ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

असारे विकासको हतारो कहिलेसम्म ? 

१ असार २०८२, आइतबार
१ असार २०८२, आइतबार

आज असार १ गते । आजदेखि असारे विकासको तीव्र अभियान सुरु हुँदै छ । सरकारी कर्मचारीदेखि निर्माण व्यवसायीसम्मलाई कागजी प्रक्रिया मिलाउनेदेखि ठुलो पानी पर्दा पनि बाटोमा कालोपत्रेको काम गर्नुपर्ने हतारो सुरु हुँदै छ । एघार महिना सुतेर बस्ने अनि असारको एक महिना तालिम, गोष्ठी, सेमिनार, योजना खर्च र भौतिक पूर्वाधार लगायतका क्षेत्रमा भन्दै अबौं खर्च गर्ने प्रवृत्ति अझै रोकिएको छैन । जबसम्म असारमा खर्च गर्ने अर्थात् असारे विकास रोकिँदैन तबसम्म नेपालको विकास पनि एकै महिनामा सीमित हुनेछ ।

असारमासमा एकातिर झमझम पानी पर्ने र अर्कोतिर धमाधम सडक कालोपत्रे गर्ने कामले यो वर्ष पनि निरन्तरता पाउने छ । किनभने सङ्घीय र प्रदेश सरकारले यो वर्ष गर्ने पुँजीगत खर्च यही असार महिनामा ह्वात्तै बढ्ने छ । थाहा छ– पानी पर्दा सडक पिच गर्नुहुँदैन तर असारे विकासको नाममा जनताको आँखामा छारो हाल्दै रातारात सडक कालोपत्रेको काम हुने गरेको छ । त्यो सडकको गुणस्तरीयता हामी सबैलाई थाहा भएकै कुरा हो ।

उता तालिम पनि सक्नै पर्ने हतारो छ । एउटै ब्यानरबाट तीन पटकसम्म भत्ता बुझेको कुरा सामाजिक सञ्जालमा भाइरल नै बनेको छ । एउटै कर्मचारीले एकै दिन तिन फरक फरक स्थानमा तालिमको भत्ता बुझेको कुरा विगतमा चर्चाको शिखरमा पुगेकै हो । विडम्बना मुलुकको असारे खर्च र विकासको सायद यो भन्दा बिद्रुप रूप अरू हुन सक्दैन । वर्षभरिका कामलाई पूर्णता दिने र हिसाब राफसाफ गर्ने महिनाका रूपमा आर्थिक वर्षको अन्तिम महिना असारलाई लिने गरिन्छ । तर, पछिल्ला केही वर्षयता यस महिनामा आर्थिक विकृतिको नग्न रूप देख्न पाइएको छ ।

बजेट सक्ने नाममा गरिने जथाभाबी खर्चलाई चलनचल्तीको भाषामा ‘असारे विकास’ भन्ने गरिन्छ । यो विकासे प्रवृत्तिले आर्थिक अनुशासन, दिगो विकास र सुशासनलाई खिल्ली उडाउँदै आएको छ । विगतमा बजेट ढिला आउने, बजेटको अख्तियारी पनि ढिला हुने भएकाले समयमा विकास निर्माणका काम हुन नसकेको तर्क राजनीतिक एवं प्रशासनिक संयन्त्रले दिँदै आएका थिए । तर तीनै तहका सरकारले एक महिना अघि नै बजेट सार्वजनिक गरे पनि प्रवृत्तिमा भने सुधार हुन सकेको छैन । पछिल्लो आधा दशकयता बजेटको तर्जुमा समयमै र अख्तियारीसमेत वर्षको सुरुमा नै हुँदै आएको छ । तर, विकास निर्माणको गति र परिणाममा भने कुनै भिन्नता आएको छैन । मुलुकभर असारे विकास कायमै छ ।

११ महिनामा नभएका विकास एक महिनामा हुन्छ भन्ने सरकारी मान्यतालाई सायदै कसैले पत्याउँछ तर त्यो प्रवृत्तिले निरन्तरता पाई नै रहेको छ । जुनसुकै सरकार आए पनि र जुन दलले देशको नेतृत्व गरे पनि विकासका नाममा यसरी हताशमा निकासा गरिएको खर्चको कति भाग वास्तविक घोषित विकास या जनता तथा राष्ट्रका लागि र कति भ्रष्टाचारमा जान्छ ? कुनै पनि सुशासनको नारा दिने सरकारले पनि यो खोज अनुसन्धान गरेको छैन ।

हो, विकास रकम निकासा गर्नु र पहिला भएका कार्य या खर्चको भुक्तानी असार मसान्तसम्म दिनुपर्ने कानुनी बाध्यता हुन्छ । तर, ११ महिना नभएका विकास निर्माणका काम यही एक महिनामा सक्ने जुन सरकारी रवैया र प्रवृत्ति छ, त्यो देशका लागि घातक छ । यो विषयमा सङ्घीय सरकार, प्रदेश र पालिकाहरूलाई राम्रोसँग थाहा छ तर प्रवृत्तिमा सुधार आउन सकेको छैन । किनभने नेतादेखि निर्माण व्यवसायी, मन्त्रीदेखि कर्मचारीसम्म सवैतिर अंशबन्डा पुग्नुपर्ने भएकोले कोही पनि बोल्ने अवस्था छैन । सबै तैँ चुप मैँ चुपको अवस्था छ । यही प्रवृत्तिगत संरचनाले असारे विकास रोकिँदैन । अव सोच्ने कि ? सम्बन्धित निकायको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?