ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

जनशक्ति उत्पादनमा बुटवलको जोड 

६ असार २०८२, शुक्रबार
६ असार २०८२, शुक्रबार

बुटवल, ०६ असार । 

बुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई सीप तथा रोजगारमा विशेष जोड दिएको बताए । उनले बुटवलमा सीपसहितको जनशक्ति र रोजगार सिर्जनाका लागि पर्याप्त लगानी गर्ने गरी नीति तयार गरेको बताए । उनले बुटवललाई पर्यटकीय विश्राम स्थल बनाउनका लागि लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र मुक्तिनाथ जाने हिन्दु धर्मावलम्बीको विश्राम स्थलका रूपमा स्थापित गर्ने नीति लिएको बताए ।

उनले अन्य स्थानीय तहहरूसँग सहकार्य गरी पर्यटक आगमन वृद्धि गर्ने र बुटवलका पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने बताए । बुटवलवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको शुल्क हटाउन रक्तसञ्चार केन्द्रलाई उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।  बुटवलका गृहिणी महिलाहरूलाई रोजगारसँग जोड्दै स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रम अन्तर्गत उत्पादित वस्तुको उत्पादन र बिक्री केन्द्र (कोसेली घर) स्थापनामा जोड दिइनेछ ।

त्यसरी उत्पादन भएका सामग्रीलाई नगरको चिनोका रूपमा उपयोग गर्ने नीति लिइनेछ । गृहिणी महिलाहरूलाई एकजुट बनाई सीप र व्यवसायका माध्यमबाट आर्थिक उपार्जनमा अगुवाइ गर्ने नीति लिइनेछ । गृहिणी महिला रोजगार कार्यक्रमअन्तर्गत टोल, वडा र नगर स्तरीय सञ्जाल र सीप तथा रोजगार परिषद् गठनको नीति लिइने छ ।
शिवनगरमा रहेको गौशालाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै बुटवल १२ चारपाला सामुदायिक वनमा बहुउद्देश्यीय कामधेनु गौशाला तथा अन्य आवश्यक स्थानमा गौशाला स्थापना गरिनेछ ।

साथै, नवलपरासीको बर्दघाटदेखि दाङसम्मका सडकमा रहेका छाडा पशु चौपायाहरूको व्यवस्थापनका लागि गाई राष्ट्रिय निकुञ्ज निर्माण गर्न लुम्बिनी प्रदेश सरकार र सम्बन्धित स्थानीय सरकारहरूसँग समन्वय गरिनेछ । योगी कुटीदेखि चिडिया खोलासम्म, रामनगरदेखि तामनगरसम्म, बेलबास–बेथरी सडक, तामनगर–शुद्धोदन सडकलाई उज्यालो र हरियाली सडकका रूपमा सौन्दर्यीकरण गरिनेछ ।

‘घुमौँ बुटवल’ भन्ने अभियानअन्तर्गत यसै आर्थिक वर्षलाई बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्नका लागि अभियानहरू सञ्चालन गरिनेछ । पर्यटकीय स्थलहरूको पहिचानलाई व्यापक बनाउनका लागि आवश्यक स्थानमा डिजिटल डिस्प्ले र प्रचार सामग्रीहरू निर्माण गरिने भएको छ । बुटवललाई पर्यटकीय विश्राम स्थलको रूपमा स्थापित गर्न बुटवलदेखि मुक्तिनाथ, लुम्बिनी, बाँके–बर्दिया राष्ट्रिय निकुञ्ज, सुपा देउराली, रेसुङ्गा, पाल्पा, चितवन, त्रिवेणी, रिडी, भैरवस्थान, रानीमहल, आलमदेवी, सेती वेणीजस्ता पर्यटकीय स्थलहरूसम्मको यात्रा तथा बुटवल–चितवन–पोखरा त्रिकोणीय पर्यटन प्रवर्द्धनका लागि आवश्यक अभियान सञ्चालन गरिने छ ।

बुटवलका महत्त्वपूर्ण पर्यटकीय स्थलहरू जितगढी किल्ला, युद्ध सङ्ग्रहालय, पुरानो बुटवल क्षेत्र, मणिमुकुन्दसेन उद्यान, हिलपार्क, मिलनपार्क, पिस पार्क, सिद्धबाबाधाम, मुक्तिनाथधाम, निलकण्ठ बाबाधाम, नरैनापुरधाम, बैठौलिया ताल, वाटरपार्क, थारु सङ्ग्रहालय, भैरव पार्क, पाणिनी पार्क, लक्ष्मी पार्कलगायत अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । बुटवल–नुवाकोट क्षेत्रमा पैदल मार्ग निर्माण गरी शिवपार्कको रूपमा स्थापित गरिनेछ । कर्णेल उजिरसिंह पार्क तथा रामापिथेकस पार्क निर्माण तथा हिलपार्कमा बुद्ध मूर्ति स्थापनाका लागि पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?