© २०२३
बर्दिया, १५ असार ।
बार बर्दिया नगरपालिकाले बाख्रा पालन गर्ने महिलाहरू पहिचान गरी खोर निर्माणमा सहयोग गरेको छ । जङ्गल क्षेत्रमा पर्ने बस्तीमा मानव–वन्यजन्तु द्वन्द्व घटाउन बधुवा बाख्रा पालनलाई प्रोत्साहन गरेको हो । नगरपालिकाले बस्तीमा तार जाली र बाख्राको सुरक्षित खोर निर्माण गरेको बताएको छ । नगरपालिकाको ११ ओटै वडाका उद्यमी महिलाहरूलाई पालिकाबाट ७० प्रतिशत र ३० प्रतिशत अन्य सङ्घ संस्थाहरूको आर्थिक सहयोगमा बाख्राको खोर निर्माण गराएको छ । त्यसका लागि उद्यमी महिलाहरूलाई जनही पन्ध्र हजार रूपैँया आर्थिक सहयोग गरेको छ ।
महिलाहरूलाई अत्मानिर्भर बनाउनका लागि खोर निर्माणमा सहयोग गरेको बार बर्दिया नगरपालिकाका उपप्रमुख रत्न कुमारी पाण्डेले जानकारी गराइन । अधिकांश पुरुषहरू कामको सिलसिलामा बहिरा बस्ने परिवारलाई समयमा पैसा पठाउन नसकेपछि घर चलाउन गाह्रो हुने भएकोले त्यसैलाई मध्यनजर गरी महिलाहरूलाई पालिकाबाट आर्थिक सहयोग गरिएको हो । उनले भनिन, केही नभएपछि महिलाहरूले कृषि पेसामा संलग्न भएपछि बार बर्दिया नगरपालिकाको धेरै परिवारको आर्थिक स्तरमा वृद्धि भएको अनुमानमा आएको छ ।
पालिकाले किसानहरूको सहजताको लागि पालिकामै शितभण्डार निर्माण गर्न लागेको छ । त्यति मात्र नभएर कृषि उत्पादन सङ्कलन गर्नका लागि अटो समेत सञ्चालनमा आएको छ जसले गर्दा किसानहरूले उत्पादन गरेको खाद्यान्न सजिलै बजारी करण गर्न सकेको छन् । आर्थिक वर्ष २०८२/०८३ मा यो भन्दा प्रभावकारी र छुटेका महिलाहरूलाई समेतेर कार्यक्रल्याने उपाध्यक्ष पाण्डेले जानकारी गराइन । पहिला पनि किसानहरूले कृषि गरिरहेको थिए तर व्यवसायी रूपमा लागेका थिएनन् । किसानहरूले खोर निर्माण विनै बाख्रा पालन गरेको बेला बाघ लगायत जङ्गली जनावरले मार्ने र खाने गरिरहेका थिए तर खोर निर्माण भएपछि सुरक्षितका साथ बाख्राहरू बस्न पाइरहेका छन् ।
किस्नी थारुले भनिन, –“पहिला खोरबाटै बाघले बाख्रा तानेर लैजान्थ्यो, अहिले सुरक्षित खोर बनाएपछि डरत्रास हटेको छ ।” “हामीलाई पशुपन्छी र खेतीबाली वन्यजन्तुबाट जोगाउन मुस्किल हुने गरेको थियो, सुरक्षित खोर निर्माणले धेरै राहत भएको छ ।” बेलवाबज्जा गाउँमै चितुवा आएर भेडा बाख्रा खान थालेपछि भेडा बाख्रा पाल्न छाडेको किसानले पनि अहिले सुरक्षित खोर निर्माण भएपछि फेरि बाख्रा पालन सुरु गरेको छन् । उनले सुरक्षित खोरमा बाख्रा र भेडा पाल्न थालेपछि वन्यजन्तु बाट घाइते हुने तथा मर्ने चिन्ता हटेको जानकारी गराइन । पहिला बाख्रा पालन गर्दा जङ्गली जनावर खाइदिने र मारिदिने गरेका थिए जसले गर्दा वर्ष भरिको मेहनत खेरा जानेको थियो तर केही वर्ष देखि बाख्रा मात्र बिक्री गरेर घर खर्च लगायत छोराछोरीको पढाइमा समेत सहजता भएको छ ।
किस्नी जस्तै माया रानी थारुले पहिला सुरक्षित खोर विना बाख्रा पालन गरिरहेका थिए तर सुरक्षित खोर नहुँदा वर्षभरि पालन गरेको बाख्रालाई जङ्गली जनावरले खाइदिने गरेका थिए तर पालिकाको आर्थिक सहयोगबाट सुरक्षित खोर निर्माण भएपछि बर्सभरिको खर्च बाख्रा पालनबाटै भइरहेको जानकारी गराइन । पहिला श्रीमानले मात्र काम गर्दा घर चलाउन निकै गाह्रो भएको थियो तर पालिकाको आर्थिक सहयोगमा सुरक्षित खोर निर्माण भएपछि हरेक वर्ष बाख्रा बिक्री गरेर घर खर्च मैले आफै चलाई रहेको छु । उनले भनिन,–‘हामी पुस्तौँ देखि कृषि पेसा गर्दै आइरहेका छौ तर व्यवसायी नभएर पुरानै परम्परा अनुसार गरिरहेका थियौँ जसबाट राम्रो आम्दानी गर्न सकेका थिएनौ । व्यावसायिक कृषि पेसा गर्न थालेपछि अझै थप बाख्रा पालन गर्न मन लागेको जानकारी गराइन ।’’
पालिकाका करिब ९५ प्रतिशत मानिसहरू कृषि पेसामा अबद्ध रहेका छन् । तर पुरानै शैलीमा कृषि गर्दा मेहनत अनुसार आम्दानी गर्न सकेको थिएनन् । पालिकाले कृषि उद्यम गरेर परिवारको आर्थिक स्तर उकास्न आफ्नो पालिकाका किसानहरूलाई आर्थिक तथा मेसेनारी सहयोग गर्दै आएको छ । पालिकाले बढी भन्दा बढी कृषिमै लगानी गरेर पालिका बासीहरूलाई अत्मानिर्भर बनाउने प्रयासमा देखिन्छ । गत वर्ष मात्र ४ करोड बढी कृषिमा लगानी गरेको थियो भने यो वर्ष भने अझै थप बढी रकम कृषिमा लगानी गर्ने योजनामा रहेको छ ।