ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

पर्यटक तान्दै भार्सेको बौद्ध स्तूप

१४ असार २०८२, शनिबार
१४ असार २०८२, शनिबार

गुल्मी, १४ असार ।

गाउँघरमा ससाना काम गर्नु पर्दा पनि सरकारकै मुख ताक्ने हाम्रो परम्परा छ । गुल्मीको सत्यवती गाउँपालिका–८, भार्सेमा भने अर्काको मुख ताक्ने परम्परालाई चिर्दै सामाजिक कामका लागि करोडौँ लगानी गरेर गाउँमा उदाहरणीय कार्य गर्दै आइरहेका छन् । स्थानीयहरूले गाउँको सामाजिक विकासमा पु¥याएको सहयोग र योगदान भने यति बेला जताततै निकै उदाहरणीय बनेको छ ।

त्यही भार्सेको देउराली डाँडामा भर्खरै निर्माण गरिएको बौद्ध स्तूप यसको ज्वलन्त नयाँ उदाहरण पनि हो । गाउँमा जन्मिएर स्वदेश तथा परदेशमा रहेका भार्सेलीले पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले दुई करोड ५० लाख रुपैयाँको लागतमा बौद्ध स्तूप निर्माण गरेका छन् ।

भार्से स्वयम्भू देउराली बौद्ध स्तूप निर्माण समितिका अध्यक्ष नरबहादुर बुढाथोकीका अनुसार करिब आठ सय ५० जना व्यक्तिले बौद्ध स्तूप निर्माणको अभियानमा सहयोग गरेका छन् । बौद्ध स्तूप निर्माणको परिकल्पनाकार समेत रहेका लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकी एक्लैले एक करोड १५ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको बताए । हाल हङकङमा बस्दै आएका बुढाथोकीले भार्से र आसपासका एक दर्जनभन्दा बढी शिक्षा, स्वास्थ्य र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

स्थानीय सरकार र पर्यटन कार्यालय भैरहवाबाट विभिन्न समयमा गरेर २५ लाख रुपैयाँ बराबरको काम भार्से देउरालीमा भएका छन् । बुढाथोकीले अहिले पर्यटकको आकर्षण र भार्सेको प्रशंसा पाउँदा बौद्ध स्तूप र पर्यटकीय संरचना निर्माणका बेला पाएको दुःख बिर्सेको बताए । स्तूप निर्माणका लागि भार्सेली समाज हङकङसहित, भार्से समाज युके, भार्सेली समाज तराई क्षेत्र, भार्सेली समाज काठमाडौँ र छिमेकी गाउँका प्रवासीले आर्थिक सहयोग गरेका छन् ।

बौद्ध स्तूपसँगै पर्यटकलाई थप आकर्षित गर्न नजिकै फनपार्क निर्माण गरिएको छ । भार्सेबाट काठमाडौँमा बसोबास गर्ने सिद्धार्थ डिजाइनर्सको टोलीले स्तूप र फनपार्कको डिजाइन गरेका हुन । स्वयम्भू देउराली बौद्ध स्तूप निर्माण समितिका कोषाध्यक्ष सुजन गलामीका अनुसार पार्कमा अहिले टिकटक, लभ प्रतीक र चन्द्रमा बनाइएको छ ।

सदरमुका तम्घासबाट उक्त क्षेत्रमा पुगेका बिष्णु बलाल त्यहाँको प्राकृतिक सौन्द्रर्यता हेर्दा आफू निकै लोभिएको बताए । “भार्से त्यसै पनि निकै सुन्दर रमणीय क्षेत्र हो त्यसैमा पनि अहिले देउराली डाँडामा निर्माण गरिएको बौद्ध स्तूपले झनै सुन्दर आकर्षण बनाएको रहेछ,” उनले भने ।  भार्सेको देउराली डाँडामा भर्खरै निर्माण गरिएको बौद्ध स्तूप हेर्न र त्यहाँको मनोरम दृश्यहरूको अवलोकन गर्न यति बेला आन्तरिक एवं वाह्य पर्यटकहरूको घुइँचो लाग्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?