ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

अवैध कारोबार नियन्त्रणमा प्रशासन सशक्त ढंगले अघि बढ्ने

१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार

जितपुर, १७ असार ।

उद्योग व्यापार संघ कपिलवस्तुले मंगलबार आफ्नो स्थापना दिवस मनाएको छ ।

स्थापना दिवस कार्यक्रममा बोल्दै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पछिल्ला दशकमा देशले भोगेका बहुआयामिक संकटका कारण निजी क्षेत्र अझै पनि पूर्ण रूपमा उकासिन नसकेको बताए ।

२०७२ सालको विनाशकारी भूकम्प, त्यसपछिको नाकाबन्दी, कोरोना महामारी, आर्थिक नीतिमा भएका अस्थिर र अव्यवस्थित परिवर्तन र भारतसँगको खुला सिमानामा भइरहेको बढ्दो अवैध कारोबारजस्ता संकटहरूले व्यवसायीहरूलाई अझै असहज बनाइरहेको उनले बताए ।

तामाङले खुला सीमाबाट हुने अवैध निकासी–पैठारी रोक्न प्रशासन गम्भीर रहेको जनाउँदै निगरानी प्रणाली थप सुदृढ बनाउने र कानुनी संयन्त्रमार्फत कडाइ गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले निजी क्षेत्रको सशक्त भूमिका बिना समग्र स्थानीय अर्थतन्त्र गतिशील हुन नसक्ने उल्लेख गर्दै सरकारी संयन्त्र र निजी क्षेत्रबीच पारस्परिक विश्वास र सहकार्य अभिवृद्धिको आवश्यकता औंल्याए ।

कार्यक्रममा सहभागी उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूले प्रतिस्पर्धात्मक बजारको दबाब, कर प्रणालीको असहजता, कमजोर बजार सुरक्षा, र व्यवसायमैत्री वातावरणको अभावबारे धारणा राखे । उनीहरूले प्रशासनलाई सुरक्षा व्यवस्थामा थप सक्रियता देखाउन आग्रहसमेत गरे ।

कार्यक्रममा नेकपा एमाले बाणगंगा नगर अध्यक्ष सोमनाथ आर्यालले उद्योग व्यापार संघले व्यवसायीहरूको हकहितमा खेलेको भूमिकाको प्रशंसा गर्दै संघको अभियानलाई ‘दृढ र सकारात्मक’ भन्दै मूल्यांकन गरे ।

संघका संरक्षक टोपनारायण बेल्बासेले संघको तीन वर्षे यात्रा स्मरण गर्दै भावी योजना र कार्यदिशाबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरे ।

कार्यक्रमका अध्यक्ष तथा संघका वर्तमान अध्यक्ष खिमान्द पौडेल (कोपिल)ले संघले आगामी मंसिर १७ गते ‘कपिलवस्तु महोत्सव २०८२’ आयोजना गर्ने निर्णय गरिसकेको जानकारी गराउँदै भने, “हामी महोत्सवलाई जिल्लामै नभई प्रदेशमै फरक ढंगले चिनिने गरी सञ्चालन गर्नेछौं ।”

उनले सबै सरोकारवाला, संघ–संस्था र सञ्चारकर्मीहरूलाई महोत्सव सफल बनाउन सहकार्यको आह्वानसमेत गरे । कार्यक्रममा संघका महासचिव बासुदेव खनालले पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा आर्थिक, औद्योगिक तथा व्यवसायिक पत्रकारितामा उल्लेखनीय योगदान पु¥याएका पत्रकारहरू पिताम्बर घिमिरे, हरि आचार्य र लक्ष्मण सापकोटालाई सम्मान गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?