ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

कर वृद्धि विरोधमा सुनचाँदी व्यवसायी 

३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

जितपुर, ३० जेठ ।

सरकारले सुनमा लगाएको २% विलासिता कर र बहुमूल्य हिरामा १३% भ्याट खारेज गर्न माग गर्दै बाणगंगा सुनचाँदी व्यवसायी सङ्घले विरोध जनाएको छ । सङ्घले बिहीबार बिहानदेखि बजार क्षेत्रका सबै सुन पसलहरू बन्द गर्दै सरकारको नीतिको विरोध स्वरूप प्लेकार्ड टाँस गरी सटरहरू बन्द गरेका हुन् । सरकारले २०८२/८३ को बजेटमार्फत ल्याएको नयाँ कर नीतिले सुनचाँदी, हिरा र हस्तकला क्षेत्रलाई गम्भीर सङ्कटमा पार्ने भन्दै व्यवसायीहरूले तीव्र आपत्ति जनाएका छन् ।
बाणगंगा सुनचाँदी व्यवसायी सङ्घका महासचिव धन बहादुर सुनारले हाल विश्व बजारमा सुनको मूल्य उच्च भएको, बजार मन्दीग्रस्त बनेको, ग्राहकको क्रय शक्ति घटेको अवस्थामा थप करको बोझले व्यवसाय बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन लागेको बताए । उनले सरकारको पछिल्लो निर्णयले स्थानीय व्यवसायमा ठुलो मार परेको बताए ।

महासचिव सुनारले भने “हामी कर तिर्न विरोधी होइनौँ, तर असमान र अनुचित कर संरचनाले व्यवसाय धराशायी बनाउने खतरा बढेको छ ।” सुनचाँदी व्यवसायीहरूले संयुक्त रूपमा बिहीबार प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत ज्ञापन पत्र बुझाउँदै २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । माग पत्रमा सुनमा लगाइएको २% विलासिता कर र हिरामा १३% भ्याट खारेज गर्नुपर्ने, सुनको भन्सार दर ६% कायम गरिनुपर्ने, सुनचाँदीको कारोबारका लागि स्पष्ट नीति नियमावली निर्माण गर्नुपर्ने लगायतका माग गरेका छन् ।

विलासिता करले बिक्री मूल्य अस्वाभाविक रूपले वृद्धि
ज्ञापन पत्रमा उल्लेख गरिएअनुसार, बजेटमा समेटिएको २ प्रतिशत विलासिता कर व्यवहारमा डिलर र खुद्रा बिक्रेताहरूबिच पुनः जोडिँदा ६ प्रतिशतभन्दा बढीको भार ग्राहकले बेहोर्नुपर्ने हुन्छ । “२ लाख रुपैयाँको सुनमा ग्राहकले करकै कारण करिब १२ हजार रुपैयाँ बढी तिर्नुपर्ने हुन्छ, जुन अत्यन्तै अव्यवहारिक हो,” महासङ्घहरूले बताएका छन् ।

भ्याटले गहनामा दोहोरो करको भार, मूल्यमा रु. ३८ हजारसम्म वृद्धि
हिरा वा अन्य बहुमूल्य पत्थर जडित सुनका गहनामा १३ प्रतिशत भ्याट लाग्ने नयाँ प्रावधानले उपभोक्तामाथि थप मूल्यको भार पारेको व्यवसायीहरूको भनाइ छ । उनीहरूको दाबीअनुसार, एउटै गहनामा विलासिता कर र भ्याट जोडिँदा मूल्य करिब १९ प्रतिशतले बढ्नेछ, जसअनुसार प्रति तोलामा करिब ३८ हजार रुपैयाँ मूल्य वृद्धिको भार आम ग्राहकले बेहोरिरहनुपर्नेछ ।

अवैध आयातको जोखिम र लाखौँको रोजीरोटी सङ्कटमा
ज्ञापन पत्रमा खुला सिमानाबाट हुने सुनचाँदीको अवैध आयातलाई यस्तो मूल्य वृद्धि र कर संरचनाले प्रोत्साहन दिने चेतावनी दिइएको छ । यस्ता नीतिले २५ हजारभन्दा बढी व्यवसायी, ३ लाखभन्दा बढी कारीगर र १५ लाखभन्दा बढी प्रत्यक्ष/अप्रत्यक्ष रूपमा आश्रित जनसङ्ख्याको रोजगारी जोखिममा पर्ने व्यवसायीहरूको भनाइ छ ।

सरकारले नसुने व्यवसाय बन्द गरी आन्दोलनमा उत्रिने चेतावनी
व्यवसायीहरूले माग सम्बोधन नगरेमा बाध्य भएर पसल बन्द गरी आन्दोलनमा उत्रिनुपर्ने अवस्था सिर्जना हुनसक्ने चेतावनी दिएका छन् । “बजेटको यो प्रावधानले व्यवसाय सिद्ध्याउने खतरा भएकोले सरकारलाई समयमै सुधारको पहल गर्न आग्रह गर्दछौँ,” ज्ञापन पत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?