ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मकैबारीमा लटरम्मै किवी 

५ असार २०८२, बिहीबार
५ असार २०८२, बिहीबार

गुल्मी, ०५ असार ।
जिल्लाको सत्यवति गाउँपालिका –८ भार्र्षेका यम बहादुर थापा यति बेला व्यावसायिक रूपमा किवी खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रूपमा कोदो र मकै उत्पादन हुँदै आएको थापाको बारी यति बेला किवीका बोटहरूले ढपक्कै ढाँकेको छ । किवी खेती गरेर थापाले वार्षिक ६ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

५५ वर्ष उमरेका थापा कृषक मात्र नभएर जनप्रतिनिधि पनि हुन । सत्यवती गाउँपालिका –८ का वडा सदस्य थापाले गत ११ वर्षदेखि किवी खेती गर्न सुरु गरेका हुन् । उनले आठ रोपनी जग्गामा किवी खेती गर्दै आइरहेका छन् । थापाको बारीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो, मोन्टी र रेड गरी ६ जातका किवीका जातहरू छन् ।

जलवायु र भौगोलिक संरचनाको हिसाबले भार्षे किवी खेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उनले गत वर्ष चार लाखको किवी र दुई लाखको किवीका बिरुवा बिक्री गरेको बताए । तीन वर्षबाटै किवीले उत्पादन दिन थालेपछि थापालाई किवी खेती गर्ने उत्प्रेरणा जागेको हो । एउटै बोटमा ५० देखि एक क्विन्टलसम्म किवी फल्ने गरेको छ । उनको बारीमा अहिले एक सय ५० वटा किवीका बोटहरू रहेका छन् ।

सुरुमा थापाले तार, पाइप र पोल बनाउनका लागि आठ लाख रुपैयाँ खर्चेर व्यावसायिक रूपमा किवी खेती गर्न सुरु गरेको बताए । “त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहु वर्षीय भएको कारण एक पटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु,” उनले भने । किवीमा अन्य जातका फलफूलमा भन्दा रोग खासै नलाग्ने उनको अनुभव छ । “वर्षमा दुई पटक हाँगाहरू काँटछाँट गर्नुपर्छ, गोठे मल मात्र प्रयोग गर्दै आएको छु, त्यसै अनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ,” थापाले बताए ।

उनले उत्पादन गरेको किवी बजारमा दुई सय रुपैयाँदेखि तीन सय रुपैयाँसम्ममा बिक्री हुने गर्दछ । भार्षेको किवी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गरेको छ । उनले किवीलाई प्रशोधन गरेर वाइन बनाउन सुरु गरेका छन् । किवीलाई बजारको खासै समस्या नभएको थापाले बताए । थापाले पाँच वर्षदेखि किवीको नर्सरी समेत गर्दै आइरहेका छन् । उनको नर्सरीमा यति बेला आठ हजार किवीका नयाँ बिरुवाहरू छन् । एउटा बिरुवालाई एक सय ५० रुपैयाँदेखि दुई सय रुपैयाँसम्म पर्दछ ।

सत्यवती गाउँपालिकाले भार्षेलाई किवीको पकेट क्षेत्र घोषणा गरी कृषकहरूलाई उत्प्रेरित गर्दै आएको छ । किवी खेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकता अनुसारको तालिम, टनेल, नर्सरी तथा विरुवामा अनुदान उपलब्ध गराउँदै आएको सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताएका छन् ।

किवीका अन्य जातहरूमा सबै भन्दा राम्रो गोल्डेन र रेड किवी राम्रो मानिन्छ । यसको मूल्य अन्य जातको किवीको भन्दा एक सय रुपैयाँ बढी पर्दछ । भार्षेमा पाँच वटा किवी समूहहरूमा ८० जना कृषकहरू आबद्ध बनेका छन् । यस क्षेत्रमा एक जना कृषकले दश वटा बोटदेखि एक सय ५० बोटसम्म किवी लगाएका छन् । भार्षेमा हाल ४० हेक्टर क्षेत्रफलमा किसानहरूले व्यावसायिक रूपमा किवी खेती गर्दै आइरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?