ट्रेंडिंग:

>> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय

लायन्स बुटवल सयपत्री: सर्वोत्कृष्ट क्लब र अध्यक्षको रूपमा पुरस्कृत

३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

बुटवल, ०३ असार ।

लायन्स क्लब अफ बुटवल सयपत्री कार्यदक्षता र सेवा भावका आधारमा सर्वोत्कृष्ट क्लब २०२४/०२५ को उपाधि प्राप्त गर्न सफल भएको छ ।  लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी को चौथो डिष्ट्रिक्ट क्याबिनेट बैठक तथा सम्मान समारोहमा क्लबलाई सम्मान गरिएको हो । आयोजकका अनुसार डिष्ट्रिक्ट ३२५ पी अन्तर्गतका १५५ क्लबहरू मध्ये प्रतिस्पर्धात्मक मूल्याङ्कनको आधारमा बुटवल सयपत्री क्लबलाई उत्कृष्ट क्लबका रूपमा छानिएको हो । साथै, क्लबकी अध्यक्ष लायन कमला बस्नेत कुँवरलाई पनि सर्वोत्कृष्ट क्लब अध्यक्ष २०२४/२५ को उपाधिसहित सम्मान गरिएको छ ।

कुँवरको समर्पित नेतृत्व, सदस्य विस्तार र सामाजिक उत्तरदायित्वमा देखाइएको अग्रसरतालाई उच्च मूल्याङ्कन गरिएको हो । लायन्स क्लब अफ बुटवल सयपत्री वर्ष २०२४/२५ को सर्वोत्कृष्ट क्लब, वर्ष २०२४/२५ की सर्वोत्कृष्ट क्लब अध्यक्ष, सर्वाधिक सदस्य वृद्धि गरेको क्लब, सर्वाधिक सदस्य वृद्धि गराउने अध्यक्ष, शीर्ष दस उत्कृष्ट क्लब मध्ये एक, शीर्ष दस क्लब अध्यक्षमध्ये एक, एरिया ४ को सबैभन्दा बढी सहभागिता गराएको क्लब लगायतका पुरस्कारबाट सम्मानित भएको छ ।

उक्त समारोहमा अध्यक्ष कमला बस्नेत कुँवरलाई लायन्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय अध्यक्षबाट प्रदान गरिने प्रशंसा पत्रबाट समेत सम्मानित गरिएको छ । यो सम्मान लायन्सको ध्येय प्राप्तिमा उनले पु¥याएको विशिष्ट योगदानको कदर स्वरूप प्रदान गरिएको हो ।

“यी सम्मान र पुरस्कारहरू सेवामा समर्पण, नेतृत्वमा अनुकरणीयता, र सामाजिक उत्तरदायित्वप्रतिको गहिरो प्रतिबद्धताको प्रमाण हुन् । हामी आगामी दिनहरूमा अझ सशक्त रूपमा समाजको सेवा गर्ने प्रतिबद्धताका साथ अघि बढ्नेछौँ ।” क्लब अध्यक्ष लायन कमला बस्नेत कुँवरले भनिन् । लायन्स क्लब अफ बुटवल सयपत्रीले ‘हामी सहयोग गर्छौँ’ भन्ने लायन्सको नारालाई आत्मसात् गर्दै बुटवल तथा वरपरका समुदायमा सामाजिक परिवर्तन ल्याउने उद्देश्यले विविध परियोजनाहरू सञ्चालन गरिरहेको छ । क्लबले भविष्यमा पनि सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?