ट्रेंडिंग:

>> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण

दाङका दुई उपमहानगरको बजेट चार अर्व ३५ करोड

११ असार २०८२, बुधबार
११ असार २०८२, बुधबार

दाङ, ११ असार ।

दाङको घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि शिक्षा, स्वास्थ्य, रोजगारी र कृृषिलाई प्राथमिकता दिइएको छ । आर्थिक वर्ष २०८२÷०८३ का लागि २ अर्ब २९ करोड २७ लाख विनियोजन गरिएको छ । कुल बिनियोजित रकम मध्ये संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदान ८३ करोड ३४ लाख मध्ये १० करोड ८३ लाख अर्थात १२.९९ प्रतिशत पुँजिगत खर्च र ७२ करोड ५१ लाख अर्थात ८७.०१ प्रतिशत चालु खर्च रहेको छ ।

प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान ३ करोड ९२ लाख ८ हजारमध्ये ३ करोड ८७ लाख अर्थात ९८.७० प्रतिशत पुँजिगत खर्च ५ लाख ८ हजार अर्थात १.३० प्रतिशत चालु खर्च रहेको छ । संघ तथा प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड र रोयल्टी तथा उपमहानगरपालिकाको आन्तरिक आय घर जग्गा रजिष्ट्रेशन, बैंक मौज्दातबाट विनियोजन गरिएको बजेट १ अर्ब ४२ करोड ९२ हजार मध्ये ५६ करोड १९ लाख ८७ हजार अर्थात ३९.५७ प्रतिशत चालु खर्च र रू ८५ करोड ८१ लाख ५ हजार अर्थात ६०.४३ प्रतिशत पुँजिगत खर्च रहेको उपप्रमुख हुमा डिसीले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ ।

वजेटमा कृषि उत्पादन तथा उत्पादकत्व अभिवृद्धि हुने, सामुदायिक विद्यालयका भौतिक अवस्थामा सुधार हुने, शैक्षिक गुणस्तर अभिवृद्धि हुने, नगरवासीको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित हुने, उद्ममशिलताको विकासबाट रोजगारीको अवसर सृजना भई नागरिकको आर्थिक सामाजिक जीवत स्तरमा सुधार हुने, सडक पूर्वाधारमा नागरिकको पहुँच अभिवृद्धि तथा दिगोपना कायम हुने,नगरमा उपलब्ध स्रोत साधनको अत्यूत्तम उपयोगबाट सबै क्षेत्रको दिगो एवं सन्तुलित विकास भई आर्थिक प्रगतिमा टेवा पुग्ने, सार्वजनिक सेवाको प्रभावकारिता, जवाफदेहिता अभिवृद्धि हुने र सामाजिक विकासको मुलप्रवाह भन्दा बाहिर रहेका वर्ग, क्षेत्र, समुदायको विकासमा पहुँच भई अपनत्वको प्रवद्र्धन मार्फत स्थानीय शासन मजबुत हुने विश्वास लिएको छ ।

घोराहीमा स्थायी बसोबास भएका सामुदायिक विद्यालयवाट एसईईको परीक्षामा उत्कृष्ट अंक प्राप्त गरेका एक जना छात्र तथा एक जना छात्रा लाई डाक्टर र इन्जिनियर पढ्न छात्रवृत्तिको लागि रु१६ लाख विनियोजन गरिएको छ ।

त्यसैगसरी तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को बजेटमा कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीका विषयलाई प्राथमिकता दिइएको छ । उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले आर्थिक वर्ष २०८२÷८३ का लागि दुई अर्ब ६ करोड ६६ लाख ९३ हजार अनुमानित बजेट प्रस्तुत गरेकी छन् । उपप्रमुख चौधरीले समृद्व तुलसीपुर सबैका लागि सधँैका लागि नाराका साथ तय गरिएको २५ वर्षे दीर्घकालीन रणनीति तथा आवधिक योजना निर्माणको कार्यान्वयनअनुरुप बजेट विनियोजन गरिएको बताइन् ।

चालुतर्फ कुल बजेटको ६५.०८ प्रतिशत अर्थात् एक अर्ब ३४ करोड ५१ लाख विनियोजन गरिएको छ, भने पूजीगततर्फ कुल बजेटको ३२.९० अर्थात् ६७ करोड ९९ लाख ९३ हजार आठ सय ५५ रुपिया विनियोजन गरिएको छ । उपप्रमुख स्यानी चौधरीले शिक्षा,युवा तथा खेलकुदतर्फ ६० करोड २८ लाख, कृषितर्फ एक करोड ४५ लाख, पशुपक्षी विकासतर्फ एक करोड १५ लाख, भूमिहीन दलित, भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीको लगत संकलन, लालपूर्जा वितरणका लागि एक करोड बजेट विनियोजन गरेकी छन् । त्यस्तै विपद् व्यवस्थापनतर्फ एक करोड, सरसफाई तथा फोहोरमैला व्यवस्थापनतर्फ ७६ लाख, पालिकाले सञ्चालनमा ल्याएको मेट्रो कलेज तथा बहुप्राविधिक शिक्षालयका लागि एक करोड विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?