ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

आत्मनिर्भरताको उज्यालोले  खुसी थप्दै विजयनगर

१० असार २०८२, मंगलवार
१० असार २०८२, मंगलवार

चन्द्रौटा, १० असार । 

सुमिरन थारु शुक्रबार कपिलवस्तुको विजयनगर गाउँपालिकाको कार्यालयमा भेटिए । त्यहाँ पुग्दा उनी निकै खुसी र उत्साहित देखिन्थे । त्यहाँ थारुको ह्विलचियरमा चढ्ने सपना पूरा हुँदै थियो । “अपाङ्गता भएर जिउन गाह्रो छ । तर क्षमता छ अवसर पाउँदैन । फेरि सोच्छु कमलको फूल हिलोमै त फूलेको हुन्छ, निकै सुन्दर देखिन्छ ।” गाउँपालिका वडा नम्बर–१ नौडिहवा गाउँका थारुले भने ।

यस्तै अर्का स्थानीय अजय यादवले अपाङ्गलाई दया होइन, अधिकार चाहिएको बताए । समाजले हेर्ने दृष्टिकोण सकारात्मक बनाउन आग्रह गर्दै आफूले पनि अवसर पाए समाजमा सराहनीय योगदान गर्न सक्ने उनको जिकिर थियो । अपाङ्गता भएकोले सपाङ्गसरह काम गर्न क्षमता रहेको यादव बताउँछन् । स्वतन्त्र भएर जिउने अधिकारबाट वञ्चित नगर्न सबैको सहकार्य जरुरी रहेको उनले बताए ।

गाउँपालिकाले विशेष सहयोग मार्फत ८८ जनालाई नागरिक सहयोग सामग्रीसहित स्वरोजगारका लागि सिलाई मेशिन वितरण गरेको छ । ‘सहारा र आत्मनिर्भरताको उज्यालो’ कार्यक्रम अन्तर्गत ५७ जना अपाङ्गता सहायक सामग्री र ३१ जना महिलाहरूलाई मेशिन वितरण ग¥यो ।

ह्विलचियर, सेतो छडी, चस्मा, इयरफोन र तीन पाङ्ग्रे साइकलजस्ता सामग्री वितरण गरिएको हो । गाउँपालिकाका अनुसार सामग्रीले अपाङ्गता व्यक्तिहरूको दैनिकी सहज बनाउने र उनीहरूलाई आत्मनिर्भरतर्फ डो¥याउने छ ।
महिलाले पाएको सिलाई मेसिनले स्वरोजगारको बाटो खोल्ने स्थानीय भूमिका खन्गाहा भनिन् ‘अब अरूको भर पर्नु पर्दैन । आफ्नै हातले कमाउने बाटो खुलेको छ ।’

यता गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले अपाङ्गता भएका व्यक्तिहरूको क्षमता पहिचान गरिएको बताए । उनीहरूको दीर्घकालीन स्वरोजगार तथा आत्मनिर्भरता अभिवृद्धिका लागि योजना अघि बढाइएको उनको भनाइ छ । ‘हरेकको घरमा आशा पलाओस् । अपाङ्गता अब पीडाको होइन, प्रेरणाको परिचय बनोस्’ अध्यक्ष थापाले भने ।

यस्तै उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले अपाङ्गता भएका बालबालिकाको शिक्षालाई प्राथमिकता दिइएको ब बताइन् । विभिन्न संघसंस्थासँगको सहकार्यमा थप योजनासँगै क्षमताको पहिचान गरी उनीहरूको जीवनमा टेवा पु¥याउने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?