ट्रेंडिंग:

>> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण

‘प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैन’ 

३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी र जिल्ला अदालत काठमाडौँले प्रकाशित समाचार तत्काल हटाउन दिएको आदेशपछि नेपाली प्रेस जगत आश्चर्यचकितसँगै गम्भीर चिन्तामा परेको छ । प्रेस आबद्ध सङ्घ सङ्गठनहरूले दुई सञ्चार माध्यमको समाचार हटाउन र पत्रकारमाथि पक्राउ पुर्जी जारी भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेसमाथि गरिने हस्तक्षेप कुनै पनि अवस्थामा स्वीकार्य नहुने धारणा सार्वजनिक गरेका छन् । नेपाल खबर डटकम र बिजमान्डू डटकममा प्रकाशित समाचार हटाउन र थप नलेख्न जिल्ला अदालत काठमाडौँले दिएको आदेश प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । जिल्ला अदालत काठमाडौँबाटै पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी हुनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन हो ।

समाचारका विषयमा नियामक निकाय प्रेस काउन्सिल हुँदाहुँदै अदालतमा मुद्दा दायर गरिनु र अदालतले संवैधानिक र कानुनी अधिकारलाई बिर्सेर समाचार हटाउन तथा आगामी दिनमा नलेख्न आदेश दिनु लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिकै गम्भीर प्रहार हो । नेपाली प्रेस विगतमा कठोर निरङ्कुशता पार गर्दै आएकोले यो घटनाबाट तर्सिने कुरा हुँदैन । स्वतन्त्र न्यायालयबाट पटक–पटक यस किसिमका आदेश हुनु, समाचार प्रसारण गरेकै कारण पत्रकारहरूलाई पक्राउ पुर्जी जारी गर्नु संयोग मात्रै मान्न सकिँदैन । यसभित्र गम्भीर षडयन्त्र लुकेको हुन सक्छ । यो नेपालको प्रेस जगतका लागि कालो दिन हो । समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिल नेपालमा निवेदन दिन सकिने कानुनी बाटो छँदाछँदै पत्रकारमाथि विद्युतीय अपराध ऐन आकर्षित गरेर कारबाही गर्न खोजिनु नेपाली प्रेसका लागि किञ्चित स्वीकार गर्ने विषय होइन ।

टफटक विथ दिलभुषण पाठक नामको युट्युब च्यानलमा तीन साताअघि प्रसारित एक सामग्रीलाई लिएर नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएको थियो । प्रेस काउन्सिलले नै अनुसन्धान तथा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था रहँदा रहँदै किन विद्युतीय अपराध ऐन आकर्षित गर्न खोजियो र फौजदारी कानुनमार्फत कारबाही गर्न खोजियो भन्ने कुराले गम्भीर आशङ्का उब्जाएको छ । त्यसमाथि सम्बन्धित अधिकारीहरूले उजुरी र आरोपका बारेमा कुनै जानकारी नदिने र एकैचोटी बलपूर्वक पक्राउ गर्न खोजिनुले सरकार प्रेसप्रति अनुदान बन्न खोजेको हो कि भन्ने आशङ्का उब्जिएको छ ।

पत्रकार पाठकले आफ्नो कार्यक्रम ‘टफटक’ मार्फत हिल्टन होटलको सेयर खरिद बिक्रीका विषयमा जयवीरसिंहको संलग्नताबारे ‘हिल्टनमा जयवीर देउवाको पैसा’ शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए । यही विषयलाई लिएर पाठकले चरित्र हत्या गरेको भन्दै जयवीरले साइबर ब्युरोमा उजुरी दिएका हुन् । त्यही उजुरीका आधारमा पत्रकारमाथि पक्राउ पुर्जी जारी हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार हो । यो घटनाको जति नै भर्त्सना गरे पनि कम हुन्छ ।
नेपाल पत्रकार महासङ्घले यो घटनाले नेपालको संविधानको प्रस्तावना र मौलिक हक अन्तर्गत सञ्चारको हकको उल्लङ्घन भएको भन्दै भर्त्सना गरेको छ ।

उता नेपाल खबर डटकम र बिजमान्डु डटकमविरुद्ध धितो पत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिएको ‘निषेधाज्ञा’ को निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश पीताम्बर शर्माको इजलासले समाचार हटाउन आदेश दिएको छ । अदालतले कुनै पनि पत्रकारलाई समाचार प्रकाशित गरेको आधारमा आगामी दिनमा समाचार नलेख्न र लेखेको समाचार हटाउन दिएको यो आदेश नेपालको इतिहासकै पहिलो दुःखद घटना हो । यो आदेशले न्यायालयको गरिमामाथि आघात पुगेको छ भने नेपाली प्रेसलाई सङ्कुचित र सीमित दायराभित्र राख्ने कोसिस गरिएको पुष्टि गर्दछ । नेपालको संविधानको मूल मर्म र भावनामाथि चोट पु¥याउने गरी भएको आदेश नेपाली प्रेसका लागि कहिल्यै पनि स्वीकार हुँदैन । अदालतबाट भएको आदेश प्रेस स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता तथा संविधानको व्यवस्था र मर्म विपरीत छ । यस प्रकारका घटना नेपाली प्रेसका लागि स्वीकार्य हुन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?