ट्रेंडिंग:

>> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर

नेपाल राष्ट्र बैंकले अल्पकालीन ब्याजदर नियन्त्रण गर्न ४० अर्ब रुपैयाँ तरलता खिच्ने

२८ जेष्ठ २०८२, बुधबार
२८ जेष्ठ २०८२, बुधबार

काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने योजना बनाएको छ, जसले अल्पकालीन ब्याजदर बढाउने अपेक्षा गरिएको छ। केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर साढे २ प्रतिशतसम्म झरेपछि निक्षेप संकलन उपकरण प्रयोग गर्दै वित्तीय प्रणालीमा तरलता सन्तुलनमा ल्याउने काम गर्दैछ। पछिल्लो समय कर्जाको माग कमजोर रहँदा र रेमिट्यान्सको निरन्तर बृद्धि हुँदा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या झनै बढ्दै गएको छ।

राष्ट्र बैंकले ब्याजदर करिडोरमार्फत अल्पकालीन ब्याजदरलाई सन्तुलित बनाउँदै आएको छ। वित्तीय प्रणालीमा तरलता अभाव हुँदा स्थायी तरलता सुविधा मार्फत बैंकदर ६.५ प्रतिशतमा पैसा उपलब्ध गराइन्छ भने अधिक तरलता हुँदा स्थायी निक्षेप सुविधामार्फत तरलता खिचिन्छ, जसको दर ३ प्रतिशत तोकिएको छ। अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेपछि राष्ट्र बैंकले यस साताको आइतबार ४२ दिने निक्षेप संकलन गरेको थियो र बुधबार पुनः ४० अर्ब निक्षेप बोलकबोल गर्ने तयारीमा छ।

बुधबार जेठ ७ गते लिएको ५० अर्ब निक्षेपको अवधि सकिन लाग्दा र स्थायी निक्षेप मार्फत लिएको रकम परिपक्क हुँदै गर्दा नयाँ ४० अर्ब निक्षेप संकलन आह्वान गरिएको हो। निक्षेप संकलनबाट तरलता घटेपछि बैंक तथा वित्तीय संस्थाहरूले उच्च ब्याजदर माग गर्न थाल्छन्, जसले ब्याजदर बढ्ने सम्भावना ल्याउँछ। यसै साताको आइतबार जारी निक्षेप संकलन उपकरणको औसत ब्याजदर २.९९३५ प्रतिशत कायम रहेको केन्द्रीय बैंकले जनाएको छ।

वित्तीय प्रणालीमा अधिक तरलता भएपछि बुधबारसम्म बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा जम्मा गरेको रकम ३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ, जसमा २ खर्ब ५५ अर्ब निक्षेप संकलन र एक खर्ब ४१ अर्ब स्थायी निक्षेप संकलन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?