ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

चुनौती बन्दै तापमान वृद्धि नियन्त्रण

८ असार २०८२, आइतबार
८ असार २०८२, आइतबार

करिब दुई महिना अघि वैज्ञानिकहरूले यो वर्ष अत्यधिक गर्मी हुने र अत्यधिक वर्षा हुने चेतावनी दिएका थिए । वैज्ञानिकहरूले भनेजस्तै गरी यो वर्ष जति गर्मी बढेको छ, त्यत्ति नै भारी वर्षा हुने क्रम सुरु भैसकेको छ । विगतका वर्षहरूमा असार १५ पछि मात्रै रोपाई सुरु हुने गरेकोमा यो वर्ष असार नलाग्दै तराईमा रोपाई सुरु भैसकेको छ । तापमान वृद्धिको असर मौसममा पनि परेको छ र कतै वर्षा नहुने, कतै कम र कतै भारी वर्षाले मानव जीवनलाई प्रभावित बनाएको छ । जेठको धूपमा तराईमा यो वर्ष ४५ डिग्रीसम्म गर्मीको रेकर्ड कायम भयो । बुटवलमै ४३/४४ डिग्रीसम्म तापमान पुग्यो । बुटवलमा मात्रै होइन, गर्मीको महसुस विश्व भरी नै भएको छ ।

त्यसमा पनि पहाडमा जाडो हुने बेला गर्मीको महसुस गर्नुपरेको अवस्था उत्पन्न भएको छ । अबको दिनमा विश्वभर बढ्दो तापमानको चिन्ताबिच तापमान नियन्त्रणको चुनौती पनि देखिएको छ । हरेक वर्ष गर्मी यही अवस्थामा रहने र देखिने हो भने निश्चित रूपमा मानव जीवनका लागि अति जोखिम हुनेछ । मानव जीवनका लागि बढ्दो तापमान चुनौती भएको छ । त्यसो त विश्वमा तापमान वृद्धि भौतिक सुख–सुविधामा रमाउने मानवीय कारणले उत्पन्न हुँदै छ । औद्योगिक क्रान्तिपछि भएको विकासले प्राकृतिक स्रोत दोहनलाई तीव्र बनाएको छ ।

अहिले पनि जैविक इन्धन नै ऊर्जाको मूल स्रोत बनेको छ । त्यसले फाल्ने दूषित धुवाँ नै विश्व तापमान बनाउने मूल कारण हो र आज पृथ्वीका अधिक प्राकृतिक सम्पदा जोखिममा छन् । त्यसको प्रत्यक्ष असर यो वर्ष नेपालका सबै क्षेत्रमा देखा परेको छ । पहिलो सङ्केत तापमान वृद्धि नै हो । तराईमा अहिले तापमान वृद्धिको असरले चुनौती सिर्जना गरेको छ । यही रफ्तारमा गर्मी बढ्दै जाने हो भने बस्न सकिने अवस्था पनि नरहन सक्छ भन्ने चिन्ता उत्पन्न भएको छ ।

तापमान वृद्धिले केवल मानवलाई मात्रै होइन कि संसारभरिका ५० वटा हिमाली विश्व सम्पदा क्षेत्र लोप हुने अवस्थामा पुग्न सक्ने चेतावनी दिइएको छ । यसको एउटै कारण हो– विश्वमा तापक्रम वृद्धि । जसकाकारण हिमाली क्षेत्रका हिउँ पग्लिने क्रमले तीव्रता पाउन थालेको छ । गएको पुस माघ महिनामै नेपालका धेरै हिम शृङ्खलाहरू कालो पहाड बनेका थिए । धनी राष्ट्रले औद्योगिक विकासका नाममा उत्सर्जन गरेका कार्बन डाइअक्साइड लगायतका विषाक्त ग्याँसको दुष्प्रभावले विश्व प्रभावित भएको छ । अबको दिनमा विश्व तापक्रम वृद्धि घटाउनेतर्फ विश्वका ठुला औद्योगिक राष्ट्रले ध्यान दिएनन् भने ती देश पनि जोखिममा पर्नेछन् ।

तसर्थ अबको दिनमा तापमान बुद्धिलाई नियन्त्रणमा राख्ने हो भने जलवायु परिवर्तनको प्रभाव कम गर्नेतर्फ ध्यान जाओस् । औद्योगिक प्रदूषण नियन्त्रणका लागि औद्योगिक शक्ति राष्ट्रहरूलाई दबाब दिन नसक्ने हो भने तापमान वृद्धिले मानव जीवनमाथि ठुलो चुनौती खडा गरिदिनेछ । वैज्ञानिकहरूले विश्व तापक्रममा दुई डिग्री सेल्सियसको वृद्धि हुनसक्ने आशङ्का गरेका छन् । यही तापक्रममा थप दुई डिग्री बढ्ने हो भने निश्चित रूपमा नेपाल मात्रै होइन विश्व समुदाय प्रभावित हुनेछ ।

अहिलेको तापक्रममा थप चार डिग्री तापक्रम बढ्यो मानव समाजको अस्तित्व के होला ? यो विषयमा सायदै विश्वले सोचेको छैन । त्यही भएर अहिले शक्ति राष्ट्रहरूका बिच कार्बनसहितको औद्योगिक प्रदूषण होडबाजी चलेको छ । नेपालले पनि अव सोच्ने बेला आएको छ । नेपालले वातावरण संरक्षण गरेको नाममा विदेश डलर कमाउने मात्रै होइन, विश्वलाई तापमान वृद्धि नियन्त्रण गर्न आह्वानसँगै दबाब पनि दिनु जरुरी छ । यो विषयमा नेपाल सरकारको ध्यान जाओस् । तापमान वृद्धिको असरबाट मानव जीवनलाई सुरक्षित गर्ने हो भने अव चिन्ता गर्ने बेला आइसक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?