ट्रेंडिंग:

>> संविधानद्वारा प्रत्याभूत महिला अधिकार गुम्ने खतरा >> आन्तरिक पर्यटकले बढाएको उत्साह >> दर्जनौ खानेपानी आयोजना अलपत्र >> होटल व्यवसायीमा रमिताः भान्से हुँदै दल, भाग लगाउँदै पद ! >> नाम मात्रैको सहकारीलाई बाटो देखाउँदै जैविक कृषि सहकारी >> टस जितेर नेपाल हङकङ बिरूद्दको खेलमा फिल्डिङमा >> आन्दोलन निर्णायक स्थानमा पुग्यो, भ्रममा नपरी सबै माइतीघर आउनु होलाः शिक्षक महासंघ >> बिसिए च्यालेन्जर्सको कप्तानी गर्दै नौ बर्षीय कृकेटर अनमोल बाबु >> वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस >> स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> शिक्षकका माग सम्बोधन गर्न मन्त्रिपरिषद्को ४ बुँदे निर्णय, आन्दोलन अन्त्य गरी विद्यालय फर्कन आह्वान >> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य

गठवन्धनको ‘साईट ईफेक्ट’: रोल्पा रुकुममा बागीको बिगबिगी

१० मंसिर २०७९, शनिबार
१० मंसिर २०७९, शनिबार

रोल्पा, १० मंसिर ।

रुकुमपूर्व र रोल्पा भौगोलिक मात्रै हैन सामाजिक, आर्थिक र सांस्कृतिक रुपले पनि सामिप्य छन् । माओवादी सशस्त्र युद्धमा सवभन्दा धेरै बलिदानी यिनै दुई जिल्लाले गरे । सशस्त्र युद्धमा राज्य र विद्रोही पक्ष गरी रोल्पाबाट ९६९ र रुकुमवाट ५५८ जनाको बलिदानी भयो ।

रुकुम अहिले पूर्व र पश्चिम गरी २ जिल्ला बनेको छ । रुकुमबाट बलिदान गर्ने मध्ये अधिकांश अहिलेको रुकुमपुर्वका बढी छन् ।

रुकुमको चुनवाङ बैठकबाट माओवादीले लोकतान्त्रिक गणतन्त्रको वाटो सोझ्यायो । वन्दुकको बलले राज्यसत्ता कव्जा गर्ने भन्दै सशस्त्र युद्ध सुरु गरेको माओवादी झण्डै १० वर्ष पछि व्यालेटको राजनीतिमा आयो । माओवादी शान्ति प्रकृयामा आएको डेढ दशक पुरा भएको छ । यस अवधिमा उ २०६४, २०७०, २०७४ र २०७९ गरी ४ वटा आम निर्वाचन तथा २०७४ र २०७९ गरी २ वटा स्थानीय तहको निर्वाचनमा सहभागी भईसकेको छ ।

सुरुआतमा व्यालेटको राजनीतिमा अम्वल माओवादी पछिल्ला चुनावमा खुम्चदै जान थालेको छ । २०७४ सालमा नेकपा एमालेको सहारामा चुनाव लडेको उसले २०७९ मा आउँदा नेपाली काँग्रेसको वैशाखी टेक्न वाध्य भयो । यसबीचमा दर्जन चिरामा विभक्त माओवादीका अधिकांश धारा अस्तित्व रक्षाको लडाई लडिरहेको बेला मुख्य भंगालोको रुपमा रहेको नेकपा माओवादी केन्द्र नेकपा एमालेसंग पार्टी एकताको अवस्था सम्म पुग्यो, भलै एकता टिकाउ हुन सकेन ।

मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक वाम गठवन्धनको नाममा सहभागी माओवादीको आधार क्षेत्र मानिने रोल्पा रुकुमले भने नयाँ सन्देश दिएका छन् । गठवन्धनको साईट ईफेक्टले यहाँ बागीको बिगबिगी देखिएको छ । गठवन्धन विरुद्ध वागी उम्मेदवारी दिएका मध्ये २ जना निर्वाचित समेत भएका छन् । ३० वेैशाखको स्थानीय तह निर्वाचनमा काँग्रेस माओवादीले देशभर चोचोमोचो मिलाएपनि रोल्पा रुकुमका काँग्रेस माओवादी मिल्न सकेका थिएनन् । प्रतिगमनको मतियार भनेर आरोप लगाउने एमाले रोल्पा रुकुमेली काँग्रेसको मित्र बन्दा माओवादी केन्द्र मुख्य प्रतिष्पर्धी थियो ।

४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिटबाँड केन्द्रीय गठवन्धनले गर्यो । जुन रोल्पा रुकुमका काँग्रेस माओवादीको भावना विपरित थियो । काँग्रेस माओवादी एक्लाएक्लै भिड्न चाहन्थे तर ठूला नेताको गठवन्धन गर्नैपर्ने लहडले रोल्पा रुकुमका काँग्रेस माओवादी देखावटी मिलनको हात वढाउन वाध्य भए ।

गठवन्धनले रोल्पा र रुकुमपूर्वको प्रतिनिधि सभा र एउटा प्रदेश सभा नेकपा माओवादी केन्द्रलाई र एउटा प्रदेश सभा नेपाली काँग्रेसलाई दिने सहमति गर्यो । सोही बमोजिम रोल्पाको प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका वर्षमान पुन र प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका जोखवहादुर महरा र प्रदेश सभा २ मा नेपाली काँग्रेसका अमरसिंह पुनले उम्मेदवारी दिए । रुकुमपूर्वको प्रतिनिधि सभामा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर तथा प्रदेश सभा १ मा माओवादी केन्द्रका तेजबहादुर वली र प्रदेश २ मा नेपाली काँग्रेसका धनबहादुर केसी उम्मेदवार बने ।

मनोनयन दर्ताकै दिन रोल्पा र रुकुम पुर्वको उम्मेदवार वाँडफाड गरिएको थियो । माओवादी केन्द्र रोल्पा रुकुम छाड्ने पक्षमा थिएन । नेपाली काँग्रेस माओवादी केन्द्रले नछाडे नेकपा एमालेसंँग तालमेल गर्ने पक्षमा थियो । कार्यकर्ताको भावना विपरित सिटबाँड भएको भन्दै रोल्पाको प्रदेश सभा २ मा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा रोल्पा जिल्ला ईन्चार्ज दीपेन्द्र पुनले पार्टीको सवै जिम्मेवारीबाट राजीनामा दिएर लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका अमरसिंह पुनको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिए । रुकुमपूर्वमा माओवादी सशस्त्र द्वन्द्वमा मरेको भनेर फालिएका सुरुल पुनले लोकतान्त्रिक बाम गठवन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मेदवार तेजबहादुर वली विरुद्ध उम्मेदवारी दिए ।

उम्मेदवारी फिर्ता गर्न र पछि निष्कृय पार्न धेरै प्रयास भयो तर दुवै जना राजी नभएपछि चुनावी प्रतिस्पर्धामा उत्रिए । मत परिणाम अनुसार रोल्पा प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन विजयी भए । उनी १४ हजार ९२७ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका अमरसिंह पुनले १० हजार ४०६ मत प्राप्त गरे । उनले २०७४ सालको प्रदेश सभा निर्वाचनमा सोही निर्वाचन क्षेत्रवाट लुम्विनी प्रदेश सभा सदस्य जितेका थिए । सुरुआतीदेखि नै सशस्त्र द्वन्द्वमा सहभागी पुन घाईते समेत हुन् ।

रुकुमपूर्वबाट स्वतन्त्र उम्मेदवारी दिएका सुरुलले आफ्नै पुर्व सहकर्मी तेजबहादुर वलीलाई हराए । प्रदेश सभा १ मा सुरुल ४ हजार ४६५ मतका साथ विजयी भए । लोकतान्त्रिक बाम गठवन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका वलीलाई ५३३ मतान्तरले पराजित गरे । लोकतान्त्रिक वाम गठवन्धनका साझा उम्मेदवार वलीले ३ हजार ९३२ मत प्राप्त गरे ।

सुरुल सशस्त्र द्वन्द्वको घाईते योद्धा हुन । लडाईको मोर्चामा घाईते भएर ढलेका उनलाई साथीहरुले मर्यो भनेर श्रद्धाञ्जली दिएर हिंडेका थिए । सशस्त्र द्वन्द्वमा मृत्यु भएको भन्दै शहीदको नाममा उनको नाम चढ्यो । उनी आफ्नै पिसाव पिएर बाँचे । शान्ति वार्ता पछि जीवन चलाउन भारत छिरे । मंसिर ४ को निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार बने र विजयी पनि भए ।

रुकुमपूर्वकै प्रदेश सभा २ मा भने पनि स्वतन्त्र उम्मेदवारी पर्यो । त्यहाँ भने नेपाली काँग्रेसका धनवहादुर केसी ४ हजार ८६२ मतका साथ विजयी भएका छन् । लोकतान्त्रिक बाम गठवन्धनका साझा उम्मेदवार केसीले अर्का स्वतन्त्र उम्मेदवार नरहरि खड्कालाई २ हजार ६१८ मतान्तरले हराए । स्वतन्त्र उम्मेदवार खड्काले २ हजार २४४ मत प्राप्त गरे ।

“रोल्पा रुकुममा माओवादी संग काँग्रेस र काँग्रेससंग माओवादी गठवन्धन गर्न मनैदेखि तयार थिएनन् । सशस्त्र युद्धदेखिको तुष बाँकी नै थियो तर माथिकाले जवरजस्त मिल्न गरेको उर्दी यहाँ सफल भएन”–पूर्व सांसद लेखनाथ आचार्यले भने । “माओवादीसँग मिलेर काँग्रेस चुनाव लड्नु सजिलो र सिधा कुरा थिएन”–आचार्यले भने–“सशस्त्र द्वन्द्वको चरम पिडामा रहेका यी जिल्लाको भावना ठुला नेताले वुझ्न सकेनन् ।”

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%