ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

सन्तरामको आँगनमा फक्रिएको शिक्षा

दलित समुदायको एक परिवारका सङ्घर्ष, जसले सपना देख्न कहिल्यै छाडेनन् । इट्टा भट्टाको तातो  धुवाँ र धुलोबिच पसिना बगाउँदै जातीय अपमानसँगै सन्तानको अध्ययनलाई कहिल्यै त्यागेनन् । यसको  फल उनका सन्तानले पढाइको प्रगतिबाट देखाइरहेका छन् ।
३१ जेष्ठ २०८२, शनिबार
३१ जेष्ठ २०८२, शनिबार
चन्द्रौटा, ३१ जेठ । 
कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर–८, बहादुरगञ्जका सन्तराम हरिजन जीवनको हरेक परिस्थितिमा सङ्घर्ष गर्दै आएका छन् । सङ्घर्षकै क्रममा उनले सदैव आफ्ना सन्तानहरूको उज्ज्वल भविष्यको सपना देखिरहे । दलित समुदायको एक परिवारका सङ्घर्ष, जसले सपना देख्न कहिल्यै छाडेनन् । इट्टा भट्टाको तातो धुवाँ र धुलोबिच पसिना बगाउँदै जातीय अपमानसँगै सन्तानको अध्ययनलाई कहिल्यै त्यागेनन् ।
यति बेला सन्तरामकी छोरी स्मृति हरिजन मधेसी दलित समुदाय (विशेष गरी चमार, डोम, मुसहर, बादी) बाट नेपालकै पहिलो महिला चिकित्सक बन्न सफल भएकी छन् ।  उनी नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गर्दै जानकी मेडिकल कलेज, जनकपुरबाट एमबिबिएस उत्तीर्ण गर्नु भएकी स्मृति अहिले जनकपुरमै इन्टर्नसिप गर्दै छिन् । नेपाल मेडिकल काउन्सिलको परीक्षा (एनएमसी) उत्तीर्ण गरेपछि उनलाई सामाजिक बधाई दिनेहरूको ओइरो लागेको छ । इन्टर्नसिप सकिएपछि उनले सरकारको योजना अनुसार दुई वर्ष सेवा दिनुपर्ने बताउँछिन् । स्मृतिको यो उपलब्धि केवल उनको मात्रै सफलता बनेन । समाजका विभेदलाई फाल्न सक्ने उदाहरण समेत बनेको छ ।
स्थानीय रामगोरखा माविबाट माध्यमिक तह अध्ययन गरेकी स्मृति सानो देखी पढाइमा अब्बल थिइन् । उनले आफूले गरेका सङ्घर्षलाई स्मरण गर्दै उनी भन्छिन्- “हाम्रो समुदायका महिलालाई आठ कक्षा पार गराउनसमेत गाह्रो हुन्छ । माथिल्लो कक्षामा पढ्न लागेपछि रोक्ने प्रयास हुन्छ, तल्लो जातको पढ्न हुँदैन भन्ने सोच अझै पनि छ ।” स्मृतिले थपिन– “म पहिलो हुँ, तर अन्तिम होइन । म त्यो दराज हुँ जसले विभाजनको पर्खाल भत्काउँछ, म त्यो तारा हुँ जस पछाडि हजारौँ चम्कनेछन् । “शिक्षा नै मुक्ति हो । म चाहन्छु, मेरा जस्ता अरू पनि डाक्टर, इन्जिनियर बनुन् ।” उनका सपनालाई सकार पार्न स्मृतिका बुवा सन्तरामले अत्यन्तै महत्त्वपूर्ण भूमिका खेलेको पनि ताजै छ ।
सन्तराम सन्तानका सपना देखिरहे 
स्मृतिका बाबु सन्तराम हरिजन २०३९ सालमा एसएलसी पास गरेका उनी नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक बनेका थिए । तर, एक प्रभावशाली व्यक्तिलाई पक्राउ गरेपछि ‘तीन हजार घुस खाएको’ झूटो आरोपमा जागिर गुमाउनु प¥यो । “म निर्दोष थिएँ, तर शक्तिशालीसँग लड्न सकिँदैनथ्यो,” सन्तराम सम्झन्छन् । त्यसपछि उनले शिक्षण पेसा अँगाले मजदुरी ऋण र गरगहना बेचेर भए पनि उनले आफ्ना सन्तानलाई अध्ययन प्रभावित हुन् दिएनन् । उज्ज्वल बनाउने सपना सदैव देखि रहे । र त्यही छोराछोरीलाई अब्बल बनाउने सपना अब पुरा हुँदै छ ।
सपना पुरा 
कान्छी छोरी डा. स्मृति, नेपालकै दलित महिला चिकित्सकमध्ये पहिलो बनेकी छन् । माइली छोरी सिर्जना हाल बेलायतमा एमबीए (फाइनान्स) अध्ययन गर्दै छिन् । गाउँबाट युरोपको प्रतिष्ठित शिक्षण संस्थासम्मको उनको यात्रा आफैँमा असाधारण छ । छोरा सन्दीप, भारतको प्रतिष्ठित प्राविधिक संस्था एनआईटी राउरकेलामा कम्प्युटर साइन्स र इन्जिनियरिङ अध्ययनरत छन् । सन्तरामका सन्तानले अध्ययनप्रति लक्ष्य प्राप्तिपछि सपना पुरा हने भएपछि उनी हर्षित छन् । त्यो पनि नेपाल सरकारको छात्रवृत्तिमा स्मृति हरिजनको सफलता सो समुदायको लागि ऐतिहासिक बनेको छ । दलित समुदाय विशेषतः महिलाहरूको लागि सम्भावनाको नयाँ ढोका रहेको दलित समुदायका अगुवा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?