Butwal Today

दाङमा चट्याङ लागेर पशु चौपाया मरे 

२ असार २०८२, सोमबार
अ+
अ-
दाङ,२ असार।
दाङमा गएराती एक गोठमा चट्याङ लाग्दा पशु चौपाया मर्दा लाखौंको क्षती भएको छ।  दुई भैसीसहित खसी, बाख्रा र कुखुरा जलेर मरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–७ घुसेरीका सागर पौडेलको गोठमा चट्याङ लागेर आगलागी हुँदा गोठमा बाँधिएका २ वटा भैंसी, ३ वटा खसी, १ वटा बाख्रा र १० वटा कुखुरा जलेर मरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।
घटनामा एउटा भैंसी घाइते भएको छ भने गोठपूर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगो आज( सोमबार ) बिहान करिब साढे २ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको हो ।