ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

गँड्यौला मल बनाउने तालिम लिएपछि महिला उत्साहित

३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

दाङ, ३० जेठ ।

जैविक विविधता संरक्षण गर्दै वातावरण स्वच्छ बनाउन गँड्यौला मल बनाउने तालिमसँगै यसको प्रयोग बारे सरोकारवालालाई तालिम दिइएको छ । स्वच्छ सफा नेपालको आयोजना, मुक्त कमलरी विकास मञ्चको समन्वय र आइएम स्वीडिस डेभलपमेन्ट पार्टनरको आर्थिक सहयोगमा इन्टरसेक्शनल ग्रिन फ्युचर्सः एड्भान्सिङ क्लाइमेट जस्टिस फर अल परियोजना अन्तर्गत दाङको घोराहीमा दुई दिने गड्यौला मल बनाउने तालिम दिइएको हो । कृषक समूह, पशुपालन समूहका महिलाहरु सहभागी तालिममा गड्यौला मल बनाउन र यसको प्रयोग बारे प्रशिक्षण गरिएको हो ।

घरको भान्सा र तरकारीका बोक्रा, पातपतिङ्गरको प्रयोग गरेर गड्यौला मल बनाउन सिकाइएको छ । गड्यौला मलको प्रयोगबाट तरकारी, फलफूल र अन्नबालीको उत्पादन राम्रो लिन सकिने माटोको उर्वराशक्ति बढाउन सकिने प्रशिक्षकको भनाई छ ।

स्वच्छ सफा नेपालका प्रशिक्षक करुणा थापाले गड्यौला मल बनाउने तरिका, यसको फाइदा र गड्यौलालाई बचाइराख्न अपनाउनुपर्ने तरिका बारे जानकारी गराएकी छन् । तरकारीको बोक्रा, घाँसपात र सागसब्जी गड्यौलाको खाने बस्तु रहेको र सोही खानाबाट गड्यौलाले मल बनाउने जानकारी दिइन् । गड्यौला मल बनाउँदा नुन, अमिलो, पिरो भएका खानेकुरा, चिल्लो र माछा मासुजन्य बस्तु राख्न नहुने उनले बताइन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुर बिजौरीस्थित डाँफे पशुपालन समूहकी कोषाध्यक्ष फुलमानी चौधरीलाई गड्यौला मलको बारेमा सुने पनि खास जानकारी थिएन । तर तालिम लिएपछि गड्यौला मल बनाउने तरिका सिकेको र अब मल बनाएर तरकारीबारीमा प्रयोग गर्ने बताइन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर २ सुकेडाँगीस्थित जलजला महिला कृषि समूहकी कोषाध्यक्ष सन्तोषी चौधरीले तालिमपछि गल्ने फोहोर व्यवस्थापनबाट हुने फाइदा बारे जानकारी लिन पाएको बताइन् । फोहर व्यवस्थापन पनि हुने र मल प्रयोग गर्न पाइने भएकाले तालिम उपलब्धिमुलक भएको उनले बताइन् ।

स्वच्छ सफा नेपालका कार्यक्रम संयोजक कैलाशविक्रम शाहीले जलवायु परिवर्तनका कारण धेरै खालका असर सिर्जना भइरहेको भन्दै पर्यावरण स्वच्छ राख्न नागरिकले आफ्नो आनीबानी र व्यवहारलाई परिवर्तन गर्दै स्वस्थ बनाउने काममा खटिन आग्रह गरे । उनले जलवायु परिवर्तनले मानिसमा पार्ने असर, यसलाई न्यूनीकरण गर्न सरोकारवालाको दायित्व, नागरिकको भूमिका विषयमा छलफल गरे । स्वच्छ वातावरण राख्न घर परिवारबाट सुरुवात गर्नुपर्ने र स्वच्छ सफा राख्नका लागि गडौला मल बनाउन सिकाएर फोहर व्यवस्थापना गर्न सिकाएको बताए ।

घोराही उपमहानगरपालिका सरसफाइ व्यवस्थापन शाखा प्रमुख लक्ष्मण अधिकारीले वातावरणमा स्वच्छ राख्न सबैले हालेमालो गर्नुपर्ने बताए । कार्यक्रममा घोराही उपमहानगरपालिका भित्रका २, ४, ८ र १२ वडाका पशुपालक समूह, कृषक महिला समूहका २७ जना महिलाको सहभागिता रहेको थियो । तालिमपछि सहभागीलाई गड्यौला मल बनाउने, गमला र साढे १ किलो गड्यौला बिउँपुजीको रुपमा हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?