ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोग विघटन गर्न द्वन्द्वपीडितहरुको माग

३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

नेपालगञ्ज, ३० जेठ ।

संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोग विघटन गर्न द्वन्द्वपीडितहरुले माग गरेकाछन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा द्वन्द्वपीडितको सरोकार, माग र चासोलाई वेवास्ता गरी एक पक्षीय तथा दलीय भागवण्डाको आधारमा पदाधिकारीहरू नियुक्त गरेको भन्दै आयोग नै विघटन गर्न माग गरेका हुन् ।

शुक्रवार नेपालगञ्जमा लुम्विनी प्रदेशका १२ वटै जिल्लाबाट द्वन्द्वपीडितहरुको सहभागितामा ‘संकटग्रस्त संक्रमणकालीन न्याय प्रकृयाः अवको बाटो’ विषयमा सरोकारवालाहरुबीच अन्तर संवाद कार्यक्रममा बोल्ने अधिकाँश वक्ताले तेस्रो पटक गठन भएको आयोग पनि परणाम शुन्य हुने बताएका थिए । दलीय भागवण्डाको आधारमा नियुक्त भएका आयोगका पदाधिकारीहरु पीडित मैत्री हुन नसक्ने र न्याय निरुपणको भूमिका खेल्न नसक्ने एड्भोकेशी फोरम लुम्विनी प्रदेशका ईन्चार्ज अधिवक्ता बसन्त गौतमले बताए ।

उनले भने, ‘पीडितको सत्य जान्ने, न्याय र परिपुरणको अधिकार बहाली गर्ने उद्देश्यले गठित आयोगहरु नियन्त्रित र राजनैतिक दलको छायामा परेकै कारण विगतमा दुई दुई पटक गठन गरिएका आयोगहरु परिणामशुन्य भएको इतिहासले पनि नव गठित आयोगको पनि कुनै औचित्य देखिदैन ।’ गत बैशाख ३१ गते सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौला नियुक्त भएदेखि सरकारले प्रष्ट देखिने गरी दलीय भागवण्डाको आधारमा पदाधिकारी नियुक्त गरेको भन्दै द्वन्द्वपीडितहरुले बिरोध जनाउँदै आएका छन् । दुबै आयोगमा द्वन्द्वपीडितहरुको सहभागिता नरहने र ती आयोगलाई बहिस्कार गर्ने साथै जवरजस्ती गरेमा यसअघि आयोगमा दर्ता भएका उजुरी समेत फिर्ता लिने चेतावनी दिएका छन् ।

अन्तर संवाद कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै द्वन्द्वपीडित अभियन्ता डाक्टर राम भण्डारीले भने, ‘तेस्रो पटक गठित आयोगलाई तत्काल विघटन गरी पीडितलाई केन्द्रमा राखेर पारदर्शी, विश्वसनीय, स्वतन्त्र र निष्पक्ष ढंगमा नया प्रकृया थालनीका लागि सरकारसँग जोडदार माग गर्दछौं ।’ उनले आफूहरुको माग सरकारले बेवास्ता गरे विभिन्न अवज्ञा र आयोग बहिस्कारका कदम अघि बढाउने निर्णय गरेको जानकारी गराए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोग लुम्विनी प्रदेश नेपालगञ्ज कार्यालय प्रमुख द्वारीका अधिकारीले पीडितले ढिलो न्याय पाउनु न्याय नपाए सरह हुने बताइन् । बेपत्ता तथा छानविन आयोगले छिटो र चुस्त दुरुस्त रुपमा काम गर्न नसकेकै कारण कयौं पीडितहरु न्याए नपाएरै संसार छोडेर गैसकेको बताइन् । प्रमुख अधिकारीले भनिन्, एउटै परिवार भित्र पनि तत्कालीन सशस्त्र द्वन्द्वमा दुबै पक्षबाट पीडित परिवार पनि छन्, यसमा राष्ट्रिय मानव अधिकार आयोग सुक्षम ढंगले अनुसन्धान गरेको छ ।

अन्तर संवाद तथा लुम्विनी प्रदेश स्तरीय भेलाबाट अवैध भइसकेका आयोगलाई राष्ट्रको थप स्रोत साधन र समय खेर जान नदिने उद्देश्यले तत्काल सर्वोच्च अदालतमा रणनीतिक मुद्दाको माध्यमबाट चुनौती दिई खारेजीको लागि पहल गर्ने लगायतका ९ बुँदे माग पत्र सार्वजनिक गरेका छन् । पीडितलाई सघाउन र न्याय निरुपणको कार्यलाई सघाउने उद्देश्यले नागरिक आयेग गठनका लागि परामर्श समिति समेत बनाइसकेको द्वन्द्वपीडित अभियन्ता अधिवक्ता सुशिला चौधरीले जानकारी दिइन् ।

आयोग खारेजीको माग गर्दै सातै प्रदेशमा द्वन्द्वपीडितको सहभागितामा खबरदारी सभा गर्दै आएको र अब ३ वटा प्रदेशमा सभा सकेर काठमाडौमा आम नागरिक भेला आयोजना गर्ने तयारी गरिरहेको अधिवक्ता चौधरीले बताईन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?