सक्छौँ भन्ने आत्मविश्वास बढेको छ ।’’

स्थानीय किसानहरूका अनुसार पहिले खेतमा रोपाराको पर्खाइ गर्दा धान रोप्न ढिलो हुने, जसले उत्पादनमा असर पर्ने गथ्र्यो । तर अहिले महिलाहरूको यो समूहले समयमै काम गरिदिएर ठुलो राहत दिएको छ । किसान धनीराम खड्का भन्छन्, “अब ढिलो हुँदैन । जब एक कल फोन गर्छौँ, उनीहरू आउँछन् र एक छिनमा रोपाइँ गरिदिन्छन् ।’’ समूहमा राप्ती सोनारी ३ बैशाका महिलाहरू आबद्ध छन् । उनीहरूले अहिले आफ्नो गाउँमा सबै किसानका खेत करिब रोपेर भ्याइसकेका छन् ।

माग आएको अन्य ठाउँमा पनि रोपाई गरिरहेको समूहका महिलाहरू बताउँछन् । आजभोलि राप्ती सोनारी गाउँपालिकाको खेतहरूमा हरियो धानको बिउ छरिएर बिस्तारै गाँज हाल्दै छ । ती हरिया बिउसँगै यहाँका महिलाहरूको भविष्यप्रति आशा र आत्मनिर्भरताको बीउ पनि उम्रिएको छ । कृषि क्षेत्रमा महिला श्रमिकको महत्त्वलाई पुनः स्थापित गर्दै राप्ती सोनारीका यी महिलाहरूले आर्थिक आत्मनिर्भरता र सामाजिक परिवर्तनको एउटा उदाहरण देखाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?