© २०२३
बुटवल, ६ असार । मार्शल आर्ट खेललाई प्रवद्घन र खेलाडीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ दशौ राष्ट्रिय हाप्किडो प्रतियोगिता बुटवलमा शुरु भएको छ । कार्यक्रमको एक समारोहका बिच राखेपका उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गर्दै ब्यवसायिक खेलकुद आजको आवश्यकता भएको बताए । ब्यवसायीक खेलकुद अघि बढाउन सकेमात्र खेलाडीलाई प्रोत्साहन मिल्ने भन्दै उनले खेलेरै घरपरिवार चलाउने सक्ने वातावरण सृजना हुन जरुरी रहेको बताए । ‘यसका लागि नीतिगत कमजोरी केलाउने काम भएको छ ।’– उनले भने । समृद्धिका लागि खेलकुद र खेलमा अनुसासन महत्वपुर्ण हुने उनले तर्क दिए । अन्तराष्ट्रिय मार्शल आर्टलाई नेपालमा नया स्वरुपमा हाप्किडो भित्राउने कामलाई निरन्तरता दिन जरुरी छ । खेलाडी, प्रशिक्षक, खेल संस्थाको पक्षमा राखेप सधै उभिने बताए । विकास र प्रगतिमा आलोचना जरुरी रहने भन्दै उनले उनले बताए । ‘स्कुल टु ओलम्पिक’ को अवधारणा बोकेर राखेप अघि बढको भन्दै उनले खेलाडी र खेल क्षेत्रको विकासमा विद्यालयस्तरको खेलको अग्रसरता जरुरी रहने बताए । यसैगरि आगामी वर्षबाट मदन भण्डारी स्पोर्टस एकेडेमीमार्फत राष्ट्रिय प्रतियोगिता संचालन गरिने उनले प्रतिवद्घता जनाए ।
कार्यक्रममा राखेपका सदस्य हिमाल श्रेष्ठले खेल र खेलाडीको हित हुने गरि निति ल्याउन चाहेको बताए । बजेटमा समेत खेलकुद प्राथमिकतामा परेको भन्दै उनले सरकारको विशेष सोचमा रहेको बताए । बालबालिकाहरुलाई खेलकुदमा अग्रसर गराउन सकेमात्र राष्ट्रिय खेलाडी उत्पादन हुने उनले तर्क दिदै ३ तहकै सरकारको लगानी गर्न सुझाव दिए ।
कार्यक्रममा नेपाल हाप्किडो संघका संस्थापक तथा अध्यक्ष काली बहादुर घर्तीमगर सात वटै प्रदेशमा संघ गठन गरि खेलाडी उत्पादन गर्दै आएको बताए । नेपाललाई अन्तराष्ट्रिय स्तरमा खेलमार्फत चिनाउन सकिने सम्भावना हाप्किडो खेलमा रहेको उनले बताए । खेलहरु शहर केन्द्रिय भैरहेको बेला हाप्किडो भने ग्रामिण क्षेत्रमा लगिरहेको उनले दाबी गरे । केवल खेलको मात्र नभई समाज र देश बनाउन समेत खेलकुद सहायक हुने उनले बताए । अब विद्यालय च्याम्पियनसिप दाङमा गर्ने तयारीका बारेमा समेत उनले जानकारी दिए । सेल्फ कन्फिडेन्स र सेल्फ डिफेन्स महत्वपुर्ण रहने बताए । शिक्षा बिनाको खेलको अर्थ नहुने उनको तर्क छ ।
कार्यक्रममा संघका केन्द्रिय कोषाध्यक्ष विजया वाईवा, नेपाल हाप्किडो संघका उपाध्यक्ष देव बहादुर कुवँर, वरिष्ठ एथ्लेटिक्स प्रशिक्षक मोहन घलेले लगायतले शुभकामना दिए । प्रतियोगितामा सातै प्रदेशका ५ सय खेलाडीहरुले विभिन्न खेल विधामा भाग लिएका छन ।