ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

अतिथिको माला र टिका किसानलाई

१५ असार २०८२, आइतबार
१५ असार २०८२, आइतबार

गुल्मी, १५ असार । 

कार्यक्रममा जाँदा सधैँ आयोजकहरूले अतिथिहरूलाई टिका, माला र खादाद्वारा सम्मान गर्ने प्रचलन हाम्रो समाजमा कुनै नौलो विषय हैन । अतिथिहरू पनि आयोजकहरूले लगाई दिएका खादा र मालाको भारीसँगै रमाउँदै घण्टौँसम्म कार्यक्रममा बसिरहने प्रचलन यद्यपि विद्यमान छ । तर गुल्मीमा भने पहिलो पटक त्यस्तो प्रकारको परम्परालाई तोडेर अतिथिहरूले आयोजकलाई उल्टै त्यही टिका र माला लगाई दिएर नयाँ परम्पराको सुरुवात गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आयोजना गरेको उन्नत प्रविधियुक्त बाख्रा खोर निर्माण कार्यक्रम अन्तरगत ईस्मा गाउँपालिका वडा नं १ र २ का सुनभद्र बहुउद्देश्यीय कृषक समूहका कृषकहरूलाई जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण बहादुर खत्रीले अतिथिहरूलाई लगाइदिन राखेको टिका र माला उनै कृषकहरूलाई लगाइदिएर सम्मान प्रकट गरेका थिए ।

आयोजकले अतिथिहरूलाई सत्कार गर्नु भन्दा पहिले अतिथिहरूले नै आयोजकलाई मञ्चमा बोलाएर यसरी सम्मान गरेको देख्दा स्थानीयहरू पनि दङ्ग परेका छन् । जिल्ला समन्वय समिति प्रमुख खत्रीले उन्नत प्रविधियुक्त बाख्रा खोर निर्माण कार्यक्रममा स्थानीय कृषकहरूले गरेको मेहनत हेर्दा आफूहरू निकै प्रभावित बनेको बताए । त्यस क्षेत्रका कृषकहरूले परियोजनाबाट बाख्राको खोर निर्माणका लागि भनेर एकमुष्ट ९५ हजार रुपैयाँ उपलब्ध गराएको थियो ।

तर कृषकहरू आफूले एक–एक लाख रुपैयाँ थप गरेर कुल एक लाख ९० हजार लागतमा बाख्राको लागि नमुना खोर निर्माण गरेका हुन ।  स्थानीय सुनभद्र बहुउद्देश्यीय कृषक समूहबाट ६ वटा खोर निर्माणका लागि ५ लाख ७० हजार रुपैयाँ परियोजना मार्फत उपलब्ध गराइएको कार्यालय प्रमुख एवं वरिष्ठ कृषि अधिकृत रमेश जैसवालले बताएका छन् । परियोजना मार्फत ईस्मा गाउँपालिकामा यस आर्थिक वर्षमा मात्र दश वटा खोर निर्माण गरिएको छ ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवर, ईस्मा गाउँपालिका अध्यक्ष भगतसिंङ खड्का, सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे, लगायत विभिन्न कार्यालय तथा सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा ईस्मासँगै रेसुङ्गा नगरपालिका –३ अन्तरगत गुठीमा सञ्चालन गरिएको चक्लाबन्दी कार्यक्रमको पनि अनुगमन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?