ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सचेत नागरिक अभियानले गाउँ चिटिक्क

३ असार २०८२, मंगलवार
३ असार २०८२, मंगलवार

चन्द्रौटा, ०३ असार ।

जिल्लाको सुदूरपश्चिम पर्ने विजयनगर गाउँपालिकाको बिहान अब पहिला जस्तो रहँदैन । सडक छेउमा खुला फोहोरका थुप्रोहरू, बिनासंयम बाँधिएका पशु चौपाया र सार्वजनिक स्थानमा दुर्गन्धित ढल अब क्रमशः हराउँदै छन् । एक सामान्य गाउँ अब पूर्ण सरसफाइ युक्त गाउँपालिका बन्ने यात्राको क्रममा छ । यो परिवर्तनको पछाडि छ–विजयनगर गाउँपालिकाले सुरु गरेको ‘सचेत नागरिक परिचय–पत्र’ कार्यक्रम र त्यसलाई कार्यान्वयन गर्न थालेको सक्रिय कारबाही अभियान ।

गाउँपालिकाले अधिकांशको घरधुरीमा ‘सचेत नागरिक परिचय–पत्र’ वितरण गरेको छ । जसमा ७ वटा सरसफाइसम्बन्धी प्रतिबद्धता उल्लेख छन् । “हामीले सोचेका थियौँ, पत्रमा हस्ताक्षर गरेर मात्रै पुग्छ । तर पालिकाले गम्भीरता देखायो ।” स्थानीय लक्ष्मण परियार बताउँछन् । यस प्रतिबद्धता उल्लङ्घन गर्ने माथि पालिकाले कारबाही थालेको छ । नाली र बाटो अवरोध गर्ने, सार्वजनिक स्थानमा फोहोर गर्ने, शौचालय प्रयोग नगर्ने लगायतका कारणले ५५ जनालाई जरिवाना गरिएको छ ।
“हाम्रो परिवार हाम्रो शान, विजयनगरको सभ्य पहिचान” भन्ने नाराका साथ जिल्लाको गाउँपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको छ । अभियानलाई तीव्रता दिँदै अभियान असफल बनाउने नागरिकलाई कारबाही थालेको छ । नाली, सडक अवरोध गर्ने, बाटोमा फोहोर गर्ने, बाटोमा पशु चौपाया बाँध्ने र शौचालय प्रयोग नगर्ने जस्ता कार्य गर्ने नागरिकहरूलाई कारबाही गरिएको हो ।

वास संयोजक अर्जुन बेल्बासेले नाली, सडक अवरोध गर्ने, बाटोमा फोहोर गर्ने, पानी जाम गर्ने, बाटोमा पशु चौपाया बाँध्ने, शौचालय प्रयोग नगर्ने व्यक्तिलाई कारबाही प्रक्रिया अगाडि बढाइएको बताए । स्थानीयलाई पटक–पटक जानकारी गराउँदा पनि अटेरी गर्ने व्यक्तिलाई गाउँपालिकाको खानेपानी तथा सरसफाइ कार्यान्वयन कार्यविधि अनुसार जरिवाना गरिएको उनले बताए । अनुगमनको क्रममा ५५ जना जना व्यक्तिलाई जरिवाना गरी कारबाही गरिएको उनले बताए । १ लाख १३ हजारको जरिवाना काटिएको वास संयोजक बेल्बासेको भनाइ छ ।

संयोजक बेल्बासे भन्छन् –“हामी सजाय मात्र दिन चाहँदैनौँ, चेतना दिन चाहन्छौँ । पटक–पटक सम्झाउँछौँ, चेताउँछौँ । अटेरी गरेपछि मात्रै जरिवाना हुन्छ ।” यो अभियानअन्तर्गत २ हजारदेखि ५ हजार रुपैयाँसम्मको जरिवानाबाट हालसम्म रु. १ लाख १३ हजार सङ्कलन भएको छ । तर यो केवल आर्थिक कारबाही होइन, सामाजिक सन्देश पनि हो—सफा गाउँ बनाउनु हामी सबैको जिम्मेवारी समेत रहेको उनको भनाइ छ ।

“बाटोमा गाईबस्तु बाँधेर अवरोध हुने गरेको थियो । घर आँगन वरिपरि सरसफाइ थिएनन् । शौचालय निर्माण गरेर काठ दाउरा, भुष लगायत अन्य सामग्री राख्ने गरिन्थ्यो । तर अब भने गाउँघर सफा सुग्घर र शौचालय प्रयोग हुन थालेका छन् ।” विजयनगर गाउँपालिका–६, का स्थानीय टोप बहादुर थापाले भने । उनले मुस्कुराउँदै थपे  “गाउँपालिकाले चलाएको सरसफाइ अभियान सकारात्मक छ । वातावरण हराभरा बनौँ । सरसफाइ हाम्रै लागि हो, त्यसैले अभियानमा हातेमालो गर्नुपर्छ ।”

गाउँपालिका अध्यक्षका गोपाल बहादुर थापाले विजयनगरलाई गाउँ टोल नमुना सरसफाइ युक्त गाउँपालिका बनाउने योजना रहेको बताए । सरसफाइ केवल सफा सडकको कुरा होइन, यो स्वास्थ्य, संस्कार र सशक्त समाजको आधार समेत रहेको अध्यक्षको भनाइ छ । गाउँपालिकाले ‘सचेत नागरिक परिचय–पत्र’ को प्रतिबद्धता लागु गरेको थापाले बताए । अध्यक्ष थापाका अनुसार पूर्ण सरसफाइ उन्मुख पालिका अभियानमा लागेको छ । गाउँपालिकाले जारी गरेको सचेत नागरिक परिचय–पत्रको ७ बुँदे प्रतिबद्धतालाई पूर्ण रूपमा कार्यान्वयनमा जोड दिएको छ । सरसफाइ एउटा अभियान मात्र नभई, जीवनशैली पनि बन्ने सङ्केत अहिले विजयनगरमा देखिन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?