© २०२३
काठमाडौं ।
पछिल्लो केही दिनको उतारचढावपछि आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ९५ हजार २ सय रुपैयाँमा स्थिर रहेको छ। यसअघि आइतबार सुनको मूल्यमा तोलामा ५०० रुपैयाँको वृद्धि भएको थियो।
त्यसअघि भने लगातार दुई दिन — बिहीबार र शुक्रबार — सुनको मूल्य क्रमशः ४०० र ८०० रुपैयाँले घटेको थियो। वैशाख ९ गते सुनको मूल्य इतिहासकै उच्च बिन्दु १ लाख ९७ हजार ९ सय रुपैयाँमा पुगेको थियो।
आज भने चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढ्दै २ हजार १ सय ७० रुपैयाँ पुगेको छ।