ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

वडामा ‘जनताका सरकार’

कतिपय वडाका प्रमुख तथा प्रतिनिधि जनताबाटै आलोचित भइरहँदा अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष नवराज भुसालले भने प्रशंसा बटुलिरहेका छन् ।
९ असार २०८२, सोमबार
९ असार २०८२, सोमबार

चन्द्रौटा, ०९ असार ।

“पहिले खानेपानी थिएन, घण्टौँ समय निकाले पानीको जोहो गर्नु पर्दथ्यो । बत्ती थिएन, टुकी बाल्थ्यौँ । पहिले पैदल हिँडेर वडा कार्यालयसम्म पुग्दा एक हजारदेखि एक हजार २ सयसम्म एकतर्फको बाटो खर्च लग्थ्यो ।” अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर–११ का रुक बहादुर घर्ती मगर भने । उनले थपे –“म २०६० सालदेखि वडा नम्बर–११, बगरामा बस्दै आएका छु । खेतीपाती सिँचाई सुविधा भएको छ । बिजुली, पानी घरदैलोको पुगेको छ । यति बेला नाली, बाटो निर्माण भएपछि समय–समयमा घरदैलोमै गाडी समेत पुगेको छ । वडा कार्यालय घर नजिकै आएपछि अत्यन्तै सहज भएको छ ।”

यस्तै वडा नम्बर ११, टिक्करीकी हुमा आचार्यले वडाले प्रभावकारी सेवा प्रवाह गरेको प्रशंसा गरिन् । उत्साहजनक विकास भएको बताउँदै नाली बनेर सिँचाइको उचित व्यवस्थापन भएको उनको भनाइ छ । खोलामा पुल निर्माणपछि बजार विद्यालय आवतजावतमा सहज भएको समेत आचार्य बताउँछिन् । ढुंगेसेराका सुरज सिनारीले स्थानीय सरकार आएपछि नागरिकलाई सरकारको प्रत्यक्ष महसुस भएको बताए ।

विगतमा विद्यालय मठमन्दिर लगायतको संरचना निर्माण गर्न बाहिर बाटा जनशक्ति ल्याउनुपर्ने बाध्यता थियो, भने अहिले स्थानीय स्तरमै रोजगारी पाउने गरेको उनले बताए । उनले भने “आफूसँग भएको सीप सदुपयोग गरी आम्दानी र रोजगारीसँग जोडिन् पाउँदा युवा खुसी छौँ” स्थानीय सरकारले शिक्षा, खेलकुदलगायत हरेक क्षेत्रलाई प्राथमिकता दिएर विकास गर्दा फड्को मारेको उनको भनाइ छ ।

यता वडा अध्यक्ष नवराज भुसालले जनतालाई स्थानीय सरकारको अनुभूति गराउन तीन स्थानबाट सेवा प्रवाह गरिरहेको बताए । बिहीबार र शुक्रबार खैरभठ्ठी, आइतबार र सोमबार कपिलवस्तुको बुद्धभुमि नगरपालिका–९, ईमिलिया र मंगलबार, बुधबार टिक्करीबाट वडा कार्यालयको सेवा प्रवाह गर्दै आएको उनले बताए । सङ्घीय, प्रदेश सरकारसँग एकदमै कमजोर रहेको स्थान भए पनि विकास गर्न पहलमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी पहल गर्न सदैव अग्रसर रहेको भुसालले बताए ।

उनका अनुसार वडाले अब कृषि सिँचाइ प्रविधि, प्राविधिक शिक्षा, र खेलकुद संरचनामा लगानी बढाउँदै छ । देशकै सबैभन्दा ठुलो शितगंगा नगपालिका जसमा पनि वडा नम्बर ११ ले ३ स्थानबाट सेवा प्रवाह गर्दै आएको छ । नगरको सबैभन्दा ठुलो वडा जसको क्षेत्रफल १४६ वर्ग मिटर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?