ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

बैखी माछामा भवानीलाई भरोसा

६ असार २०८२, शुक्रबार
६ असार २०८२, शुक्रबार

नवलपरासी, ०६ असार ।

जिल्लाको प्रतापपुर गाउँपालिका–२ सेमरीका भवानीशंकर यादव अहिले माछा पालन व्यवसायमा जमेका छन् । माछा पालनको ठुलो सम्भावना देखेका उनी माछा पालन क्षेत्र विस्तार गर्दै मत्स्य व्यवसायमा आफ्नो पहिचान बनाउँदै छन् ।
अगुवा माछा कृषक यादवले अहिले व्यवस्थित गरी माछा पालन क्षेत्रफल बिस्तार गरेका छन् । उन्नत प्रजातिका माछाले राम्रो आम्दानी गर्न सक्ने भएकाले अघिल्लो वर्षको सिकाइले अहिले माछा पालनको क्षेत्रफल १६ बिघामा विस्तार गर्दै पोखरीका लागि आवश्यक व्यवस्थित पूर्वाधार थपेको बताएका हुन् ।

भारतबाटै बैखी (पँगास) माछाका भुरा र दाना समेत ल्याएर गाउँमा उन्नत प्रजातिको माछा पालेको देखाउँदै भने–यसको ग्रोथ राम्रो छ । दुई महिना पहिला प्रति केजी माछाका भुरा डेढ सयको सङ्ख्यामा थियो । अहिले ७ देखि ९ वटा माछाले एक केजी पुग्छ, उत्पादन दर राम्रो रहेको छ । भारतबाट यही माछा बासी भएर आउँछ, तर नेपालमा पालन गरियो भन्ने ताजा माछा नै नेपाल भरि पु¥याउन सकिने आधार उनले सुनाए ।

नेपालमा भारतको आन्द्रा प्रदेशबाट बैखी माछाको माग बढी हुने हुँदा सो माछा नेपालमै उत्पादन गरी नेपाली बजारमा आपूर्ति गर्ने गरी कृषक यादव परीक्षण स्वरूप बैखी माछाको पालन सुरु गरेको बताउँछन् । सो प्रजातिको माछा थोरै क्षेत्रफलमा बढी आम्दानी भइरहेको र बजारमा देखिने समस्याबारे पनि अध्ययन पश्चात् अहिले त्यसको क्षेत्रफल विस्तार गर्न लागेको सुनाए ।

नेपालमा यस्तो माछाको उत्पादन गर्न कठिन छ, भन्ने गर्थे, उनले आफ्नो अनुभव सुनाउँदै भने, तर गरेपछि नेपालमा पनि सहजै उत्पादन गर्न पनि सकिँदो रहेछ । तर माछाको बजारमा केही माछा व्यापारीको एकाधिकार हुँदा बजारको समस्याले यहाँका कृषि प्राविधिकहरूले माछा किसानलाई पचास माछाका लागि प्राय सिफारिस नगर्ने गरेका छन् ।

समस्याबाट भाग्ने होइन,समस्याको समाधान खोज्न तिर लागियो भन्ने विकल्प भेटिन्छ नै, त्यो भएर अब आफूले फेरी क्षेत्रफल विस्तार गरी सो माछा पालन गर्ने योजना अगाडि सारेको सुनाए । पंगास माछा अन्य माछा जस्तै थोरै थोरै मारेर(हार्वेस्ट) गरेर बिक्री गर्न सजिलो छैन । एकै पटक पोखरीभरिकै माछा मार्नु पर्छ, किनभने ती माछा बढी संवेदनशील हुन्छन् ।

भारतीय माछाको आपूर्ति मात्रै प्रतिस्थापन गर्दै नेपालमा आफ्नो बजार बनाउने हो भने माछा पालनमा ठुलो अवसर रहेको उनको भनाइ छ । स–सानो लगानी गरेर दुई चार क्विन्टल माछा उत्पादन गरेर बजार खोज्ने बजारमा माछा नबिक्ने चुनौती हेरेर माछा पालन व्यवसाय छाड्ने पनि धेरै छन्, उनी भन्छन्, नेपालमा माछाको माग नभएर होइन, ती सबै किसान र व्यवसायीको बजारसम्म पहुँच नपुगेर हो । पहुँच बनाउनका लागि केही सङ्घर्ष गर्नै पर्दो रहेछ ।

उनले गत वर्ष आफ्नो माछा बिक्री गर्नका लागि काठमाडौँको कालीमाटी बजारदेखि काठमाडौँ महानगरको कृषि शाखासम्म दौडधुप गरेको सुनाए । काठमाडौँमा मात्रै ठुलो मात्रामा माछा खपत हुने स्थान हो, तर त्यहाँको बजार केही भारतीय व्यापारी र माफियाको नियन्त्रणमा छ । त्यो सञ्जाल भित्र पस्न मुस्किल छ । तर भित्र पहुँच बनाएमा माछा व्यवसायमा लाभै लाभ छ ।

भारतको आन्द्रा प्रदेशबाट महिनौँ देखीको मरेको माछाले बजार कब्जा गरेको छ, तर नेपाली किसानका माछाले स्थान नपाउनु समस्या छ । त्यसका लागि सरकार नेपाली किसान प्रति जिम्मेवारी पूर्वक काम गरिदियो भन्ने यहाँका युवा बिदेसिन पर्दैन, स्वदेशमै उत्पादन, बजार, व्यवसाय गर्न सक्ने अवस्था हुन सक्ने उनले सुझाव दिए । यसका लागि किसान निराश हुनु भन्दा सङ्घर्ष गर्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए ।

पोखरीको एक दुई माछा मरियो भन्ने बचेका माछा दाना नै नखाने हुँदा तौल घटेर उत्पादन जोखिम हुने गरेको सुनाए । गत वर्ष डेढ करोडको माछा बिक्री पनि गरियो । अहिले १६ बिघा क्षेत्रफलमा माछा पालनको क्षेत्रफल बिस्तार पनि गरिरहेको छु । कालीमाटीमा मात्रै दैनिक २५ मे.ट.माछा खपत हुन्छ, त्यसको ७० प्रतिशत औपचारिक माछा पैठारी भारतबाट हुन्छ, अनौपचारिक तस्करीको माछाको त तथ्याङ्क नै छैन ।

अध्यक्ष यादवका अनुसार भारतको आन्द्रा प्रदेशबाट प्रति केजी ५५ रुपियाँमा माछा ल्याएर नेपाली बजारमा भारतीय माछा छ्याप छ्याप्ती बनाइने र नेपाली किसान पोखरीमा माछालाई दाना खुवाउँदै बस्ने अवस्था विद्यमान छ । तर पनि सङ्घर्ष गर्दै निकास खोज्दै नेपाली माछा व्यवसायी अगाडी बढी रहेको सुनाए । नजिकका अन्य किसानका लागि पनि आफूले उन्नत प्रजातिका माछा र दाना झिकाउँदै प्रोत्साहित गरेको बताए । यसले गर्दा किसान एकजुट हुने र माफियासँग सङ्घर्ष गर्न बल मिल्ने समेत उनको भनाइ थियो । यसमा सरकार र सञ्चारले पनि साथ दिनुपर्छ, उनले भने, असर नेपालीले नेपालमै लड्दै भिड्दै समाधानको खोजीमा लाग्नु पर्छ ।

उनका अनुसार माछाको वृद्धि हुने एउटा चरण हुन्छ । माछाको वृद्धिको अवधि सकिएपछि खासै वृद्धि हुँदैन्, त्यो बेलासम्म माछा बिक्री गर्न सकिएन भने माछा बचाई राख्न दाना लागत बढ्दै जाने गर्छ । प्रति केजी ५५ (भारु) अर्थात् ८८ रुपियाँको माछा नेपालमा भित्रिँदा प्रति केजी दुई सय भन्दा बढी मूल्यमा बिक्री हुने गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?