ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

जलवायु परिवर्तन कार्य ढाँचा बन्दै

२७ जेष्ठ २०८२, मंगलवार
२७ जेष्ठ २०८२, मंगलवार

कपिलवस्तु, २७ जेठ ।

कपिलवस्तु नगरपालिकाले स्थानीय विपद् तथा जलवायु परिवर्तन कार्य ढाँचा निर्माणको कार्य अगाडि बढाएको छ । आईएम स्विडिस डेभ्लपमेन्ट पार्टनरको सहयोगमा दलित सामाजिक विकास केन्द्र (डिएसडिसी) द्वारा सञ्चालित न्यायका लागि हाम्रो शक्ति परियोजनाको प्राविधिक सहयोगमा कार्य ढाँचा निर्माण गर्न थालिएको हो । जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न नीति तथा कार्यक्रम निर्माण, दिगो विकास सुनिश्चित गर्दै वातावरणीय सन्तुलन कायम राख्ने र जोखिम न्यूनीकरण तथा जलवायु सहनशीलता प्रवर्धन गर्ने उद्देश्यका साथ कार्य ढाँचा निर्माण गर्न थालिएको हो । ढाँचा निर्माणका लागी नगर स्तरीय सरोकारवाला सँग दोस्रो पटक बैठक गरी ढाँचा माथि छलफल चलाइएको हो । स्थानीय विपद् तथा जलवायु उत्थानशील कार्य ढाँचा तर्जुमा दिग्दर्शन २०८१ को आधारमा स्थानीय विपद् तथा जलवायु परिवर्तन कार्य ढाँचा निर्माणको कार्य अगाडी बढाइएको डिएसडिसीका कार्यकारी निर्देशक रामशरन रैदासले जानकारी दिए ।

कार्यक्रमका मुख्य प्रशिक्षक राम प्रसाद भट्टराईले नगरका १२ वटै वडामा गरिएको फिल्ड स्तरको सर्वेक्षण, प्राथमिक र द्वितीय तथ्याङ्कका आधारमा तयार पारिएको कार्य ढाँचाको मस्यौदा प्रस्तुत गरी सुझाव सङ्कलन गरेका थिए । केन्द्र देखी स्थानीय तह सम्मको बिपद व्यवस्थापन समितिको सरोकारको विषय वातावरण संरक्षण भएको जनाउँदै ढाँचाले दिगो विकासका १७ वटा लक्ष्य प्राप्तिमा सहयोग पुर्‍याउने भट्टराईले दाबी गरे । अल्पकालीन एवम् दीर्घकालीन योजनाका साथ विपद् व्यवस्थापनका गतिविधिहरूलाई विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरू र सरोकारवाला निकायहरूबिचको साझेदारी, समन्वय र सहकार्यमा प्रतिबद्धता र ऐक्यबद्धताका साथ योजना तर्जु‘मा देखि कार्यान्वयनसम्मका कार्य गर्नु पर्ने विषयलाई कार्य ढाँचा निर्माणले सम्बोधन गर्ने उनले स्पष्ट पारे । सो ढाँचाको मस्यौदामा परिचय, बिपद र जोखिमको बुझाई, विपद् तथा जलवायु उत्थानशील योजना, बजेटको विनियोजन र विकास योजनामा मूल प्रवाहीकरण, कार्यान्वयन र अनुगमन तथा मुल्यांकन विषय समेटिएको छ ।

कार्यक्रममा सहभागी जिल्लाका सरोकारवालाले कार्य ढाँचामा सम्पूर्ण सरोकारवालाको पहिचान गरेर समेट्नु पर्ने, नगरका योजना र कार्यक्रममा कार्य ढाँचा कार्यान्वयनको सुनिश्चितता गर्नु पर्ने, श्रोत व्यवस्थापनको सुनिश्चितता हुनु, विपद् पश्चात् तत्कालै सहयोग र उद्धार सामाग्रीको तयारी गर्नु पर्ने, विपदमा परेका महिला र बालबालिका माथि हिंसा हुन नदिन सचेत हुनु, विपद्का घटना सम्बोधन गर्न पर्याप्त बजेटको सुनिश्चितता गर्नु पर्ने र कार्यान्वयनको सुनिश्चित हुने गरी कार्य योजना निर्माण गर्नु पर्ने सुझाव दिएका थिए । कार्य ढाँचा निर्माणले विपद्का घटना सम्बोधन गर्न र पूर्व तयारीमा सहज हुने कपिलवस्तु नगरपालिकाका वन तथा वातावरण शाखाका प्रशासकीय अधिकृत बिनोद कुवरले बताए । कपिलवस्तु नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेलले कपिलवस्तु नगरपालिका विपद्का घटनाको पूर्व तयारीका लागी गम्भीर रहेको जनाउँदै कार्य ढाँचा तयार पारि कार्यान्वयनमा लैजाने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?