ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

सङ्घीयताको सबलीकरणका लागि जनमुखी कानुन निर्माण र कार्यान्वयन प्राथमिकतामा : मुख्यमन्त्री आचार्य

६ असार २०८२, शुक्रबार
६ असार २०८२, शुक्रबार

लमही , ६ असार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयतालाई संस्थागत गर्दै सबल बनाउने लक्ष्यसहित प्रदेश सरकारले जनमुखी कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमा विशेष प्राथमिकता दिएको स्पष्ट पारेका छन्।

लमहीमा शुक्रबार प्रदेश सरकार अन्तर्गतको मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आयोजित “सङ्घीयताको सबलीकरणमा प्रदेश कानुन निर्माण तथा कार्यान्वयनका चुनौती र समाधान” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संविधानले तोकेको एकल तथा साझा अधिकारको सूचीलाई आधार मानेर कानुन निर्माण भइरहेको जानकारी दिए।

“हामी यहाँ कानुन बनाउने, कार्यान्वयन गर्ने र व्याख्या गर्ने सबै निकायको जमघटमा छौँ,” मुख्यमन्त्रीले भने, “यसले कानुनी प्रक्रियामा देखिएका समस्या समाधान गर्न सहयोग पुर्‍याउनेछ भन्ने अपेक्षा लिएको छु। अहिलेसम्म ८४ वटा कानुन निर्माण गरिसकिएको छ, निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐन निर्माण गरी कार्यान्वयनमा पनि लगिएको छ।”

उनका अनुसार प्रदेश सरकारले कानुन कार्यान्वयनमा देखिएका जटिलता हटाउन संशोधनको प्रक्रिया अघि बढाइसकेको छ। व्याख्याका लागि उठेका झन्डै सय मुद्दाहरू मुख्य न्यायाधिवक्ताको कार्यालयमार्फत सम्बोधन भइरहेको पनि उनले उल्लेख गरे।

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले सङ्घीयताको सुदृढीकरणका लागि वित्तीय तथा प्रशासनिक अधिकारको स्वायत्तता प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने धारणा राखे। “समस्या संरचनामा होइन, सोचमा छ,” उनले भने, “सङ्घीयतालाई बलियो बनाउन आर्थिक अधिकार स्थानीय र प्रदेश तहमा पुर्‍याइनु अत्यावश्यक छ।”

त्यसै गरी, महान्यायाधिवक्ता केशव बडालले सङ्घीयता कार्यान्वयनको पहिलो चरण कानुन निर्माण हो भन्ने स्पष्ट गर्दै त्यसमा प्रदेशले उल्लेखनीय सफलता हासिल गरिसकेको बताए। उनले भने, “मुख्य न्यायाधिवक्ताको कार्यालय व्यवस्थापिका र कार्यपालिकाको रक्षा गर्ने संरचना हो। साझा अधिकार क्षेत्रका विषयमा सङ्घले बनाएका कानुनलाई प्रदेश तथा स्थानीय तहले अपनाउँदा दोहोरोपनको समस्या हट्न सक्छ।”

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गाना, उच्च अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारी, प्रदेशसभा सदस्यहरू, न्यायालय प्रतिनिधिहरू, नेपाल बार एसोसिएसनका पदाधिकारीहरू लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?