ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

कालाकाटे–सिक्टा सडक निर्माणमा ढिलाइ, राजपुर–७ मा तदर्थ सङ्घर्ष समिति गठन

२८ जेष्ठ २०८२, बुधबार
२८ जेष्ठ २०८२, बुधबार

लमही, २८ जेठ ।

राजपुर गाउँपालिका–७ मा कालाकाटे–सिक्टा सडक निर्माणको ढिलाइविरुद्ध तातिँदै सङ्घर्ष समिति गठन गरिएको छ । हुलाकी राजमार्ग अन्तर्गतको यो सडक खण्डको निर्माणमा लामो समयदेखि भइरहेको ढिलासुस्तीले स्थानीय वासीलाई कठिनाइमा पारिरहेको छ । स्थानीय वासीहरूको सक्रिय सहभागिता सहित राजपुर–७ का वडाध्यक्ष पुस्कर वलीको संयोजकत्वमा तदर्थ सङ्घर्ष समिति गठन भएको वलिले बताए ।

सङ्घर्ष समितिका संयोजक वलीले भने, “सडक निर्माण कार्य समयमै सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती भोगिरहेका छन् । वर्षा याममा झन् समस्याहरू चुलिन्छन्, त्यसैले हामी अब चुप बस्दैनौँ ।” स्थानीय वासीहरू धुलो, हिलो र असहज यात्रा गर्न बाध्य भएका छन् । सडक निर्माणको ढिलाइले जनस्वास्थ्य, यातायात र आर्थिक गतिविधिमा प्रतिकूल असर गरेको छ ।
समिति चाँडै हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जमा ज्ञापन पत्र बुझाउने तयारीमा छ । यस ज्ञापन पत्रमार्फत निर्माण कार्यमा भएका ढिलाइका कारण र समाधानका लागि तत्काल पहल गर्नुपर्ने माग गरिनेछ । हुलाकी राजमार्ग कार्यालय नेपालगन्जका आयोजना प्रमुख लीला बहादुर भण्डारीले भने, “धेरै पटक ठेक्का आह्वान गरे तापनि आर्थिक अभावका कारण ठेक्का लाग्न सकेको छैन।“ उनले यस सडकको प्रारम्भिक वातावरणीय परीक्षण सकिएको जानकारी दिँदै, “यदि बहु वर्षीय स्रोत सुनिश्चितता भएमा दुई वर्षमा काम सकिन्छ“ भने । समिति चेतावनी दिएको छ कि यदि चाँडै मागहरू सम्बोधन नभएमा थप सङ्घर्षका कार्यक्रमहरू अघि बढाइनेछ ।

कालाकाटे–गढवा हुँदै सिक्टरसम्मको सडकलाई वैकल्पिक राजमार्गको रूपमा निर्माण गर्ने उद्देश्य राखिएको भए पनि वर्षौँसम्म काम अलपत्र हुँदा स्थानीयवासीले दैनिक सास्ती भोग्नुपरेको बताएका छन् ।२०७९ सालदेखि कालाकाटे गढवा अन्तरगत सडकको टेण्डर भए सम्झौता भएको ५ वर्षमा ९ किलोमिटर मात्र कालोपत्रे भएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

स्थानीय तथा नागरिक समाज गढवाका संयोजक खगेश्वत शर्मा भन्छन पहुँच र राजनीतिक वाडमा ठेक्का हात पार्ने वर्षौँ भुलाउने वर्षा हिलो हिउँदमा धुलो मात्र छ । पटक पटक सम्बन्धी निकाय धायौ तर सुनुवाइ नै हुँदैन । उनले हुलाकी राजमार्ग अन्तर्गत कालाकाटे–सिक्टा सडक खण्डमा लामो समयदेखि निर्माण कार्यमा भइरहेको ढिलासुस्तीप्रति आपत्ति जनाए।सङ्घर्ष समितिका संयोजक वलीले भने, “सडक निर्माण कार्य समयमै सम्पन्न नहुँदा स्थानीयवासीले सास्ती भोगिरहेका छन् । वर्षा याममा झन् समस्याहरू चुलिन्छन्, त्यसैले हामी अब चुप बस्दैनौँ ।” सो सडक अन्तरगत राजपुरको गंगदीदेखि दाङको अन्तिम गाउँ हाडबास सम्म २० किलोमिटर सडकको प्रारम्भिक वातावरणीय परीक्षणको काम सबै सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?