© २०२३
बुटवल, ३० जेठ ।
बुटवलका निर्माण व्यवसायी हुन गंगाराम सुनार । घर निर्माण व्यवसायी र मजदुरको मुद्दा उनको प्राथमिकतामा पर्दछ । पेसाले व्यवसायी भईकन पनि उनको समाजमा पहिचान बेग्लै छ । उनले रुपन्देहीको क्रिकेट विकासमा सहयोग गरिरहेका छन् । सोख र रहरकै कारण क्रिकेटबाट उनी टाढिन सकेका छैनन् ।
नेपाली क्रिकेट टिममा कुनै बेला नाम चलेका खेलाडी सन्दीप सुनारका उनी बुबा हुन । छोराको क्रिकेट मोह अहिले बुबामा सरेको छ । केही समय नेपाली क्रिकेटमा योगदान दिएका सुनार अहिले देशबाहिर छन् । तर उनको क्रिकेटलाई बुबा गंगाराम सुनालले धानेका छन् । उनी युवा खेलाडीलाई क्रिकेट सिकाउँछन्, आफ्नै क्लबमा । क्रिकेटको लेभल ओ प्रशिक्षक, क्यान रुपन्देहीका पूर्व सचिव, जेआर क्रिकेट क्लबका अध्यक्ष समेत रहेका छन् ।
बुटवलमा क्रिकेटको जग बसाल्ने लक्ष्यसहित बुटवल क्रिकेट विकास समिति गठन गरेका उनी होमिए । जसका कारण अहिले उनी क्रिकेटको ओ लेभर प्रशिक्षकको भूमिका पनि छन् । उनले बि.सं.२०६८ सालमा स्थापना भएको सँगै जेआर क्रिकेट क्लबलाई समेत अघि बढाइरहेका छन् । बुटवलमै पहिलो पटक ड्युज बलमा क्रिकेट प्रतियोगिता आयोजना गरेको स्मरण गर्छन् । ‘हामीले व्यावसायिक क्रिकेट विकास गर्ने लक्ष्यसहित स्थापना दिवसको अवसरमा जबई खेलमैदानमा प्रतियोगिता गरेका थियौँ,’–उनले भने ।
जेआर कप खेलेका सञ्चालन गरेको क्लब रुपन्देही जिल्लाको डिभिजन ए लिगमा समेत निरन्तर सहभागी भइरहेको छ । टिममा रहेको युवा खेलाडीहरूलाई प्रोत्साहन र सिकाइकै लागि २०८२ को लिगमा कुशल भु्रतेल, सन्दीप जोरा, दिलिप नाथ लगायतका राष्ट्रिय खेलाडीहरू सहभागी बनाएर खेलाएको उनले बताए । त्यसबाट समेत नयाँ युवाहरूलाई धेरै सिकाई भएको उनी बताउँछन् ।
चाहना महत्वपूर्ण हो । सबै काम छोडेर क्रिकेटको मायाकै कारण सबै छोडेर क्रिकेटमा लागेको छ । बच्चाहरूलाई सिकाउने बुझाउने गर्छन् । चिनेको खेलप्रेमीहरूसंगै सहयोग जुटाएर क्रिकेट सिकाउँदै आएको छ । विभिन्न संघसंस्थाहरूले बल, ब्याट लगायत विभिन्न खेल सामग्री सहयोग गर्दै आएको छ । रुपन्देही जिल्लामा नै निःशुल्क प्रशिक्षण गराउने एक मात्र क्रिकेट एकेडेमी भएको उनले दाबी गरे ।
भर्खरमा अस्ट्रेलियाको ईलिट एजुकेसन कन्सल्टेन्सीसँग एक वर्षको सम्झौता भएको उनले बताए । जसबाट थोरै भए पनि प्रोत्साहन मिलेको उनी बताउँछन् । सैनामैना, मूर्गिया लगायतका क्षेत्रबाट समेत खेल सिक्न युवाहरू मैदानमा आउने गरेका छन् । स्थानीय सरकारबाट सोंचजस्तो साथ नमिलेको उनी दुखेसो गर्छन् । कतिपय निजी क्रिकेट एकेडेमीहरूलाई नगरपालिकाबाट सहयोग गर्दै आएको तर संस्थागत रूपमा निःशुल्क क्रिकेट सिकाउने आफ्नो एकेडेमीलाई दिँदै आएको सहयोग रकम समेत रोकेको उनी बताउँछन् ।
‘आर्थिक अभावकै कारण खेलमैदान व्यवस्थित बनाउन सकिएको छैन,’–उनले भने । करिब २ लाख खर्चमा २ वटा नेट पिच मर्मत गरेको उनले बताए । वार्षिक रूपमा प्रतियोगिता गर्दा नै ५ लाख खर्च हुने गरेको उनी बताउँछन् । शनिबार नरेश्वर खेल मैदानमा अभ्यास खेल खेलाउने गरेको उनी बताउँछन् । यहाँ सिकेको कुरालाई खेल प्रतियोगितामार्फत निखार्ने काम गर्दै आएको उनी बताउँछन् ।
विद्यालय स्तरमा समेत कोचको व्यवस्था गरेर सिकाउने गरिएको भन्दै उनले अब विद्यालय स्तरमा प्रतियोगिता गराउने उनको सोच छ । ग्रास रुट नै खेल विकासको आधार भएको हुँदा पनि यसमा विशेष जोड दिएको उनी बताउँछन् । एकेडेमीमा सदस्यता हुँदा २ हजार रूपैया दिइन्छ । यसबाहेक अन्य शुल्क भने लाग्दैन ।
जन्मँदै युवा प्रतिभा
प्युठानका कृष्ण पन्थी सानोमा टेनिस खेल्थे । खेलमा रुचि राख्ने उनको परिवार बसाई सरेर बुटवल झरे । नयाँ ठाउँ नयाँ विद्यालयमा उनी केही समय एक्लिए । नयाँ गाउँमा बसोबास गर्ने उनी साथीहरूबाट जेआर क्रिकेट एकेडेमीको बारेमा दुई वर्षअघि थाहा पाए । अनि शुरुभयो उनको क्रिकेट यात्रा । नियमित मैदान आउने, अभ्यास गर्ने उनको रुटिन बन्यो । हाल १३ वर्षका कृष्ण पन्थी जितश्वेरी माविमा कक्षा १० मा अध्ययनरत छन् । क्रिकेट सुरु गरेको २ वर्षमा नै उनको लगाव र निरन्तरताबाट धेरै सिक्न पाए । सुरुवातमा बलिङ गरे ।
धारिलो बलिङसँगै उनी किपिङ र ब्याटिङमा पनि पोख्न छन् । ‘धेरै सिकाई भयो,’–उनले भने । दुई वर्षमा उनले धेरै अनुभव बटुलेका छन् । उनी इन्टर कलेज, सुपर लिग, यु –१४, यु–१२ लगायत प्रतियोगितामा भाग लिएका छन् । उत्कृष्ट भएर पुरस्कृत भएका छन् । अल राउण्डर पोजिसनमा खेल्ने उनी भविष्यमा नेपाली टिमको जर्सीमा मैदानमा उत्रने लक्ष्य राखेका छन् । यता प्रदेश प्रतिनिधित्व गर्दै यु–१९ राष्ट्रिय मा खेलेका बिशाल भुषाल पनि नियमित मैदानमा जान्छन् ।
जेआरका सिनियर टिमको नेतृत्व गर्दै आएको उनी विगत पाँच वर्षदेखि एकेडेमीमा आबद्ध छन् । बुद्घनगर घरबाट दैनिक उनी मैदान पुग्छन् । ४ बजेबाट उनको नियमित अभ्यास सुरु हुन्छ । आफू अभ्याससँगै उनी एकेडेमीमा जुनियर खेलाडीलाई खेल सिकाउँछन् । अहिले एकेडेमीमा १२ वर्षदेखि माथिका ५० जना युवाहरू क्रिकेट सिक्दैछन् । सैनामैना नगरपालिकाका डेढ दर्जन खेलाडीहरू छन् ।