ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

‘सुस्ता बचाउने अभियान’ साझा अभियान

३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

बुटवल, ०३ असार ।

ऐतिहासिक भूमि सुस्ताको रक्षा र सम्मानका लागि सञ्चालित ‘सुस्ता बचाउने अभियान’ आम नेपालीको साथ सहयोगकै कारण निरन्तरता पाएको अभियन्ता आदम खानले दाबी गरेका छन् । बुटवलका अगुवा समाजसेवी, शैक्षिक, बुद्धिजीवीहरूसँग सोमबार गरिएको अन्तर्क्रिया कार्यक्रममा अभियानका अध्यक्ष समेत रहेका आदम खानले ऐतिहासिक भूमि सुस्तामा बसोबास गर्दै आएका नेपालीहरूको दशकौँदेखि पिर मर्का भोग्दै आएको उल्लेख गरे ।

नेपाल राज्यको प्रतिनिधित्व गर्ने व्यक्तिहरूले समेत विभिन्न कालखण्डमा सुस्तालाई संरक्षण गर्न प्रयास गरे पनि भारतको अतिक्रमण अझै नरोकिएको भन्दै अभियान राष्ट्रियताको विषयमा आम नागरिकमा चेतना जगाउन भने सफल भएको उनको दाबी छ ।  सुस्ताको इतिहासबारे जानकारी दिँदै अध्यक्ष खानले भने, “राजा महेन्द्रले सुस्तालाई बिर्ता स्वरूप बडागुरु महाराजलाई दिएका थिए । पछि २०१८ सालमा राजदरबारका राम बहादुर क्षेत्रीले पत्राचारमार्फत त्यहाँको बारेमा अवगत गराएका थिए ।”

विसं २०२७ सालमा नाप नक्साका लागि गएका कर्मचारीलाई मुद्दा लागेर एक वर्षसम्म थुनामा बस्नुपरेको, २०३४ सालमा आएको बाढीले सुस्ता मरुभूमिमा परिणत गरेको र २०३६ मा स्थानीयवासी मोक्ष धाम क्षेत्रमा बसोबास गर्न पुगेको ऐतिहासिक प्रसङ्ग पनि उनले स्मरण गराए । अध्यक्ष खानका अनुसार हाल १४ हजार हेक्टर नेपाली भूमि भारतले अतिक्रमण गरेको छ, भने १९ हजार ४ सय हेक्टर भूमिमाथि भारतले विवाद सिर्जना गरेको छ । यसैबिच “२८ फागुनमा उखु रोप्ने बेला भारतीय एसएसबी फोर्स आएर कुटपिट र अपहरण प्रयास गरे, स्थानीयको प्रतिकारपछि उनीहरू फर्किए,” उनले बताए । हाल भारत सरकारले सो घटनासँग सम्बन्धित १४ जना नेपालीमाथि मुद्दा चलाएको उनको दुखेसो छ ।

सुस्तामा विकास निर्माण कार्य ढिलाइ भएकोप्रति अध्यक्ष खानले आक्रोश व्यक्त गरे । सडक, पुल, शिक्षा जस्ता आधारभूत कार्य ढिलाइ भएको भन्दै नेपाली सेनाको अग्रसरतामा नमुना पुस्तकालयको निर्माण भएको बताए । योजनागत ढिलासुस्ती, मापन त्रुटि र राजनीतिक इच्छाशक्तिको अभावले सुस्ताको विकास अवरुद्ध भएको उनले बताए । “पुल सर्भे गर्दा समेतमा सही ढङ्गबाट हुन नसक्दा केही त्रुटि देखिएको छ ।” पुलको १५७५ मिटर छ । वर्षामा डुगा हुँदै पुलमा जानुपर्ने अवस्था आएको उनले बताए ।

सुस्तावासीको मूल समस्या भनेकै भूमि स्वामित्व र नागरिकताको हो । “हामीले नेपालको भूमि जोगाउन छाती थापेका छौँ, तर हामीसँग नागरिकता छैन,” उनले दुखेसो गरे । सुस्ताको नाप नक्सा आवश्यक रहेको, नागरिकताको अभावले आधारभूत सेवाबाट वञ्चित गराएको उनले बताए ।कार्यक्रममा कालिका कलेजका प्राचार्य घनश्याम पाठकले राज्य सत्ता र नेतृत्वमा रहेका दलले आफ्नो भूमिका निर्वाह नगरेको बताए । “वैकल्पिक शक्तिका रूपमा निरन्तर सहयोग गर्न तयार छौँ,” उनले प्रतिबद्धता जनाए ।

त्यस्तै, दीप बोर्डिङ स्कुलका प्राचार्य टिकाराम न्यौपानेले विश्वभरका सबै ऐतिहासिक आन्दोलनहरू व्यक्तिको पहलबाट सुरु भएको उल्लेख गर्दै अभियानलाई अडियो–भिडियोको माध्यमबाट प्रवर्द्धन गर्न सुझाव दिए । कार्यक्रममा शंकरनगर वनबाटिका तथा अनुसन्धान केन्द्रका अध्यक्ष खिमलाल पाण्डे, डा. नेत्र रानाले आ–आफ्नो धारणा राख्दै अभियानमा ऐक्यबद्धता जनाए । विद्यालयका छात्रछात्राहरूलाई लक्षित गरी राष्ट्रियता, वीर पुर्खाको योगदान र युवाको भूमिका विषय वृहत् अन्तरक्रिया कार्तिकमा गर्न लागेको अभियानका युवा संयोजक योगेन्द्र गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?