ट्रेंडिंग:

>> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण

बुटवलमा राष्ट्रिय धान दिवसको उत्सव (फोटो फिचरसहित)

१५ असार २०८२, आइतबार
१५ असार २०८२, आइतबार

बुटवल, १५ असार ।

‘धान बालीमा सघनता खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने राष्ट्रिय नारासहित २२ औं राष्ट्रिय धान दिवस बुटवलमा विशेष कार्यक्रमका साथ धुमधामका साथ मनाइएको छ । बुटवल उपमहानगरपालिका वडा नं. १९ मनोहरापुर र वडा नं. १६ नरेनापुरमा छुट्टाछुट्टै कार्यक्रम गरी धान दिवस मनाइएको हो ।

दिवसको आइतबार बिहान एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उदघाटन गरे । त्यस अवसरमा उनले बुटवल उपमहानगरपालिकाले कृषिलाई प्राथमिकतामा राखेर धान दिवसलाई उत्सवकै रूपमा मनाएको बताए ।

    प्रमुख पाण्डेयले धान खेती नेपालको कृषि क्षेत्रको मेरुदण्ड भएको बताउँदै कृषिमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुदान, बीउबिजन तथा सिँचाइ प्रणालीमा सुधार आवश्यक रहेको बताए ।

त्यस्तै उप–प्रमुख सावित्रा देवी अर्यालले कृषि क्षेत्रमा महिलाको योगदानलाई विशेष रुपमा सम्बोधन गर्नुपर्ने बताउदै महिला किसानको श्रम बिना हाम्रो खाद्य सुरक्षाको कल्पना गर्न नसकिने उल्लेख गरिन् ।

बुटवल उपमहानगरपालिका वडा नं १९ का वडा अध्यक्ष चन्द्रसिहं थापामगर, १६ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेल, सचिवहरु राकृष्ण सुवेदी, जगतबहादुर केशी, संयोजक लक्ष्मी थारू लगायतले बढ्दो आयात, जलवायु परिवर्तन र कृषिमा युवाको घट्दो आकर्षणले गर्दा धान उत्पादनमा ह्रास आएको बताएका थिए ।

यता कृषक जानकी अर्यालका लागि असार १५ केवल रोपाईंको दिन मात्र होइन, उनको जीवनचक्रको एक महत्वपूर्ण मोड हो । बुटवल १६ बस्ने लक्ष्मीदेवी भन्छिन्, हामीले असार १५ लाई उत्सवको रूपमा मनाउँछौं, तर त्यो दिन हामी माटोमा पसिना साट्दै जीवनको आशा रोपिरहेका हुन्छौ ं।

कार्यक्रममा स्थानीय किसानहरूले परम्परागत भेषभूषामा सजिएर धान रोपाइँको प्रदर्शन गरेका थिए । साथै, महिला समूहहरूले कृषि गीत तथा नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए । कार्यक्रममा पञ्चेबाजा, मयुर नाचलगायत विभिन्न किसिमका झाँकी समेत प्रदर्शन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?