ट्रेंडिंग:

>> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न 

गुरुवाधामीको पुस्ता हस्तान्तरणमा सकस 

४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

बर्दिया,०४ असार । 

भगौती सानै उमेरमा आफ्नो बाबु सँग गाउँ गाउँ मानिसहरूको घर झारफुक गर्ने बेला हेर्न जान्थे । उनी सानै देखि बाबु सँग घुम्न र झारफुक गरेका हेर्न रुचाउँथे । उनले आफ्नो बाबुको देखासिकी गरेर धेरै सिकेका थिए उलि ठूलो भएपछि झारफुक गर्नका लागि विद्यया पनि सिके र झारफुक गर्न थाले ।

अहिले भगौती थारु उमेरले अहिले करिब ६५ वर्षको पुगेका छन् । उनी बाल्यकालको करिब १६ वर्षको उमेरबाटै झारफुक गर्दै आएका छन् । उनी आफ्नो बाबुबाट सिकेको झारफुक अहिले ५० वर्ष पुगेको छ । उनका बाबु पहिला गुरुबा भएर मानिसहरूको झारफुक गर्ने गर्थे जस कारण उनी आफ्नो बाबुबाट झारफुक गर्नका लागि सहजै सिक्न मिलेकोले बाल्यकालबाटै झारफुक गर्दै आएका छन् ।

कुनै समय थियो, मानिस बिरामी पर्दा घरका मानिसहरूले गुरुबा या झाँक्री कहाँ लग्ने गरेका हुन्थे । जति विश्वास गुरुबा झाँक्रीलाई गर्थे त्यति विश्वास डाक्टरलाई गर्थेनन् । डाक्टर भन्दा धेरै भुतपरेतमा बढी विश्वास त्यति बेला गर्ने गर्थे तर समय परिवर्तन सँगै मानिसहरूको सोच पनि परिवर्तन हुनु स्वाभाविक हो । अहिले मानिसहरू डाक्टर सँग सँगै गुरुबा झाँक्रीलाई झारफुक गराउने गरेका छन् । त्यति मात्र होइन बाँके लगायत बर्दिया जिल्लामा ठुला अस्पतालका डाक्टर समेट गुरुबा झाँक्री कहाँ झारफुक गराउन सल्लाह दिने गरेको पाइन्छ ।

पाँच दशक पहिला भगौती बाबुले गाउँ लगायत छिमेकी गाउँका बिरामीहरूलाई झारफुक गरेर मानिसहरूलाई सन्चो गर्ने गरेका हुन्थे तर समय बित्दै गएपछि उनको बाबुको मृत्यु पछि सानै उमेर देखि आफ्नो बाबु सँग सिखेका झारफुक भगौती थारुले सानै उमेर देखि मानिसहरूको सेवा गर्न थाले । उनी २५वर्षको उमेरमा राजाबाट सम्मानित भएको र गुरुबा वैदवाको प्रमाणपत्र समेत पाएका जानकारी गराए ।

केही समय गुरुबालाई मानिसहरूले विश्वास गर्न छाडेका थिए तर डाक्टरले मसते गुरुबालाई देखाउन भने पछि फेरी गुरुबा कहाँ झारफुक गर्न जाने गरेको जानकारी गराए । अहिले दैनिक एक सय बढी मानिसहरूलाई दैनिक झारफुक गर्दै आएको छु । उनले भने, मैले पहिला आफ्नो घर बढैयाताल गाउँपालिका वडा नम्बर ५ बढैया गाउँमै झारफुक गर्दै आएको जानकारी गराए । करिब दश वर्ष भयो भारतको लखनउबाट डाक्टरहरू आफै झारफुकका लागि लिन आएपछि महिना पच्छे त्यहाँ पनि जाने गरेको बताए ।

केही त्यस्तो बिरामी पनि ठिक भएका छन् जसलाई अस्पतालबाट रागै पत्ता लगाउन सक्दैनन् । मेरो घरमा लामो समय सम्म बसेर झारफुक गराउँछन् र ठिक भएपछि आफ्नो घर जान्छन् । उनले भने, अहिले सम्म हजारौँ बिरामीहरूलाई ठिक गरिसकेको भगौती दाबी गर्छन् । दैनिक एक सय देखि दुई सम्म बिरामी मानिसहरूलाई झारफुक गर्ने गरेको छु । झारफुकबाट सन्चो भएका मानिसहरू खर्चका लागि सय पचास रूपैँया दिएर जाने गर्छन् । उनले भने ।

यो हाम्रो पर्खैउली पेसा जस्तै भएको छ । पहिला मेरो बाबुले झारफुक गर्नु हुन्थ्यो त्यसपछि मैले गर्न थाले तर अब मेरो छोले गर्छ कि गर्दैन भन्न सकिँदैन । पहिलाका धेरै पढेलेखेका मानिसहरू थिएनन् तर अहिले पढेलेखेका युवायुवतीहरूलाई समाज सेवामा धेरै मन नलाग्ने र विदेशीने जस्ता कुराले छोराले के गर्छ भन्न सकिन्न । छोराले सिकाउने कोसिसमा छु तर यो सामाजिक सेवा गर्छ या गर्दैन भन्न सकिन्न ।

पहिला धेरै पढाइमा ध्यान नभएको कारणले मैले सानै उमेरमा गुरुबा सिकेको थिए तर मेरो छोरालेपनि चासो देखाएको छैन तर सिक्न चाहिँ सिकिरहेको छ । उनले भने । करिब ७ वर्ष देखि डाक्टर सँग उपचार गराए थकित भएका गाँग थारुले भगौती थारु सँग झारफुक गरेको ३ महिना मै ठिक भएको कोहलपुर नगरपालिका वडा नम्वर ११ गाँग थारुले बताइन । उनले भनिन्, उपचार गराउँदा धेरै पैसा खर्च गरे तर ठिक नभएपछि डाक्टरले गुरुबालाई देखाउन भने त्यसपछि  धेरै समय पत्ता लगाएर यहाँ झारफुक गर्दा ठिक भएको बताइन ।

त्यसै ३ वर्ष पहिला देखि उपचार गराउँदै आएकी भारतको बाबागंजबाट भारतीय नागरिक रियाज खाँ एक साताको झारफुक गरे पछि ठिक भएको बताइन । उनलाई डाक्टरले डमको बिरामी भएको बताएका थिए तर ३ वर्ष निरन्तर औषधी खाए पनि सन्चो भएको थिएन तर यहाँ आएर झारफुक गर्दा ठिक भएको बताइन ।  यो समयमा झारफुक गरेर मानिस ठिक भएको भन्दा अचम्म लाग्न सक्छ तर झारफुक गरेर मानिसहरूलाई ठिक गर्ने साक्षी भएका छन् भगौती थारु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?