ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

पालिका अस्पताल सञ्चालन कहिले ? 

१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार

विस्तृत अध्ययन प्रतिवेदनको आधारमा नभै लहडको भरमा गरिने विकासे घोषणाले सरकारको लगानी बालुवामा पानी हुने गरेको कुरा नेपालका धेरै आयोजना उदाहरण बनेका छन् । पछिल्लो उदाहरण वनेका छन्– हरेक पालिकामा बनेका सरकारी अस्पताल । आवश्यक पूर्वाधार र जनशक्तिको अभावमा यी अस्पताल भूत बङ्गलामा परिणत हुँदै छन् । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको पालामा पाँच बर्सअघि हरेक पालिकामा कम्तीमा १५ शैयाको अस्पताल बनाउने कामको सुरुवात गरियो । अहिले धेरै पालिकामा अस्पताल निर्माणको काम सम्पन्न भैसकेको छ तर सञ्चालन गर्न भौतिक पूर्वाधारको अभाव छ ।

चिकित्सकको समस्या छँदै छ, उपकरण अभावको समस्या छ । आवश्यक पूर्वाधार सहितको उपकरणको जोहो कसले गरिदिने हो ? पालिकाहरू बिलखबन्दमा परेका छन् । तत्कालीन सरकारले कोरोना कहरको बेला मानिसहरू उपचार नपाएरै मर्नुपर्ने अवस्था आएपछि हरेक पालिकामा अस्पताल बनाउने निर्णय गरेको थियो । त्यो निर्णय हतारको निर्णय थियो । सरकारले हरेक जिल्लामा पूर्वाधार र जनशक्तिको कमी नहुने गरी अस्पताल बनाएको भए त्यो सुनमा सुगन्ध बन्ने थियो । तर हतारमा गरिएको निर्णयले फुर्सदमा पछुताउनु परेको छ । पालिकामा बनेका अस्पतालमा न चिकित्सक खोजेर पाइन्छ न त सरकारले आवश्यक फर्निचर सहितको पूर्वाधार र स्वास्थ्य उपकरणको नै व्यवस्था गरेको छ । नेपालमा स्वास्थ्य पूर्वाधार विस्तार भएकै हो तर त्यतिले धान्न सक्ने अवस्था नहुनु स्वाभाविक हो । केही दिनअघि स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पालिका अस्पताल सङ्घीय सरकारले चलाउने भनेका थिए तर भनेको पनि एक महिना भैसकेको छ । पालिका अस्पताल चलाउने सुरसार छैन ।

नेपालमा कोरोनाजस्तै अर्को महामारी कहिले आउँछ भन्ने कुरा थाहा छैन । सरकारले त्यसको पूर्व तयारीको रूपमा अस्पताल बनाएको हो भने चलाउनुप¥यो । होइन भने कुनै प्रशासनिक संयन्त्र राख्ने व्यवस्था गरियोस् । पालिका अस्पताल चलाउन बजेटको मात्रै खाँचो पर्दैन, जनशक्ति पहिलो आवश्यकता हो । दोस्रो आवश्यकता पूर्वाधार हो । तत्कालीन सरकारले नागरिकको ज्यान जोगाउनु नै सबैभन्दा ठुलो काम हो भन्दै अस्पताल चलाउने पवित्र निर्णय लिएको थियो तर त्यो हतारको निर्णय थियो । सधैँ महामारी आउँदैन । अहिले पालिका अस्पताल चलाउने कि बन्द गर्ने भन्ने सोच्नुपर्ने अवस्था आएको छ ।

अहिलेसम्म नेपालमा सरकारी स्वास्थ्य संरचना बलियो बनाउनतिर ध्यान नगएकै कारण अहिलेको अवस्था आएको छ । अहिले स्वास्थ्य बिमाको सेवा लिने बिरामीको चाप सरकारी अस्पतालमा हेर्दा यातना दिएको जस्तो भान हुन्छ । सरकारले स्वास्थ्य बिमाको सुविधा निजी अस्पतालमा पनि दिनुपर्ने थियो तर केही अस्पतालमा अभ्यास पनि भयो तर सरकारले पैसा नदिँदा ती अस्पतालले सेवा नै रोकिदिए । सरकारी अस्पतालमा बिमाको उपचार सेवा लिनु भनेको सास्ती पाउनु हो भन्ने भएको छ । बरु तिनै पालिका अस्पतालमा स्वास्थ्य बिमाको उपचार सेवा दिने व्यवस्था गरेको भए बेस हुने थियो । तर, त्यसतर्फ पनि सरकारको ध्यान गएन ।

नेपालमा स्वास्थ्य पूर्वाधारका बारेमा पछिल्लो एकीकृत तथ्याङ्क नै छैन । पाँच बर्सअघि एक हजार नागरिकका लागि तीन दशमलव १५ प्रतिशत चिकित्सक तथा नर्सको उपलब्धता थियो भन्ने सरकारी तथ्याङ्कले देखाउँछ । चिकित्सकको सुविधा नै यति नाजुक भएको अवस्थामा बिरामीले राम्रो उपचार सेवा पाउनै मुस्किल छ । नेपालजस्तो विपन्न मुलुकका लागि असाध्यै धेरै लगानी चाहिने स्वास्थ्य पूर्वाधार कसरी परिपूर्ति गर्ने भन्ने चिन्ता उत्पन्न भएको छ । अव सरकारले अर्बौँ लगानी गरेर विभिन्न जिल्लामा बनाएका सरकारी अस्पताल सञ्चालनका लागि तत्काल पहल गरोस् । होइन भने पालिकामा निर्माण गरिएका ती संरचना बेवारिसे अवस्थामा नराखियोस् । सबैभन्दा उत्तम पालिकाका अस्पताल शीघ्र सञ्चालनको वातावरण बनाऔँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?