काठमाडौँ ।
तेल अविवस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपाली नागरिकहरूको उद्धारका लागि नाम दर्ता खुल्ला गरेको छ। पछिल्लो समय इजरायलमा उत्पन्न परिस्थितिका कारण त्रास वा समस्यामा परेका नेपालीहरूलाई स्वदेश फर्काउने उद्देश्यले दूतावासले यो प्रक्रिया सुरु गरेको हो।

दूतावासले सार्वजनिक सूचना जारी गर्दै उद्धार तथा फिर्तीका लागि इच्छुक नेपाली नागरिकहरूलाई अनलाइन फारम भरी आफ्नो विवरण दर्ता गर्न अनुरोध गरेको छ। यस प्रक्रियामार्फत नागरिकहरूको अवस्थाबारे आवश्यक जानकारी संकलन गरिनेछ जसको आधारमा उद्धार तथा फिर्तीको योजना बनाइने बताइएको छ।
हाल इजरायलमा करिब पाँच हजार पाँच सय नेपाली नागरिक रहेको दूतावासको अनुमान छ। यसै सन्दर्भमा, जसलाई तत्काल स्वदेश फर्कनु पर्ने अवस्था आएको छ वा आफू असुरक्षित महसुस गरिरहेका छन्, उनीहरूले अनलाइन दर्ता प्रक्रियामा सहभागी हुनुपर्नेछ। दूतावासले आवश्यक सहयोगका लागि आफ्नो सम्पर्कमा रहन सबै नेपालीलाई आग्रह गरेको छ।



