ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

विषालु च्याउबारे बाँडौँ ज्ञान नचिने जान सक्छ ज्यान 

९ असार २०८२, सोमबार
९ असार २०८२, सोमबार

सल्यान, ०९ असार ।

वर्षा लागेसँगै वनजंगल, झाडी र खेतबारी छेउछाउमा विभिन्न किसिमका च्याउहरू उम्रिन थालेका छन् । तर विज्ञहरूले उम्रिएका च्याउमध्ये कैयौँ अत्यन्तै विषालु रहेको र जसको सेवनले गम्भीर बिरामी वा ज्यान समेत जान सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।वनस्पति अनुसन्धान केन्द्र सल्यानले नेपालमा करिब १३०० प्रजातिका च्याउहरू पाइने गरेकोमा तीमध्ये ५० भन्दा बढी प्रजाति विषालु रहेको जनाएको छ । वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्र पाठकले भने, “केही प्रजाति त यस्ता छन्, जसको सानो मात्रा सेवनले पनि मानिसको मृत्यु हुन सक्छ ।”

च्याउको गन्ध, स्वाद वा रङ हेरेर मात्र विषालु हो कि होइन भन्ने छुटाउन नसकिने भएकाले शङ्का लागेमा च्याउ नखानु नै सुरक्षित हुने उनको भनाई छ । विषालु च्याउ खाँदा वान्ता, पखाला, पेट दुख्ने, मिर्गौलामा समस्या आउने, चेतना हराउने र मृत्युसमेत हुन सक्ने जोखिम हुने डा. पाठकले बताए । बच्नका लागि सुझाव दिँदै उनले भने, “पहिचान नखुलेको च्याउ नखानुहोस् । असहज लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।”वनस्पति अनुसन्धान केन्द्र सल्यानले जङ्गली च्याउबारे सचेतना फैलाउने अभियान सञ्चालन गरिरहेको जनाएको छ । वर्षा याममा च्याउको उपभोग अत्यधिक हुने भएकाले सावधानी नै मुख्य सुरक्षा रहेको अनुसन्धान केन्द्रले जनाएको छ ।

यी हुन अति विषालु नौ प्रजातिका च्याउ
नेपालमा पाइने घातक विषालु च्याउमध्ये अमेनिटा भाइरोसा पनि एक रहेको वनस्पति अनुसन्धान केन्द्रले जनाएको छ । यो च्याउ प्रायः जङ्गल, झाडी र सिँचाइ भएका सल्लो तथा बाक्लो वन क्षेत्रमा पाइन्छ । यस्तै अमेनिटा कन्सेन्ट्रीका नामको विषालु च्याउ पनि खेत, झाडी र सिँचाइ भएका बाक्लो सल्लो वन क्षेत्रमा देखिने गरेको छ ।

केन्द्रका अनुसार अमेनिटा लङ्गिस्ट्रियाटा, अमेनिटा फालोइडेस र अमेनिटा सबग्लोबोसा पनि खेत, झाडी तथा सिँचाइ भएका वन क्षेत्रमा फैलिएको पाइन्छ । यी सबै च्याउहरू अत्यन्त मिल्दोजुल्दो देखिने तर घातक विष बोकेका हुन्छन् । अमेनिटा भर्ना प्रजाति समेत सल्लो वन र झाडीमा उम्रने विषालु च्याउको सूचीमा पर्छ ।

अमेनिटा समूहबाहेक अन्य केही विषालु च्याउमा ग्यालेरीना मर्जिनाटा रहेको छ । तराईदेखि उच्च पहाडसम्मका स्याउ, सल्लो, खेत र झाडीमा यो च्याउ पाइन्छ । यस्तै माइसिना पुरा नामको च्याउ पनि सिँचाइ भएका खेत, झाडी तथा सल्लो वन क्षेत्रमा फस्टाउँछ । यसै गरी पाक्सिलस इनभोलुटस नामको च्याउ पनि हाल नेपालमा खतरनाक विषालु च्याउको रूपमा चिनिएको छ ।

डा. पाठकका अनुसार यस्ता च्याउहरू सेवन गरेपछि विष शरीरमा फैलिन थालेपछि मिर्गौला र कलेजोमा गम्भीर क्षति पुग्न सक्ने हुँदा स्थिति जटिल बन्न जाने र मानिस बेहोस हुने वा मृत्युसमेत हुनसक्ने खतरा रहन्छ । यसैले च्याउ खाँदा अत्यधिक सतर्क रहनुपर्ने डा. पाठकको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?