ट्रेंडिंग:

>> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने

अर्यालको ‘धुर्कोटे चामल’

४ असार २०८२, बुधबार
४ असार २०८२, बुधबार

गुल्मी, ०४ असार । 

गुल्मीमा पहिलो पटक स्थानीय धानको चामललाई प्याकेजिङ्ग र ब्राण्डीङ्ग गरी बजारमा ल्याइएको छ । जिल्लाको धुर्कोट गाउँपालिका –६ सिस्तुङ्गका कृषक मेघनाथ अर्यालले अर्याल खाद्यान्न प्रशोधन तथा प्याकेजिङ्ग उद्योग मार्फत धुर्कोटे स्थानीय चामल व्यावसायिक रूपमा बिक्रीका लागि बजारमा ल्याएका हुन ।

अर्यालले स्थानीय उत्पादनलाई व्यावसायिक रूपमा प्रवर्द्धन  गरी बजारीकरण गर्ने उद्देश्यले आफूले उत्पादन गरेको चामललाई ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ्ग गरी पहिलो पटक बजारमा पठाइएको बताए । उनले प्रशोधन गरेको चामललाई २५/२५ किलोको अलगअलग बोरा बनाएर प्याकिङ गरिएको छ । उक्त २५ किलोको बोरालाई दुई हजार पाँच सय मूल्य निर्धारण गरिएको छ ।

धुर्कोट गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा उद्योग स्थापना गरी चामल उत्पादन गर्न थालिएको हो । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एक कार्यक्रमकाबीच ‘धुर्कोटे चामल’ को शुभारम्भ गरेका हुन ।

गाउँपालिका अध्यक्ष पोख्रेलले पहाडी क्षेत्रमा चिसो पानीमा उत्पादन भएको धुर्कोटे चामल खानको लागि मिठो र स्वादिलो भएका कारण बजारमा यसको माग धेरै हुने बताएका छन् । यसका लागि पालिकाबाट आगामी दिनमा यसको बजारीकरण, प्रविधि तथा ढुवानी लगायतका क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

कृषक अर्यालले कृषि र पशुपालन क्षेत्रमा करोडौँ रुपैयाँ लगानी गरेर कृषि कर्मलाई निरन्तरता दिएको भन्दै पालिकाद्वारा उनलाई ६७ हजार नगद सहित यस वर्षको उत्कृष्ट कृषक सम्मान पुरस्कारद्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले गाउँ खाली हुन लाग्दा पनि सहरको सुख सयल जीवनलाई छोडेर गाउँमै फर्किएर अर्यालले गरेको कर्मबाट हामी सबैले पाठ सिक्नुपर्ने बताए ।

उनले उत्पादनलाई आम्दानीसँग जोड्नका लागि उद्योगले ठुलो सहयोग पुराउने विश्वास व्यक्त गरे । उत्पादित चामललाई नापतौल तथा गुणस्तर विभागबाट आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी बजारमा पठाइएको कृषक एवं उद्योगका सञ्चालक मेघनाथ अर्यालले जानकारी दिएका छन् । अर्यालले गत मङ्सिर महिनामा एक्लैले ४ सय मुरी धान उत्पादन गरेर जताततै चर्चित बनेका थिए । उनले एक सय १२ रोपनी क्षेत्रफलमा व्यावसायिक रूपमा धान खेती गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?