ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

स्कुलमा अब न त घामले पोल्छ, न पानीले रोक्छ

२० असार २०८२, शुक्रबार
२० असार २०८२, शुक्रबार

चन्द्रौटा, २० असार । 

“हामी पढ्न त जान्थ्यौँ, तर गर्मीमा कक्षाकोठा भट्टी जस्तै हुन्थ्यो ।” विजयनगर गाउँपालिकास्थित एक विद्यालयकी आठ कक्षामा अध्ययनरत छात्रा रजनी कुमारी घर्तीले भनिन् । “कहिले–काहीँ त खपिनसक्नु हुन्थ्यो । “तर अब स्थिति फेरिँदै छ । कपिलवस्तुको विजयनगर गाउँपालिकाका सामुदायिक विद्यालयमा टिनको छाना हटाएर सुदृढ संरचना बनाउने योजना सुरु भएको छ । गाउँपालिकाका ११ विद्यालयले सङ्घीय सरकारबाट प्रति विद्यालय कम्तीमा १ करोड रुपैयाँको अनुदान पाएका छन् ।

गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले टिनका छानाले गर्मी, जाडो र वर्षा तीनै मौसममा विद्यार्थी र शिक्षकलाई समस्या हुने गरेको बताए । उनले भने “अब हामी शिक्षा क्षेत्रमा केवल पाठ्यपुस्तक होइन, संरचना पनि सुधार्दै छौँ ।” उनका अनुसार आगामी आर्थिक वर्षमा उक्त अनुदान रकम माध्यमिक तह र कक्षा ८ सम्मका विद्यालय सुधारमा खर्च गरिनेछ ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिहर बेल्बासेले टिनका छानाबाट चुहिने पानी र आवाजले कहिलेकाहीँ पढाइ रोक्नुपर्ने अवस्था आउने गरेको बताए । “अब ती सबै समस्या अन्त्य हुन्छन् । विद्यालयको भौतिक सुधार सँगसँगै सिकाइ वातावरणमा पनि सुधार आउने आशा छ”: उनले भने । उनका अनुसार पालिकामा ४४ विद्यालय मध्ये २६ सामुदायिक विद्यालय र १८ वटा परम्परागत धार्मिक विद्यालय (मदरसा) छन् । गर्मी र जाडो मौसम अनुकूल हुने कक्षाकोठा सुरक्षित र बालमैत्री बन्नेछन् ।

अनुदान प्राप्त गर्ने विद्यालयहरूमा थरौली आवि, नेपाल तारा मावि, जनजागृति मावि, त्रिनेत्र मावि, जनज्योति मावि लगायतका विद्यालय समावेश छन् । तीन विद्यालय–हरिबोध मावि, प्रेमनगर र मदरसा कदरिया फैजल उलुम, बरगदवाले रु. १ करोड ५० लाखको विशेष अनुदान पाएका छन् । स्थानीय शम्भु यादव भन्छन्, “हामी गाउँलेले कहिल्यै सोचेका थियौँ कि हाम्रा सन्तानहरूले चिसो र हावायुक्त कोठामा पढ्ने मौका पाउँछन् अब त लाग्छ, विजयनगर साँच्चै शिक्षामा अगाडि बढ्दै छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?