ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

लुम्बिनी प्रदेशस्तरीय प्रि–मौद्रिक नीति छलफल सम्पन्न

५ असार २०८२, बिहीबार
५ असार २०८२, बिहीबार

बुटवल, ५ असार । नेपाल बैंकर्स एशोसिएसन (एनबीए) लुम्बिनी प्रदेश समितिको आयोजनामा रुपन्देहीमा प्रदेशस्तरीय विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका सबैजसो वाणिज्य बैंकका प्रमुख तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एनबीए लुम्बिनी प्रदेश समितिका संयोजक तथा नेपाल बैंक लिमिटेडका प्रमुख अर्जुनबहादुर कँडेलले आगामी मौद्रिक नीति २०८२/८३ का लागि आवश्यक सुझाव संकलन गर्नु र वर्तमान बैंकिङ प्रणालीका ज्वलन्त समस्याहरूमा समाधान खोज्ने उद्देश्यसहित अन्तरक्रिया कार्यक्रम गरिएको बताए । संयोजक कँडेलले पछिल्लो १० महिनामा करिब ४ सय अर्ब रुपैयाँ निक्षेप संकलन भएको भए पनि कर्जा विस्तार ३६८ अर्बमा सीमित रहेको बताए । “विगतमा गरिएको इजी मनि नीतिले अहिलेको समस्यालाई जन्म दिएको हो । अब मौद्रिक नीतिमा पुनः संरचना तथा पुनः तालिकाकरणमा सहजता हुनु आवश्यक छ ।” उनले भने ।

बजारमा तरलताको अभाव, ऋणको माग अत्यन्त न्यून हुनु, बैंकहरूको आम्दानी घट्नु र कर्जा विस्तार लक्ष्य (१२.५%) नपुग्नु, खराब कर्जा वृद्धि (हाल ३% हाराहारीमा), डिजिटल बैंकिङको स्पष्ट अवधारणा आवश्यक, एसेट म्यानेजमेन्ट कम्पनीको अवधारणा, सब्सिडाइज ऋणलाई नियमन, एलबिएमा नीतिगत समस्या, क्रेडिट कन्सन्ट्रेसन र व्यवसायी–बैंकर सम्बन्धमा स्पष्ट नीति लगायत विषयमा छलफल भएका थिए ।

कार्यक्रममा सहभागी नेपाल बैंक लिमिटेड (संयोजक) अर्जुनबहादुर कँडेल, प्राइम बैंकका कुश सूदन सिंह, नबिल बैंकका अमित केसी, कुमारी बैंकका चेतकान्त बन्जाडे, राष्ट्रिय वाणिज्य बैंकका गणेश पौडेल, सिटिजन्स बैंकका प्रदीपकुमार श्रेष्ठ, ग्लोबल आईएमई बैकमा शान्ता सिवाकोटी लगायत लुम्बिनी प्रदेशका वाणिज्य बैकमा प्रमुखहरुले डिजिटल बैंकिङ, पुनर्संरचना, फाइनान्सियल लिटेरेसी, सब्सिडी लोन नियमन, डाईरेक्टि सेक्टर लोन, वर्किङ क्यापिटल गाईडलाईन, जोखिम भारमा वृद्धि, कर्जा बिस्तारमा संकुचन जस्ता विषयमा महत्वपूर्ण सुझावहरु दिएका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैकका निमित्त कार्यालय प्रमुख तथा डिपुटी डाईरेक्टर जिवन प्रकाश पाण्डे लगायत अन्य सहभागीहरुले महत्वपूर्ण राय ब्यक्त गरेका थिए । छलफलबाट संकलित सुझावहरू असार १० भित्र राष्ट्र बैंकमा पठाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?