ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बर्दघाटका भूमिहीनलाई पुर्जा वितरण, भूमिहीनहरु हर्षित

२० असार २०८२, शुक्रबार
२० असार २०८२, शुक्रबार

नवलपरासी पश्चिम् ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्दघाटका भूमिहीनलाई पुर्जा वितरण गरेका छन् । बर्दघाट नगरपालिकाद्वारा आयोजित एक कार्यक्रमका बिच मन्त्री अधिकारीले बर्दघाट नगरपालिका वडा नम्बर ५ का भूमिहीनलाई लालपुर्जा वितरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले स्थानीय पालिकाहरू र जिल्ला भूमि आयोग बिच केही समन्वय अभाव देखिएको बताउँदै आयोग र स्थानीय तहका प्रतिनिधि बसेर एकीकृत छलफल गर्नु पर्ने उल्लेख गरे । मन्त्री अधिकारीले स्थानीय तहहरुले कृषि र आवास गरि जग्गा वर्गीकरण गर्ने कुरामा समेत समस्या उत्पन्न भएकाले त्यसलाई सुधार गर्नु पर्ने र स्थानीय तह हरुलाई सो अधिकार भएको उल्लेख गरे । पुर्जा वितरण कार्यलाई जस लिने भन्दा पनि गरेका कामको जनता आफैले मूल्यांकन गर्ने समेत उनले बताए ।

बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले दोहोरो दर्ता, अनियमित दर्ता लगायतका समस्याहरू देखा परेकाले त्यस तर्फ पनि सम्बन्धित निकाय लाग्नु पर्नेमा जोड दिए । भुमिहिन, दलित र अव्यवस्थित सुकुम्बासीहरुका निम्ति जग्गा नापजाँच गर्नका निम्ति नगरपालिकाले उल्लेख्य बजेटको व्यवस्थापन गरेको बताउँदै नगरप्रमुख श्रेष्ठले वास्तविक सुकुम्बासीहरू पुर्जा पाउन बाट नछुट्ने गरी काम अघि बढाउनु पर्ने बताए ।

भूमि आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले अहिले नेपालभर अव्यवस्थित बसोबासी, भुमीहिन सुकुम्बासी र भूमिहीन दलित दलित नयाँ र पुराना गरी १२ लाख १३ हजार भुमिहिन हरुको निवेदन परेको बताउँदै सबैलाई आफू बसेको भूमिको स्वामित्व दिलाउन आयोग तत्पर रहेको बताए ।

पूर्व गृहराज्यमन्त्री मन्त्री देवेन्द्र राज कँडेलले जग्गा पाएका सुकुम्बासीले १० वर्ष सम्म उक्त जग्गा बिक्री बितरण गर्न नपाउने प्रावधान रहेकाले वित्तीय संघ संस्थाहरूमा आफ्नो जमिन राखेर ऋृण लिन पाउने सुविधा राज्यले तयार गर्नु पर्नेमा जोड दिए ।

बर्दघाट नगरपालिकामा भूमिहीन दलित ८४४, भूमिहिन सुकुम्बासी १४८१ र अव्यवस्थित बसोवासी ४९४५ गरी कुल ७२७० जनाको निवेदन प्रविष्ट भएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । आयोगका जिल्ला अध्यक्ष लाल बहादुर गुरुङले भुमिहिनहरु बसोबास गर्दै आएका कतिपय जमिनहरू खरबारी जस्ता क्षेत्रहरू भनेर उल्लेख भएको हुँदा त्यसको ब्यवस्थापनमा कठिनाई भएकाले त्यसको समाधानका लागि मन्त्री अधिकारीलाई आग्रह गरे।वडा नम्बर ५ मा आज ६७ जनालाई पुर्जा बितरण गरिएको छ भने अन्यको समेत प्रक्रिया अघि बढाईएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार, सांसद सरिता भुसाल, बिश्वप्रेम पाठक, संविधान सभा सदस्य विक्रम खनाल लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?