ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

विद्यालयमा स्वादसँगै सीप

५ असार २०८२, बिहीबार
५ असार २०८२, बिहीबार

चन्द्रौटा , ५ असार ।

कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा रहेको छ– राष्ट्रिय माध्यमिक विद्यालय । विद्यालयको प्राङ्गण अन्य दिनभन्दा निकै पृथक् देखिन्थ्यो । विद्यालयको आँगनमा रङ्गिन स्टलहरू सजिएका थिए । जहाँ कक्षा १० का विद्यार्थीहरूको अनुहारमा उत्साह र जिम्मेवारीको चमक बोकेर आ–आफ्ना परिकारहरू खाजा महोत्सवको रूपमा सजाइएका थिए ।
विद्यार्थीहरूले श्रम र सीपको महत्त्व बुझ्ने उद्देश्यले महोत्सवको आयोजना गरेको विद्यालयले जनाएको छ ।

उद्यमशीलता चुनौती परियोजना अन्तर्गत गरिएको यस अनौठो र जीवनोपयोगी गतिविधिले अध्ययनको सीमित कोठा बाहिर विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गरेको छ । तीन समूहमा विभाजित विद्यार्थीहरूले १३ प्रकारका स्वादिष्ट परिकारहरू तयार पारी प्रदर्शन गरेका हुन् । ती विद्यार्थीहरूले आफैँले बनाएका परिकारहरू बिक्री समेत गरेका राखे । प्रत्येक समूहले आ–आफ्नो जिम्मेवारी अनुसार परिकार बनाउने, त्यसलाई सजाउने, मूल्य निर्धारण गर्ने र बिक्री गर्ने काम आफैँले सम्हालेको विद्यार्थी निर्जला राना बताइन् । उनका अनुसार स्टलहरूमा मम, चटपट, आलु चिप्स, घोंघी, ढिकरी परिकार, समोसा, रोष्ट, गुलाब जामुन, दही पुरी, आलु दम, फिङ्गर चिप्स, चाउमिन जस्ता स्वादिलो परिकारहरूको रमाइलो विविधता देखिन्थ्यो ।

अर्का विद्यार्थी सङ्गीता थारुले भनिन्: “हामीले परिकार बनाउने मात्र होइन, ग्राहकसँग व्यवहार कसरी गर्ने भनेर पनि सिक्यौँ । यो हाम्रो लागि नयाँ तर उपयोगी अनुभव हो ।” यस्ता महोत्सवको आवश्यक रहेको बताउँदै आम्दानी, रोजगारी र उद्याशील कसरी बन्ने लगायत व्यवहारिक शिक्षासँगै ज्ञान सीप पाएकोमा उनले हर्ष व्यक्त गरिन् । यस्तै विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित राख्न नचाहेको बताए । उनीहरूलाई व्यवहारिक जीवनका सीप सिकाउने यस्तो कार्यक्रमले उनीहरूमा आत्मविश्वास बढाएको उनको भनाइ छ ।

खाजा महोत्सव स्वाद मात्र नभएर भविष्यको सम्भावनाको अनुभव पनि बनेका शिक्षक सीताराम चौधरीले बताए । उनका अनुसार परिकारको तयारीदेखि बजारीकरणसम्म विद्यार्थीले गरेका सबै कामहरू उनीहरूका लागि जीवनका पाठ थिए–जुन कुनै पाठ्यपुस्तकमा भेटिन्न । जिविकोर्पाजन गर्दै दैनिकीलाई कसरी सहज बनाउने भन्ने विद्यार्थीले सिकेको शिक्षक भबिलाल भण्डारीले बताए ।

यिनै युवा हातहरू, जसले यो दिन चाउचाउको थालमा कल्पनाको मिठास राखेका विद्यार्थीहरू भोलिका उद्यमी बन्न सक्ने सम्भावना रहेको अर्की शिक्षक सरिता शर्मा बताउँछन् । यस्तै महोत्सवको व्यवस्थापनमा खटिएर विद्यार्थीहरूको क्षमतालाई उद्यममा प्रोत्साहन दिने सघाएको शिक्षक विष्णु भण्डारीले बताए । समुदाय र विद्यालयबिचको यस्तो सहकार्यले शैक्षिक गतिविधिलाई अझै फलदायी बनाउने सम्भावना उजागर गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत् पौडेलले बताए ।

यता नगरप्रमुख अजय थापा स्वयम् महोत्सव अवलोकन गर्न पुग्दा विद्यार्थीहरू निकै उत्साहित भएको बताए । विद्यार्थीले देखाएको आत्मबल र सृजनशीलताको प्रशंसा गर्दै उनले भने-ः“यस्ता अभ्यासले विद्यार्थीहरूलाई आत्मनिर्भर बन्ने बाटोमा डो¥याउँछ, जुन हाम्रो भविष्यका लागि अत्यन्त जरुरी छ ।” सैद्धान्तिकसँगै अतिरिक्त व्यवहारिक ज्ञान पनि हुनु आवश्यक रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?