© २०२३
बाँके, २८ जेठ ।
बाँकेको नरैनापुर गाउँपालिका–१, बाँकेका वडा सदस्य रियाज खाँलाई जबरजस्ती करणी प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको छ । स्थानीय ४२ वर्षीया बिट्टी जोलाहमाथि अनैतिक व्यवहार गर्न खोजेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरले मंगलबार उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, पीडितले आर्थिक सहायता माग्न रियाजसँग सम्पर्क गरेकी थिइन् । तर, रियाजले सहयोगको बहानामा उनलाई बैशाख ८ गते कट्कुइया नजिकैको एकान्त स्थानमा लगे । त्यहाँ उनले अनुचित व्यवहार गर्न खोजेको र संवेदनशील अंगमा हात लगाएर जबरजस्ती गर्ने प्रयास गरेको पीडितको बयान छ ।
नरैनापुर गाउँपालिका वडा नम्वर १ महतिनियाका ४२ वर्षीय बिट्टी जोलाहले पैसा आवश्यक रहेको भन्दै आफ्नै गाउँका रियाज खाँसंग सहयोग माग्दा मौकाको फाइदा उठाउन खोजेको आरोप लगाएकी छिन् ।
बिट्टीको छोरा विदेश जाने तयारीमा रहेको हुनाले उनलाई पैसाको खाँचो आवश्यकता परेको थियो । पैसा खोज्न पुगेका नरैनापुर १ महतिनियाका बिट्टीले आफुलाई वडा सदस्यबाटै अन्याय भएको भन्दै न्यायको खोजीमा हिडिरहेको बताइन् । नरैनापुर १ महतिनियाका ४२ वर्षीय बिट्टी जोलाह आफ्नै वडाको वडा सदस्यबाट सहयोगको अपेक्षा राख्दा आफूमाथि अनैतिक सम्बन्ध राख्ने प्रयास गरेको उनले आरोप लगाएकी छिन् । बिट्टीलाई छोरा विदेश पठाउन पैसाको खाचो थियो ।
पैसाको जोहो गर्न नरैनापुर गाउँपालिका वडा नम्वर १ का वडा सदस्य रियाज खाँ संग गुहार माग्दा आफूमाथि दुव्र्यवहार भएको पीडित महिला जोलाहले बताइन् । २५ हजार भारतीय रुपैयाँ घरजग्गा डिष्ट्रिक राखेर खोजिरहेका जोलाहले वडा सदस्य रियाजको सहाराले पाउने सम्भावना देखेपछि उनले भने बमोजिम गर्दै आएको बताइन् । बैशाख ८ गते पैसाको लागि कटकुईया जानुपर्छ भनेर रियाजले भने बमोजिम बिट्टीले सहमति जनाइन् र दुबैजना हिडे । बाटोमा रियाजको नियत बदलियो । रियाजले बिट्टीको संवेदनशील अंगहरुमा हात सुमसमाउन सुरु गरे । बुट्टीले आत्मरक्षा गर्दै सो स्थानबाट भाग्न सफल भएको नेपालगन्जमा पत्रकार सम्मेलन गरी जानकारी गराइन् ।
रियाजले एकान्त बाटोमा एक्लो मौका छोपी मेरो संवेदनशील अंगहरु समाती जवरजस्ती करणीको प्रयास गरेको बिट्टीले पत्रकार सम्मेलनमा खुलेर बताइन् । यस घटना बारे रियाजले अरु कसैलाई जानकारी गराए ज्यान मार्ने धम्की दिदै आएको पीडित बिट्टीले भनिन् । आफ्नो छोरालाई समेत धम्काउँदै आएको उनले जानकारी गराइन् । रियाजले मलाई जहाँ गएपनि मेरो केही विगार्न नसक्ने भन्दै सिमा प्रहरी चौकी सुइयामा समेत अपशब्द प्रयोग गर्दै गाली गलौज गरेको बिट्टीको आरोप छ । इलाका प्रहरी कार्यालय भगवानपुर बाँकेमा जवरजस्ती करणी उद्योग सम्वन्धी कसूर पेश गर्दा प्रहरीले भने मुद्दा दर्ता नगरेको पीडित बिट्टीले जानकारी गराइन् । बिट्टीले भनिन्–“मलाई बारम्बार धम्काउने कार्य रियाजले गर्दै आएको छ, मेरो सुरक्षाको ग्यारेन्टी हुनुपर्छ । म त्रासमा छु हरेक दिन निद्रा पर्दैन । मेरो ज्यानको रक्षाका लागि रियाजले जिम्मा लिनुपर्छ ।”
यस्तै नरैनापुर गाउँपालिका १ महतिनियाका ५० बर्षीय रिजाय खाँ ले भने बिट्टी जोलाहले आफूलाई लगाएको आरोप झुटो रहेको जानकारी गराए । “मसंग पैसा खोज्न भनेको सत्य हो तर मलाई जवरजस्ती करणीको प्रयास गरेको आरोप झुटो हो”–उनले भने । “यदि घटना साँचो भएको भए घटना घटेको दिन नै उजुरी दिनुपर्ने हो तर यतिका दिनपछि उजुरी दिन जानु र मलाई आरोप लगाउनु सरासर गलत हो”–रियाजले भने–“मैले न बिट्टीको छोरा न बिट्टी कसैलाई धम्काएको पनि छैन यो सब मलाई फसाउने खेल हो ।”
भगवानपुर प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाएको फाइल एक महिना अनुसन्धान गरेपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक पातलीले घटना अनुसन्धानको पछि मात्र पक्राउ गरेको बताए । सत्यतथ्य बुझेर प्रक्रिया अगाडि बढाउने प्रवक्ता पातलीले बताए ।