© २०२३
बर्दिया, ३० जेठ ।
संघीय सरकारबाट देशभरका पालिकाहरुलाई आर्थिक वर्ष २०८२\०८३ का लागि विशेष र समपुरक अनुदान रकम प्रदान गरिने प्रतिवेदन सार्वजनिक भएसंगै बर्दिया जिल्लालाई २६ करोड ५० लाख अनुदान रकम प्रदान गरिने भएको छ ।
बर्दिया जिल्लाका ८ वटा पालिकाहरुलाई आर्थिक वर्ष २०८२\०८३ मा संघीय सरकारबाट विशेष र समपुरक अनुदान रकम २६ करोड ५० लाख प्रदान गरिने संघीय सरकारले प्रतिवेदन सार्वजनिक गरेको छ । जसमध्ये सबैभन्दा धेरै ठाकुरबाबा नगरपालिकाले मात्रै विशेष र समपुरक अनुदान गरि १० करोड ५० लाख रकम पाउने भएको छ । भने सबै भन्दा कम बढैयाताल गाउँपालिकालाई ३० लाख विशेष अनुदान र समपुरक अनुदानमा ९० लाख गरि १ करोड २० लाख प्रदान गरिने संघीय सरकारले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बर्दियाका ८ पालिका मध्ये सबैभन्दा बढि ठाकुरबाबा नगरपालिकालाई विशेष अनुदानमा ३ करोड २९ लाख र समपुरक अनुदामा ७ करोड २१ लाख गरि १० करोड ५० लाख रकम प्रदान गरिने भएको ठाकुरबाबा नगरपालिकाका मेयर तिलकराम लम्सालले जानकारी दिए ।
यसैगरि गुलरिया नगरपालिकालाई विशेष अनुदानमा ८५ लाख समपुरकमा १ करोड ८८ लाख गरि जम्मा २ करोड ७३ लाख प्रदान गरिने भएको छ । बाँसगढि नगरपालिकालाई विशेष अनुदान प्रदान नगरिने भएको छ भने समपुरक अनुदानमा भने ८९ लाख प्रदान गरिने भएको छ ।
मधुवन नगरपालिकालाई विशेष अनुदानमा ७५ लाख र समपुरकमा १ करोड ९८ लाख गरि जम्मा २ करोड ७३ लाख प्रदान गरिने भएकोमा राजापुर नगरपालिकालाई समेत विशेष अनुदान नभई समपुरक अनुदान वापत १ करोड ३४ लाख प्रदान गरिने भएको छ । बारबर्दिया नगरपालिकालाई २ करोड विशेष अनुदान र ९१ लाख समपुरक अनुदान गरि जम्मा २ करोड ९१ लाख प्रदान गरिने भएको छ ।
गेरुवा गाउँपालिकालाई विशेष अनुदानमा २ करोड ६९ लाख र समपुरक अनुदानमा १ करोड ५१ लाख गरि ४ करोड २० लाख रहेको छ । बर्दिया जिल्लाका ८ पालिका मध्ये सबैभन्दा बढिसंगै सम्भवतः लुम्बिनी प्रदेश तथा देशभरमै पनि विशेष र समपुरक अनुदान बढि पाउने पालिका ठाकुरबाबा रहेको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद ढकालले जानकारी दिए ।