ट्रेंडिंग:

>> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण

बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने धुर्कोट पहिलो 

१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार

गुल्मी, १७ असार । 

गुल्मीमा पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । धुर्कोट गाउँपालिकाको वडा –१ को नयाँ गाउँलाई जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले जिल्लामा पहिलो पटक उक्त वडालाई औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेका हुन ।

घोषणा कार्यक्रममा बोल्दै समन्वय प्रमुख खत्रीले पूर्वाधार विकासले मात्र मानव विकास सम्भव नहुने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य तथा बालमैत्री कार्यक्रमहरूमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । सोही अवसरमा गाउँपालिकाको तर्फबाट वडा कार्यालयलाई रु. एक लाख नगद सहित सम्मान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष पोख्रेलले बालमैत्री स्थानीय शासन लागू गर्नु चुनौतीपूर्ण काम भए पनि पालिकाले यस अभियानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले प्रदेश तथा सङ्घ सरकारले शिक्षा क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याउँदै अहिलेको लगानी पर्याप्त नरहेको टिप्पणी गरेका थिए ।

वडा कार्यालयले ५१ वटा आवश्यक सूचकहरू पुरा गरेपछि मात्र बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले बताए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता गिरी, शिक्षा समन्वय इकाई प्रमुख थानेश्वर घिमिरे, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी लगायतका व्यक्तिहरूले शुभकामना व्यक्त गर्दै वडाको यो उपलब्धि निकै सराहनीय भएको बताएका थिए ।

वडा कार्यालयको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा वडाध्यक्ष चेतमान कुँवरले सबैको निरन्तर मेहनत र सहयोगले जिल्लाका ९३ वडाहरू मध्यमा धुर्कोटको नयाँ गाउँ पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न सफल भएको भन्दै वडावासीहरूका लागि यो खुसीको खबर भएको बताए ।

कार्यक्रममा गाउँपालिका वडाध्यक्षहरू सहितका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, स्वास्थ्यकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूद्वारा गीत, सडक नाटक एवं नृत्यहरू प्रस्तुत गरिएको थियो । सोही अवरमा वडा कार्यालयले विभिन्न विद्यालयका शिक्षक तथा सङ्घ संस्थाहरूलाई समेत सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?