ट्रेंडिंग:

>> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित

बालश्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवस

२९ जेष्ठ २०८२, बिहीबार
२९ जेष्ठ २०८२, बिहीबार

‘सामाजिक न्यायमार्फत बालश्रम अन्त्य गरौँ’ भन्ने नाराका साथ आज विश्व बालश्रम विरुद्धको दिवस विविध कार्यक्रम गरी मनाईदैछ । नेपालमा अझै पनि ५ देखि १७ वर्षसम्मका करिब ११ लाख बालबालिका श्रम गर्न बाध्य भएको सार्वजनिक भएको छ । बालश्रमविरुद्धको दिवस मनाइरहँदा नेपालको यो तथ्याङ्कले सबै नेपालीलाई गिज्याइरहेको अनुभूति भएको छ । विश्वको कुरा गर्ने हो भने लाखौँ बालबालिका श्रम गर्न बाध्य छन् ।

नेपालमै पनि १८ वर्ष मुनिका बालबालिका बालश्रमको रूपमा विभिन्न तहमा काममा लगाइएका छन् । १७ वर्ष मुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने कानुन छ तर पारिवारिक बाध्यता, आर्थिक प्रलोभन लगायतका कारण बालबालिकाहरू अझै पनि श्रम गर्न विवस भएका छन् । नेपालमै पनि यति ठुलो सङ्ख्यामा बालबालिका बाल श्रम गर्न बाध्य हुनु चिन्ताको कुरा हो । यसले के देखाउँछ भने अझै पनि हाम्रो समाजमा धनी र गरिबबिचको खाडल गहिरिँदो छ ।

देशबाट गरिबी घटेको भनिए पनि वास्तविक रूपमा त्यो अवस्था छैन । जसका कारण नेपाली बालबालिका श्रम मगर्न बाध्य बनिरहेका छन् । अधिकारसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय महासन्धिमा पक्ष राष्ट्र बनेको नेपालले बालबालिका श्रममा जोतिनु परिरहेको अवस्थाप्रति त्यति धेरै चासो र चिन्ता राखेको देखिदैन् । सरकारका काम कारबाही र विभिन्न सामाजिक सङ्घ संस्थाको सक्रियता हेर्दा बालश्रमप्रतिको चिन्ता अति कम देखिन्छ । वर्षमा एक पटक दिवसका अवसरमा प्रतिबद्धता बाहेक बालश्रमका विषयमा आम चासो र चिन्ता देखिँदैन । कुनै पनि बालबालिकाले स्वस्थ वातावरणमा शिक्षा र स्वास्थ्यको अधिकार राख्छन् । त्यो उनीहरूको अधिकार हो ।

कुनै पनि बालबालिकालाई राज्यले जीवनस्तर विकासका लागि आवश्यक अवसरबाट वञ्चित गर्नेछैन भन्ने सरकारले प्रतिबद्धता गरेको छ तर अहिले पनि आमा बुवा जेलमा रहेका बालबालिका जेलमै छन् । बालबालिका इट्टा कारखानादेखि अन्य उद्योग कारखानामा तल्लो स्तरको काम गर्न बाध्य छन् । बालबालिका कोही आफैँले अपराध गरेका कारण सजाय स्वरूप बाल बन्दी जीवन बिताउन बाध्य छन् । अबको दिनमा अपराध कर्ममा बालबालिकाको सहभागिता कसरी भइरहेछ भन्नेमा ध्यान दिन जरुरी छ ।

पछिल्लो समय बालबालिकाबाट पनि आपराधिक कर्म भएका खबर बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । बालबालिका आफैँमा अपराधी हुँदैनन् । कुनै बालबालिका अपराधमा सहभागी हुन्छन् भने त्यसमा वातावरण, परिस्थिति, सङ्गतलगायतका विभिन्न कारणले काम गरेको हुन सक्छ । प्रविधिकै कारण बलात्कारजस्तो जघन्य अपराधमा केही बालक अभिप्रेरित भएको, उनीहरूबाट समवयी बालिकाहरू प्रताडित भएको जस्ता घटनाका कारणमा राज्यले ध्यान दिन जरुरी छ । बालश्रम विरुद्धको दिवस मनाइरहँदा बालबालिकाहरू अझै पनि उचित जीवनस्तरको अवसरबाट वञ्चित छन् ।

बाल अधिकार केवल भौतिक सामग्रीको उपलब्धतामा मात्र खोजीन हुँदैन, दूरदराजमा बालबालिकाको अधिकारको खोजी कसले गर्ने ? चिन्ता त्यहाँ छ । अब बालबालिकालाई निकृष्ट प्रकारको श्रमबाट टाढै राख्ने हो भने उनीहरूको संविधान प्रदत्त अधिकारको ग्यारेन्टी हुनै पर्दछ । सरकारले बालबालिकालाई श्रमबाट टाढा गर्ने मात्र होइन, उनीहरूको जीवनलाई सुन्दर बनाउने विषयमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ ।

बालबालिकाहरू धेरै प्रकारले श्रममा जोतिन बाध्य छन् । सडक बालबालिका, घरबार विहीन, अनिश्चित जीवन र दुव्यर्सनमा फसेका बालबालिकाहरूले श्रम गरेको देखिएको छ । घर परिवारको आर्थिक अवस्था कमजोर हुँदा पनि बालबालिकाहरू उमेर नहुँदै श्रम गर्न बाध्य छन् । अर्कोतर्फ श्रममा जोडिएका बालबालिका अनेक प्रकारका यौन शोषण, दुर्व्यवहार, जटिल प्रकारको श्रम आदि समस्याले प्रताडित हुनुपरिरहेको छ । खास गरी इटाभट्टा, होटल र घरमा काम गर्ने बालिकाहरूमाथि बलात्कारका साथै यौन दुर्व्यवहारका घटना भइरहेका छन् । यस्ता घटना धेरै बाहिर नआएका कारण यो समस्या विकराल हुँदै गएको छ । सरकारले यी लगायत समग्र पक्षहरूको विषयमा अब गम्भीर भएर सोच्ने बेला आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?