ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

सडक निर्माणको ढिलासुस्तीले सास्ती   

६ असार २०८२, शुक्रबार
६ असार २०८२, शुक्रबार

बुटवल नारायणगढ सडक खण्डमा भइरहेको दैनिक जामका कारण हजारौँ यात्रुहरूले ठुलो सास्ती पाउँदै आएका छन् । पछिल्लो समय यो सडक लगातार जाममा पर्दै आएको छ । जसका कारण यात्रुहरू घण्टौँ सडकमै बास बस्नुपर्ने अवस्थामा छन् । वर्षाको समयमा पानी पर्दा घुँडासम्म आउने हिलोका कारण सवारीका साधन त्यही हिलोमा फसेका छन् । खास गरी दाउन्ने क्षेत्र वरिपरिको सडक पूरै जोखिममा छ ।

यही खण्डमा २२ घण्टासम्म जाममा बस्न बाध्य भएको यात्रुहरूको पीडा छ । यात्रुहरूले ठुलो सास्ती पाएपछि प्रहरीले नारायण घाट–बुटवल सडकको वैकल्पिक मार्ग प्रयोग गर्न सबैसित अनुरोध गरेको छ । लगातारको वर्षापछि दैनिक आउने बाढीले विनयी खोलाको डाइभर्सनमा क्षति पु¥याएको छ । यता दुम्किवास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्युखोला लगायत स्थानका सडक चिप्लो भई अघि बढ्न नसक्ने तथा चिप्लेर फसी आवागमनमा अवरोध भैरहेकोले यो सडक भएर सकेसम्म यात्रा नगर्न प्रहरी प्रशासनको अनुरोध छ ।

प्रहरीले बिहीबार बिहान विज्ञप्ति नै जारी गरेर सकेसम्म यो सडक भएर यात्रा नगर्न र वैकल्पिक मार्गको प्रयोग गर्न सबैसित अनुरोध गरेको छ । बाढीले मंगलबारदेखि दुम्किवासस्थित विनयी खोलाको डाईभर्सन बगाएपछि दिनहुँजसो अवरोध भइरहेको छ । यो डाइभर्सन सात पटकसम्म खोलाले बगाउँदा आवागमन निक्कै कठिन भएको छ । त्यस्तै बुधबार दिउँसोदेखि दाउन्नेमा चिप्लो बाटोमा गाडी फस्दा निक्कै लामो जाम लागेको छ भने यात्रा कष्टकर भइरहेको छ । सयौं यात्रुले सास्ती पाएका छन् । अवको बर्षासम्म यो सडकको यही नियति दोहोरिरहनेछ । निर्माण व्यवसायीको लापरबाहीका कारण हजारौँ यात्रुले सास्ती पाउनु परेको छ ।

वि. सं २०७५ माघमा बुटवल नारायणगढ सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म करिव ७० प्रतिशतमात्रै छ । ११३ किलोमिटर सडक बनाउन ७ बर्ष लाग्दा पनि सम्पन्न नहुनुका पछि नेपाल सरकारको पनि ठुलो कमजोरी छ । यसमा निर्माण कम्पनीको गंभीर लापरवाही छँदैछ, त्यसमाथि सरकार समेत अहिलेसम्म रमिते बनेकै हो । निर्माण कम्पनीले अझै यो सडक पूरा हुन कम्तिमा एक बर्ष समय लाग्ने जनाएको छ । अव बर्षा लागिसकेकोले यो सडकमा यात्रा गर्नु जोखिम निम्त्याउनु हो । तसर्थ यो सडक भएर यात्रा नगर्नु नै राम्रो हो । समयमै सडक नबनाउने निर्माण कम्पनीको म्याद पटक पटक थप्ने र कम्पनीलाई कारवाहीको साटो उल्टो म्याद थपेर पुरस्कृत गर्ने काम भएकै कारण समस्या झनै बल्झिदै गएको छ ।

यद्यपि पछिल्लो समय निर्माणको काम एकतर्फी भए पनि धेरै हदसम्म सकिएको छ । नेपालको पूर्वी क्षेत्र र सुदूरपश्चिमलाई जोड्ने यो सडक नेपालकै महत्त्वपूर्ण खण्ड हो । यो सडक निर्माण सुरु गर्दै निर्धारित मितिमा सम्पन्न नगरे ठेक्का तोड्ने चेतावनी दिएको भए अहिले यो अवस्था उत्पन्न हुने थिएन तर सरकारकै बेवास्ताका कारण यो सडक निर्माणमा ढिलाइ भएको हो । निर्माण पक्षको लापरबाहीका कारण अहिले सडक विस्तारको क्रममा यात्रुले सास्ती पाएका छन् । घण्टौँ जाममा बस्नुपर्ने बाध्यता खेप्दै आएका यात्रुहरू सडकमै भोकै भोकै बस्नुपर्दा दिक्क भैसकेका छन् ।

कुनै पनि विकास निर्माणको काम समयमा नै सम्पन्न नहुने ठुलो समस्या हो । त्यसमा यो सडकले मुलुकको विकास निर्माणलाई नै गिज्याइरहेको छ । सडक निर्माणको क्रममा सरकारी अनुगमन सुस्त छ । अहिले वर्षाको समय भएकोले सडकको अवस्थाका विषयमा यात्रुलाई समयमै सूचना दिनु जरुरी छ । वर्षाको यो समयमा सावधानी अपनाउनुको अर्को विकल्प छैन । खासगरि जाममा परेका यात्रुलाई अर्को कुनै वैकल्पिक माध्यम प्रयोग गरी गन्तव्यमा पु¥याउनेतर्फ सम्बन्धित सरोकारवालाको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?