© २०२३
बुटवल, ११ असार ।
समाजसेवा र भातृत्वको उद्देश्यले स्थापित लायन्स क्लब बुटवल सिद्धार्थको छैठौं पद हस्तान्तरण कार्यक्रम सोमबार बुटवलमा सम्पन्न भएको छ।
इस्वि सम्वत् २०१९ मा समाजसेवा गर्ने उद्देश्यले स्थापित क्लबमा पाँच जना अध्यक्षहरूले सफलतापूर्वक कार्यकाल सम्पन्न गरेका छन् । राजु भारी २०२५ ÷२६ का लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
कार्यक्रममा अध्यक्ष मोहनविक्रम प्याठले नवनियुक्त अध्यक्ष राजु भारीलाई पद हस्तान्तरण गरेका छन् ।
२०१९ ÷२१ का लागि संस्थापक अध्यक्ष श्रीकान्त सुवेदी, २०२१÷२२ का लागि भोजराज पोखरेल, २०२२ ÷२३ का लागि ओम बहादुर थापा, २०२३÷२४ का लागि नारायण कुँवर, २०२४÷२५ का लागि मोहनविक्रम प्याठले सफलतापूर्वक कार्यकाल सम्पन्न गरेका छन् भने २०२५ ÷२६ का लागि राजु भारी अध्यक्षमा निर्वाचित भएका छन् ।
कार्यक्रममा डिस्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले क्लबले समाजसेवाका विभिन्न कार्यहरू शिक्षा, स्वास्थ्य, वातावरणका लागि राम्रा कामहरु गर्दै आएको र एकआपसमा भातृत्वको विस्तार गर्दै आएको बताए । प्रधानाङ्गले सहयोगापेक्षीहरूलाई सहयोग गर्न र भातृत्व विकास गर्न थप लाग्न प्रेरणा मिलोस् भन्दै शुभकामना दिए ।

कार्यक्रममा नवनियुक्त क्लबका अध्यक्ष राजु भारीले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यक्रममा निवर्तमान डिस्ट्रिक गभर्नर अर्जुनमान सैजु, निर्वाचित प्रथम डिस्ट्रिक गभर्नर सन्दीप कशौधन, पुर्व गभर्नर महेन्द्रनारायण श्रेष्ठ, जिल्ला न्यायाधीश हरि पंगेनी, डिस्ट्रिक सचिव माधव खनाल, डिस्ट्रिक कोषाध्यक्ष प्रकाश कुमार श्रेष्ठ, एरिया–४ का चिफ दिपक प्रसाद श्रेष्ठ, क्लस्टर चिफ रोमनाथ ढकाल, क्लस्टर चिफ यदुमणि पोखरेल, एरिया– ४ को सचिव अमृता कार्की लगायतले बोल्दै समाजसेवामा थप सशक्त भएर लाग्ने प्रतिबद्धता र भातृत्वको विकासमा थप प्रोत्साहन मिलोस भन्दै धारणा राखेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष नारायण कुँवरलाई जोन ३३ का जोनचेयर पर्सन ओम थापा ले उत्कृष्ट सेवा तथा नेतृत्व पुरस्कारबाट सम्मानित गरेका थिए ।
कार्यक्रममा २०२४ ÷२५ का सचिव सुदर्शन खनाल र २०२५÷ २६ का सचिव एकराज पौडेलले पनि आ–आफ्नो धारणा राखेका थिए ।