ट्रेंडिंग:

>> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प 

राष्ट्रिय कृषक दिवसमा किसानकै चिन्ता 

२७ जेष्ठ २०८२, मंगलवार
२७ जेष्ठ २०८२, मंगलवार
नेपाली किसान राज्यबाट जहिले पनि अपहेलित हुँदै आएका छन् । जुन कुनै सरकार आए पनि किसानको आवाज मन्द गतिमा मात्रै सुनुवाइ हुने गरेको छ । अबको केही दिनपछि रोपाई सुरु हुँदै छ । रोपाई सुरु हुँदै गर्दा किसानका लागि आवश्यक रासायनिक मल भने अझै पनि अभाव छ । त्यसो त आज राष्ट्रिय कृषक दिवस हो । वि.सं. २०७० सालदेखि कृषक सेवा समितिले हरेक वर्ष जेठ २७ गते राष्ट्रिय कृषक दिवस मनाउँदै आएको छ । कृषक दिवस मनाउँदै गर्दा किसानहरू अपहेलित भएर बाँच्न विवश छन् । विगतका सरकारले किसानलाई पेन्सन दिनेसम्मको योजना बनायो । सरकार गयो, किसानका पेन्सन योजना पनि उडे ।
सरकार र मन्त्रीपिच्छे किसानका लागि सपना देखाउने गरिन्छ । कृषकको उचित सम्मान छैन । कृषक भन्नासाथ पिछडिएको, गरिब र विपन्न भनेर बुझ्ने गरिएको छ । कृषकहरूका लागि प्रोत्साहनको नीति सरकारले ल्याउन सकेको छैन । नेपालका करिब ८० प्रतिशत जनसङ्ख्या अहिले पनि कृषिमै निर्भर छन् । तर, राज्यबाट हुनुपर्ने सम्बोधन हुन सकेको छैन । किसानले सरकारी बैङ्कबाट सस्तोमा ऋण पाउन जुत्ताको तलुवा फटालेपनि सम्भव छैन । सहुलियत ऋणमा पहिले नै सेटिङ हुन्छ । अवस्था यस्तो छ । तर पनि हामी कृषक दिवस मनाउन पाउँदा खुसी नै छौँ । सरकारले कृषि क्षेत्रको विकासका लागि अनेक नारा लिएर आउँछ तर त्यसले वास्तविक कृषकको माग सम्बोधन गर्नै सकेको छैन । प्रदेश सरकारले किसानका लागि भन्दै मल कारखाना खोल्ने योजना बनाएको दशक पुग्न लाग्यो तर मल कारखाना प्रदेश सरकारको नीति तथा कार्यक्रममा मात्रै सीमित छ ।
आज हाम्रो देशबाट झन्डै ५०–६० लाखको हाराहारीमा युवाहरू विदेशी भूमिमा पसिना बगाउन बाध्य छन् । तिनैले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको छ । देशमा भएका कैयौँ उद्योगधन्दाहरू बन्द अवस्थामा छन् भने कैयौँ उद्योगधन्दा दिन–प्रतिदिन घाटामा चलिरहेका छन् । युवालाई कृषिमा जोड्ने हो भने देशका युवा बाहिर जाने थिएनन् । कृषिमै सम्भावना देख्न सकिन्थ्यो । विडम्बना सरकार कृषि क्षेत्रको विकासमा जति ध्यान दिनुपर्ने हो, दिन नसकेको अवस्था छ । आफ्ना खेतबारी बाँझो राखेर विदेशीको भूमिमा जानुपर्ने बाध्यता युवाका लागि रहर होइन । नेपालका असङ्ख्य कृषि उत्पादन नियार्त गर्ने सम्भावना छ तर ती सम्भावनाका विषयमा सरकार कहिल्यै सकारात्मक भएन । न त त्यो सोच्ने फुर्सद सरकारलाई कहिल्यै भयो । आफ्नै मुलुकमा कुखुरा पालन, गाईभैंसीपालन, बङ्गुर पालनदेखि माछा पालन व्यवसायले अहिले ठुलो फड्को मारिसकेको छ । यसले व्यावसायिक रूप लिइसकेको छ ।
तर, युवाहरूलाई व्यावसायिक कृषिमा जोड्ने कुरामा हामी चुकिरहेका छौँ । व्यावसायिक खेती गरी मनग्गे मुनाफा कमाउन सकिने अवस्था आफ्नै देशमा भैसकेको छ । सानो खेतबारीमा पनि धेरै उब्जनी हुने बीउ बिजन र मलखादहरू अब हाम्रो देशमा पनि भित्रिइसकेको छ । यस अवस्थामा कृषि पेसामा हामीले फड्को मार्नुपर्ने भएको छ । कैयौँ जग्गा बाँझो राखेर हामी किन विदेशीको भूमिमा पसिना बगाउन जाने ? सरकारले त्यसमा प्रोत्साहनको नीति ल्याउनुपर्ने खाँचो छ । किसान अझै पनि कति दबिएर बस्ने ? अब किसानका लागि सहुलियतमा ऋणको व्यवस्था गर । होइन भने नेपाल अझै कतिन्जेल परनिर्भर बन्ने ? नेपाली युवाहरू कामको खोजीमा मुगलान पस्दा पस्दा वाक्क भैसकेका छन् । अवसर पाए नेपालमै केही गर्ने योजनामा छन् तर युवाका लागि बोलिदिने कोही छैन । त्यसैले नेपाली युवालाई स्वदेशमै रोक्ने हो भने सरकार युवाका लागि कृषि क्षेत्रमा चमत्कारिक योजना ल्याऊ । अनि मात्र कृषक दिवस मनाउनुको सार्थकता हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?