© २०२३
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आइतबार (असार १५) का दिन ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। अनलाइन खरिद प्रणालीमार्फत हुने यो बोलकबोल ६३ दिनका लागि हुनेछ।
चालु आर्थिक वर्ष २०८१/८२ को सुरुआतदेखि नै राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न नियमितरूपमा निक्षेप खिच्दै आएको छ। हाल देशभरको कुल निक्षेप ७० खर्ब २० अर्ब नाघेसँगै तरलता बढी भएपछि यस्तो कदम चालिएको हो।
बोलकबोलमा सहभागी बैंक तथा वित्तीय संस्थाहरूले आफैंले प्रस्ताव गर्ने ब्याजदरका आधारमा प्रतिस्पर्धा गर्नुपर्नेछ। यसरी संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज राष्ट्र बैंकले आउँदो भदौ १५ गते भुक्तानी गर्ने जनाएको छ। यस बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र भाग लिन पाउनेछन्।