ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

कर्णालीमा ५४ प्रतिशत रोपाई सकियो

१८ असार २०८२, बुधबार
१८ असार २०८२, बुधबार
सुर्खेत,१८ असार ।
मध्य असार बितिसक्दा कर्णालीमा ५४ प्रतिशत रोपाई सकिएको छ । समयमै पानी परेको कारण मध्य असारमा ५४ दशमलव ४६ प्रतिशत रोपाई सकिएको हो । कर्णालीका १० वटै जिल्लाहरूको ४० हजार ८ सय ८४ हेक्टर जमिनमा धान खेती हुन्छ । हालसम्म २२ हजार २ सय ६७ दशमलव २ हेक्टर जमिनमा रोपाई सकिएको  छ । जुन प्रतिशतका आधारमा ५४ दशमलव ४५ प्रतिशत जमिनमा रोपाई भइसकेको छ ।
कृषि विकास निर्देशनालय सुर्खेतका सूचना अधिकारी टेकराज रेग्मीका अनुसार कर्णालीमा सबैभन्दा धेरै डोल्पामा  र सबैभन्दा कम सुर्खेतमा रोपाई सकिएको  छ ।  हिमाली जिल्ला डोल्पामा  ९५ प्रतिशत रोपाई सकिएको छ । उक्त जिल्लामा एक सय सय ९८ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म १ सय ८८ दशमलव १ हेक्टर जमिनमा रोपाई सकिएको छ । हुम्लामा ९२ प्रतिशत रोपाई भएको छ ।
हुम्लामा ५ सय ८५ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म ५ सय ३८ दशमलव २ हेक्टर जमिनमा रोपाई सकिएको निर्देशनालयले जनाएको छ ।  यस्तै जुम्लामा २ हजार ८ सय ९० हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म २ हजार ६ सय ५८ दशमलव ८ हेक्टर जमिनमा रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमिनको ९२ प्रतिशत जमिनमा रोपाई सकिएको छ ।
कर्णालीका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा कम क्षेत्रफलमा रोपाई भएको छ । सुर्खेतमा हालसम्म ३९ प्रतिशत मात्र रोपाई सकिएको छ । विशेष गरेर सिचाइको लागि आकाशे पानीको भर पर्नुपर्ने क्षेत्रहरूमा रोपाई हुन सकेको छैन जसका कारण अन्य जिल्लाको तुलनामा कम क्षेत्रफलमा रोपाई भएको हो ।
सुर्खेतमा  १४ हजार ९ सय २१ हेक्टर जमिनमा धान रोपाई हुँदै आएकोमा हालसम्म ५ हजार ८ सय ८१ दशमलव ५१ हेक्टर जमिनमा रोपाई सकिएको छ । यस्तै दैलेखमा कुल धान खेती हुने जमिन ७ हजार ६ सय २० हेक्टर मध्य हालसम्म ३ हजार २ सय दशमलव ४ हेक्टर जमिनमा रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमिनको ४२ प्रतिशत रोपाई सकिएको हो । रुकुम पश्चिममा धान खेती हुने जम्मा २ हजार ८ सय ८५ हेक्टर जमिनमा २ हजार १९ दशमलव ५ हेक्टरमा रोपाई सकिएको छ । जुन कुल धान खेती हुने जमिनको ७० प्रतिशत रोपाई सकिएको हो ।
यस्तै जाजरकोटमा धान खेती हुने जमिन जम्मा २ हजार ६ सय ४५ हेक्टर जमिनमा १ हजार ४ सय १ दशमलव ८५ हेक्टर जमिनमा धान खेती सकिएको छ । जो कुल खेती योग्य जमिनको ५३ प्रतिशत रोपाई सकिएको हो ।  निर्देशनालयको तथ्याङ्क अनुसार सल्यानमा कुल ६ हजार १ सय ३४ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म ४ हजार ७ सय ८४ दशमलव ५२ हेक्टर जमिनमा धान रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमिनको ७८ प्रतिशत रोपाई सकिएको छ ।
मुगुमा कुल ५ सय ४४ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म ३ सय १० दशमलव ८ हेक्टर जमिनमा धान रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमिनको ५७ प्रतिशत जमिनमा रोपाई सकिएको छ ।  यस्तै कालिकोटमा जम्मा २ हजार ४ सय ६२ हेक्टर जमिनमा धान खेती हुँदै आएकोमा हालसम्म १ हजार २ सय ८० दशमलव २४ हेक्टर जमिनमा रोपाई सकिएको छ । जो कुल धान खेती हुने जमिनको ५२ प्रतिशत जमिनमा रोपाई सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?