© २०२३
सन्धिखर्क, ०२ असार ।
मदन भण्डारी फाउन्डेसन जिल्ला समिति अर्घाखाँचीको गठन गरिएको छ । शनिबार जिल्ला भेला आयोजना गरी एमाले नेता एवं अर्घाखाँचीका राजनीतिक, शैक्षिक र सामाजिक व्यक्तित्त्व श्रीकृष्ण भुसालको नेतृत्वमा मदन भण्डारी फाउन्डेसन अर्घाखाँची शाखा गठन गरिएको हो । मदन कुमार भण्डारीको राजनैतिक योगदान, सोच बिचारहरूको संरक्षण एवं तिनको व्याख्या विश्लेषण र विकास गर्न, सामाजिक रूपान्तरण, लोकतन्त्र र राष्ट्रियताका लागि उनले दिएको योगदानलाई चिरस्थायी बनाइ राख्न, उनको काम र अनुभवबाट नयाँ पुस्तालाई प्रशिक्षित गर्ने उद्देश्यले जिल्लाका सबै पालिकाबाट प्रतिनिधित्व हुने गरी शनिबार जिल्ला भेला आयोजना गरी मदन भण्डारी फाउन्डेसन अर्घाखाँची जिल्ला समितिको गठन गरिएको छ ।
१५ सदस्यीय समितिको सदस्यहरूमा बिष्णु प्रसाद मिश्र, दुर्गा अधिकारी, शोभाखर पाण्डे, रूपा प्रधान, जानका खनाल, खिमानन्द खनाल, मोति भट्टराई, ऋषि घिमिरे, कमल बेल्बासे, मेनुका पौडेल, राधा पराजुली, बिमला पौडेल, हरिलाल खनाल, शंकर न्यौपाने रहेका छन् । शनिवार अर्घाखाँचीको पर्यटकीय क्षेत्र नरपानीमा रहेको नरपानी सुप देउराली रिसोर्टमा सम्पन्न भेलामा शुभकामना मन्तव्य राख्नुहुने वक्ताले मदन भण्डारी समकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका शिखर व्यक्तित्व, नवीन विचारक तथा उन्नत राजनीतिक सांस्कृतिक प्रणेता, सिद्धान्तनिष्ठ राजनीतिज्ञ भएको बताएका छन् ।
कार्यक्रममा शुभकामना नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सचिवालय सदस्य लक्ष्मण रायमाझी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र कुमार क्षेत्री, एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, मदन भण्डारी फाउन्डेसन केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज बल बहादुर आचार्य, एमाले नेता एवं सङ्घीय प्रतिनिधि सभा सदस्य बिजुला रायमाझी, एमाले अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पीताम्बर भुसाल, एमाले नेता एवं शितगङ्गा नगरपालिका उप प्रमुख गीता भाट मन्तव्य राख्दै राखेका थिए ।
कार्यक्रम मदन भण्डारी फाउन्डेसन महाधिवेशन प्रतिनिधि श्रीकृष्ण भुसालको अध्यक्षता, युवा नेता शोभाखर पाण्डेको सञ्चालन र ऋषि घिमिरेले भेलामा नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज भुसाल,एमाले नेता प्रेमनारायण गैरे, प्रदेश सल्लाहकार एवं एमालेका पुराना नेता काशिराम आचार्य, नारायण खनाल,मालारानी गाउँ पालिका पूर्व अध्यक्ष बालकृष्ण आचार्य, ओपि पाण्डे, पाणिनी क्याम्पस सह प्राध्यापक बाबुराम शर्मा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।